नेपालगञ्ज समाचादाता
नेपालगञ्ज, वैशाख ३ गते । मुस्लिम समुदायको इद नजिकिएसँगै सीमापारि बजारमा चहलपहल बढेको छ । नेपालगञ्ज बजारमा खासै चहलपहल सुरु भएको छैन । सीमापारि रुपैडिहा बजारमा भने किनमेल गर्ने नेपालीको अत्यधिक घुइँचो लाग्ने गरेको छ ।
दशैँ र तिहारजस्तै इदका लागि पनि अधिकांश नेपाली उपभोक्ता सीमापारि गएर किनमेल गरिरहेको पाइएको छ ।
भारत रुपैडिहाका व्यवसायी ओमकार वैश्यले अन्य दिनको तुलनामा अहिले दोब्बरभन्दा बढी बिक्री बढेको बताउनुभयो । उहाँले नेपालगञ्जबाट मात्र नभई कोहलपुर, राँझा, खजुरा, बर्दियाको बासगढी, भुरीगाउँ र दाङ तथा सुर्खेतबाट खरिदारीका लागि नेपाली आइरहेको बताउनुभयो । नेपालगञ्जका फिरदौसजहाँ खानले नेपालगञ्जभन्दा सामान धेरै सस्तोमा पाइने भएकाले रुपैडिहा आएको बताउनुभयो ।