लुम्बिनीमा अन्तर्राष्ट्रिय पीस म्याराथन हुने
अन्तर्राष्ट्रिय विकास र शान्तिका लागि लुम्बिनीमा अन्तर्राष्ट्रिय पीस म्याराथन –२०२३ को आयोजना हुनेभएको छ । खेलकुद दिवसको अवसरमा विहीबार नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकूद परिषदको संयुक्त आयोजनामा शान्तिको कामना गर्दै प्रतियोगिता आयोजना हुन लागेको हो ।
सेनाले पाल्पाका गढी तथा किल्लामा पदयात्रा गर्ने
नेपाली सेनाको एकीकरण पदयात्रा टोलीले पाल्पाको ऐतिहासिक गढी तथा किल्लाहरूको भ्रमण गर्ने भएको छ ।
मुख्यमन्त्री गिरीद्वारा प्राविधिक विश्वविद्यालयको जग्गा निरीक्षण
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माणका लागि तत्काल जग्गाको व्यवस्थापन गरिने बताउनुभएको छ ।
बेलहिया नाकामा चार दिनमा ३६ जनामा कोरोना सङ्क्रमित फेला
पछिल्लो चार दिनमा भारतबाट रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल भित्रिएका ३६ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
सङ्क्रमित भेटिएपछि नेपालगञ्जमा कोभिडविरुद्धको बुस्टर खोप दिन सुरु
नेपालमा कोभिडको नयाँ भेरियन्ट पुष्टि भएसँगै भारतबाट फर्किनेहरूमा कोभिड सङ्क्रमण भेटिन थालेपछि नियन्त्रणका लागि नेपालगञ्जमा बुस्टर डोजको खोप दिन सुरु गरिएको छ ।
सुनसान बन्यो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
अपेक्षा अनुरूप अन्तर्राष्ट्रिय उडान नभएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुनसान नबनेको छ ।
एक शिक्षक, एक ल्यापटप
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले एक शिक्षक, एक ल्यापटप कार्यक्रमअन्तर्गत शिक्षकलाई ल्यापटप वितरण गरेको छ। आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत नगरपालिकाले सो ल्यापटप वितरण गरेको हो। ५० प्रतिशत नगरपालिकाको अनुदान र ५० प्रतिशत शिक्षकको लागतमा सो कार्यक्रम गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लीलबहादुर राउत क्षेत्रीले जानकारी दिनुभयो।
अस्पताल निर्माणमा जग्गा अभाव: तीन वर्षदेखि बजेट फ्रिज
स्थानीय सरकारले जग्गा उपलब्ध नगराउँदा नेपालगञ्जमा लुम्बिनी प्रदेशस्तरीय क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको भवन निर्माण योजना अलपत्र परेको छ। राष्ट्रिय योजना आयोगले २०७७ माघ १३ गते नै नेपालगञ्जमा लुम्बिनी प्रदेशस्तरीय क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको भवन निर्माण र जग्गा प्राप्तिको प्रक्रियालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा स्वीकृति दिएको थियो तर आयोजना स्वीकृत भएको तीन वर्ष बिते पनि स्थानीय सरकारले जग्गा प्राप्ति गर्न नसक्दा अस्पताल निर्माणको काम अगाडि बढ्न सकेको छैन।
मुख्यमन्त्रीको राजीनामा माग
लुम्बिनी प्रदेश सभाका सदस्यहरूले प्रदेश सरकार अल्पमतमा परेकाले अविलम्ब मुख्यमन्त्रीले राजीनामा दिएर राजनीतिक नैतिकता देखाउन आग्रह गरेका छन्। बैठकमा प्रदेश सभा सदस्य बादसाह कुर्मीले सरकार अल्पमतका पर्दा पनि राजीनामा नगरेको भन्दै चर्काे आलोचना गर्नुभयो। यस्तै चन्द्रकेश गुप्ताले सत्ता पक्षधरमा ३३ र विपक्षीमा ५३ प्रदेश सभा सदस्य भएको भन्दै अल्पमतको सरकारले महत्वपूर्ण निर्णय गर्न नहुने विचार व्यक्त गर्नुभयो। उहाँले मुख्यमन्त्रीलाई राजीनामा दिएर राजनीतिक इमानदारिता देखाउन आग्रह गर्नुभयो।
नेपाललाई हिन्दुराष्ट्र बनाइनेछ : अध्यक्ष लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाललाई हिन्दुराष्ट्र कायम गराउन सबै नागरिक एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । सके सदनबाट नसके सडकबाट भए पनि हिन्दुराष्ट्र कायम गराएरै छाड्ने उहाँको भनाइ छ ।
शिक्षण पेसासँगै फष्टायो मौरीपालन व्यवसाय
शिक्षण पेसासँगै गुल्मीका एक शिक्षक मौरीपालन व्यवसायमा लाग्नुभएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका –१०, सिमिचौर रैयाका रोमनाथ अर्यालले विद्यालय समयपछिको फुर्सदको समयमा कृषिलाई पनि उत्तिकै प्राथमिकता दिनुभएको छ।
नेपालगञ्जका अधिकांश नाला सफा गरिए, यस वर्ष डुबान नहुने दाबी
नेपालगञ्जमा नाला तथा ढल निकास सफा गरिएकाले यो पटक जाम नहुने बताइएको छ । नाला सफा नहुँदा जाम भएर हरेक वर्ष वर्षाको समयमा डुबान हुने गर्दथ्यो ।
कागती खेतीबाट मनग्य आम्दानी गर्दै बाँके राप्तीसोनारीका किसान
बाँकेको राप्तीसोनारी गाउँपालिका १ कुसुमस्थित बाघखोर गाउँका झग्गुप्रसाद ओलीले कागती खेतीबाट वार्षिक ५ लाख रुपियाँ आम्दानी गरिरहनु भएको छ ।
बाँकेका थप दुई स्थानमा सब स्टेसन बन्दै
बाँकेमा लो भोल्टेज र छिनछिनमा विद्युत् जाने समस्या समाधानका लागि थप दुई स्थानमा सब स्टेसन निर्माण गर्न लागिएको छ ।
खानीले जीवन चल्छ ज्यान पनि लिन्छ
घोराही उपमहानगरपालिका–१३, शङ्खेरी निवासी आशिष बुढामगर कोइलाखानीको सुरुङभित्र काम गर्न थालेको १३ वर्षभन्दा बढी समय भइसकेको छ। पहाडका बीचमा खनिएका सुरुङको अँध्यारोभित्र पसेर हरेक दिन कोइला खन्ने र निकाल्ने काममै उहाँको दैनिकी बित्ने गरेको छ। चार सयदेखि छ सय मिटरसम्म लम्बाइ रहेका सुरुङभित्र पसेर श्रम गर्ने उहाँको दैनिकीजस्तै बनेको छ। यही पेसाबाट आएको आम्दानीले घर व्यवहार गुजारा चलाउने गरेको उहाँले बताउनुभयो। खानीभित्र पसेर कोइला खन्ने काम सहज नभए पनि दैनिक गुजारा चलाउनैका लागि जोखिमपूर्ण काम गर्नुपर्ने भएको उहाँले बताउनुभयो।
प्रदेश कानुन निर्माण : एपमार्फत सुझाव सङ्कलन
लुम्बिनी प्रदेश सभाले कानुन निर्माण गर्दा धेरैभन्दा धेरै जनसहभागिता जुटाउने उद्देश्यले मोबाइल एप्लिकेसनबाट प्रदेश र स्थानीय तहका जनप्रतिनिधिमार्फत मत सर्वेक्षण गर्ने कार्यको सुरुवात गरेको छ। सबै प्रदेशवासीको धारणाको प्रतिनिधित्व होस् भन्ने उद्देश्यले मोबाइल एप्लिकेसनको माध्यमबाट लुम्बिनी प्रदेश सभाको कानुन निर्माणका क्रममा आफ्नो मत राख्न पाउने व्यवस्था मिलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ।
हिन्दु महासंघको आठौं महासभा बुटवलमा हुने
विश्व हिन्दु महासंघ नेपालको आठौं महासभा रुपन्देहीको बुटवलमा हुनेभएको छ । ‘विश्वभरिका ॐ कार परिवारको एकमात्र चाहना, सनातन हिन्दु गुरुराष्ट्र नेपालको पुनः स्थापना’ मुल नारासहित महासभा भोलिदेखि सुरु हुने महासंघले जनाएको छ ।
सांसदलाई आफ्नै निर्वाचन क्षेत्रको चिन्ता
लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशनको सातौँ बैठकमा प्रदेश सभा सदस्यले आफ्नै निर्वाचन क्षेत्रको चिन्ता व्यक्त गरेका छन् । प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यहरुले आफुहरुको निर्वाचन क्षेत्रमा संघ र प्रदेश सरकारका योजना कार्यान्वयन हुन नसकेको गुनासो गर्नुभयो ।
महिलालाई घरव्यवहार चलाउन सहकारीले सहज
जिल्लाको तानसेन नगरपालिका भित्र सहकारी संस्थामा ७१ प्रतिशत कर्मचारी महिला रहेका छन् । तानसेन नगरपालिका भित्र रहेका ५३ सहकारीको सञ्चालकमा पुरुषको बाहुल्यता भए पनि रोजगार पाउनेमा महिला कर्मचारी बढी रहेको तानसेन नगरपालिकाका सहकारी प्रमुख दुर्गा थापाले जानकारी दिनुभयो ।
बृहत्तर लुम्बिनीबारे अन्तर्राष्ट्रिय विशेषज्ञ समितिमा छलफल
बृहत्तर लुम्बिनी क्षेत्रको ऐतिहासिक, सांस्कृतिक सम्पदाहरूको दिगो संरक्षण, विकास र पर्यटनका विषयमा अन्तर्राष्ट्रिय विशेषज्ञ समितिमा छलफल भएको छ ।
बाँकेको २० हजार २०० हेक्टरमा वर्षभर सिँचाइ सुविधा
बाँके जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरको ३७ किलोमिटर नहर निर्माण कार्य सम्पन्न गरी पानी छोडिएको छ ।
ऐतिहासिक बल्ढेङ्गढी क्षेत्रमा सेनाको भ्रमण तथा सरसफाइ
नेपाली सेनाको टोलीले ऐतिहासिक स्थल बल्ढेङ्गढीको अध्ययन भ्रमण तथा सरसफाइ गरेको छ । सैनिक ब्याटल स्कुल सालझण्डीमा तालिमरत युवा अधिकृत ८४ जनासहित १०५ जनाको समूहले पाल्पाको ऐतिहासिक बल्ढेङ्गढीको अध्ययन भ्रमण गरेका हुन् ।
सिद्धार्थ राजमार्ग दैनिक नौ घण्टा बन्द हुने
सिद्धबावा क्षेत्रमा सुरुङ मार्ग निर्माणको प्रारम्भिक काम गर्न राजमार्ग बन्द गरिने भएको छ । सिद्धार्थ राजमार्गको सिद्धबावा क्षेत्रमा सुरुङ मार्ग निर्माण गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न पुनः सडक दैनिक नौ बन्द गर्न लागिएको हो ।
लुम्बिनीमा विश्व बौद्ध शिखर सम्मेलन गरिँदै
लुम्बिनी क्षेत्रको धार्मिक तथा सांस्कृतिक प्रवद्र्धन र विकासमा सहयोग पु-याउने उद्देश्यले विश्व बौद्ध सम्मेलन आयोजना गरिने भएको छ। लुम्बिनी विकास कोषका सदस्य–सचिव सानुराजा शाक्यले बुद्ध जयन्तीको अवसर पारेर सो सम्मेलन आयोजना गर्ने तयारी भइरहेको बताउनुभयो। “विगतका केही वर्षयता लुम्बिनीमा हुँदै आएको विश्व बौद्ध शिखर सम्मेलन रोकिएको छ,” उहाँले भन्नुभयो, “यस पटक बुद्ध जयन्तीको अवसर पारेर सम्मेलन गर्ने तयारी थालेका छौँ।” सम्मेलन बुद्ध जयन्तीको दिन आगामी अक्टोबरमा हुनेछ।