गर्मीले बेहाल भैरहवा, देशकै उच्च तापमान
वैशाखको पहिलो साता नै भैरहवा तथा यस क्षेत्रका आसपासको तापमान ४२ डिग्री सेल्सियस पुग्दा यहाँको जनजीवन प्रभावित बनेको छ।
सर्पदंश उपचार केन्द्रलाई आइसियु बेड हस्तान्तरण
लुम्बिनी प्रदेश सरकारले कपिलवस्तु सर्पदंश उपचार केन्द्रलाई आइसियु बेड हस्तान्तरण गरेको छ । नेपाली सेना शमशेरदल गण, बुद्धभूमि नगरपालिका र समुदायले बुद्धभूमि नगरपालिका –२ गोरुसिङ्गेमा सञ्चालन गरेको उपचार केन्द्रलाई २ थान आइसियू बेड (उपकरण बाहेक) सहितका सामग्री हस्तान्तरण गरिएको छ ।
किरणनालाको पुल निर्माणमा ढिलाइ
बाँकेमा लुम्बिनी प्रदेश सरकारको बजेटमा निर्माण सुरु भएको पक्की पुलको निर्माणमा ढिलाइ भएको छ । पुल निर्माणमा ढिलाइ भएपछि वर्ष दिनभन्दा बढी समयदेखि नागरिकलाई आवागमनमा असहज भएको छ ।
पीपलडाँडामा प्रहरीको आधुनिक भवन निर्माण
जिल्लाको रम्भा –१, पीपलडाँडामा प्रहरीको आधुनिक भवन निर्माण भएको छ । लुम्बिनी प्रदेश सरकारको एक करोड ९८ लाख लागतमा सुविधा सम्पन्न भवन बनेको हो ।
‘फाँटमा बस्ती बाक्लिएर चैते धानखेती घट्यो’
पाल्पामा चैते धान लगाउनेक्रम घटेको पाइएको छ । केही वर्ष अघिसम्म पाल्पाका अधिकांश फाँटहरूमा चैत धानखेती हुनेगरेकोमा पछिल्ला वर्षमा चैत धानखेती गर्नेक्रम घटेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।
बाँकेका आठ स्थानीय तहको बेरुजु करिब ७० करोड
बाँकेका आठ स्थानीय तहको बेरुजु करिब ७० करोड पुगेको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७८/०७९ को सार्वजनिक गरेको ६०औँ लेखापरीक्षण प्रतिवेदनमा बाँकेका आठ स्थानीय तहको बेरुजु ६९ करोड ५५ लाख पुगेको छ ।
दाङमा यस वर्ष मह उत्पादनमा कमी
दाङमा यो वर्ष मह उत्पादन घटेको छ । मौसमको प्रतिकूल असर, वायु प्रदूषण, वनस्पतिमा फूल नफुलेका कारण यो पटक मह उत्पादनमा कमी आएको हो । यो वर्ष जिल्लामा करिब तीन सय टन मह उत्पादन भएको छ ।
दाङमा चैते धान रोप्दै किसान
दाङको बंगलाचुली गाउँपालिका–४ गहतेराका डोरबहादुर घर्तीमगर अहिले चैते धान रोप्न व्यस्त छन् । गर्मी मौसमका कारण अन्य स्थानमा खडेरी परेको समयमा उहाँको परिवार सुकाखोलाको पानीले सिञ्चित भएको करिब १४ कट्ठा खेतमा चैते धान रोप्न भ्याइनभ्याइ छ ।
बाँकेमा युरिया र डीएपी मल अपुग
बाँकेमा किसानलाई अति आवश्यक पर्नेभन्दा तीन हजार मेट्रिक टन युरिया मल र एक हजार चार सय मेट्रिक टन डीएपी मल कम मौज्दात रहेको छ । कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रमेश पौडेलले जिल्लामा धान बालीका लागि तीन हजार पाँच सय मेट्रिक टन युरिया मल आवश्यक पर्नेमा हालसम्म ५२८ मेट्रिक टन मात्र मौज्दात रहेको छ भने एक हजार पाँच सय मेट्रिक टन डीएपी मल आवश्यक पर्नेमा हालसम्म कार्यालयको गोदाममा १२५ मेट्रिक टन मात्रै मल मौज्दात रहेको छ । खेतीका बेला हरेक वर्ष मलको अभाव हुने बाँकेमा यस पटक पनि सोही अवस्था दोहोरिने प्रमुख पौडेलले बताउनुभयो ।
गर्भवती र शिशु स्वास्थ्य सुरक्षाका लागि ग्रामीण अल्ट्रासाउण्ड
बाँकेको खजुरा गाउँपालिकामा गर्भवती महिला र शिशुको स्वास्थ्य सुरक्षाका लागि ग्रामीण अल्ट्रासाउण्ड (भिडियो एक्स-रे) कार्यक्रम सुरु गरिएको छ ।
कोहलपुरमा अत्याधुनिक बसपार्क निर्माण
विकास निर्माणमा तीव्र गतिमा अगाडि बढ्दैगएको बाँकेको दोस्रो ठूलो सहर कोहलपुरमा अत्याधुनिक सपिङ कम्पेलेक्ससहितको लामो दूरीको बसपार्क निर्माण भएको छ ।
दाङमा ट्रकको ठक्करबाट दुईको मृत्यु
भैरहवाबाट मल लिएर तुलसीपुर जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले घोराही उपमहानगरपालिका–११ खैरा नजिकै लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मातृ मृत्युदर सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा
लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मातृ मृत्युदर हुने गरेको पाइएको छ । सातवटा प्रदेशमध्ये लुम्बिनीमा मातृ मृत्युदर धेरै हुने गरेको हो ।
लालपुर्जा फुकुवा भएपछि स्थानीय खुसी
लामो समयदेखि रोक्का भएको जग्गा फुकुवा भएपछि पश्चिम नवलपरासी सुनवलका स्थानियहरु खुशी भएका छन् । वि.सं. २०६७ मा जग्गा पुर्जा प्राप्त गरेपनि अख्तियारमा मुद्दा परेसँगै जग्गा रोक्का भएको थियो ।
डिउटी बसेका प्रहरी हवल्दारले आफैलाई गोली हानी आत्महत्या
दाङको तुलसीपुरस्थित कारागार सुरक्षामा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार ले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् ।
फेसबुकले गरायो ५८ वर्षपछि मिलन
सामाजिक सञ्जाल फेसबुकले ५८ वर्षपछि दाजु–बहिनीको भेट गराएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१०, भृकुटीनगर निवासी ७५ वर्षीया हिमा ज्ञवालीले बर्मामा बस्ने ८० वर्षीय दाजु डीपी शर्मा घिमिरेलाई ५८ वर्षपछि फेसबुकले गर्दा भेट्न पाउनुभएको हो । हिमा ज्ञवालीका दाजु डीपी शर्मा घिमिरेले फेसबुकबाट आफन्तलाई खोजी गर्दा बहिनी हिमालाई भेट्नुभयो । त्यसपछि उहाँ बर्मामा बस्ने दाजु नेपालगञ्ज आएर बहिनीसँग भेट गर्नुभयो । दाजु–बहिनीबीच ५८ वर्षसम्म कुनै प्रकारको भेटघाट र सम्पर्क थिएन ।
अचार बिक्री नहुँदा उद्यमीहरु चिन्तित
आफैले तयार पारेको अचार बिक्री नभएपछि गुल्मीका महिला उद्यमी चिन्तित बनेका छन् । गुल्मी दरबार गाउँपालिका –१ जुभुङ्गकी ४० वर्षीया सरस्वती गौतम आफैले तयार पारेको अचार बिक्री नहुँदा चिन्तित हुनुभएको हो ।
तीनतिर खोलाले घेरेको गाउँ सधैँ सुख्खा
गाउँको तीन तर्फ खोला छन् । खोलामा पानी पनि प्रशस्त छ त त्यही खोला बीचमा रहेको गाउँ सुख्खा छ । दाङको गढवा गाउँपालिका वडा नं. ७ चन्दनपुरको गाउँको पूर्वमा मानपुर खोला, पश्चिममा गुरुङ खोला र उत्तरमा राप्ती नदी बगेको छ ।
नेपाली सेनाको पदयात्रा टोली पाल्पामा
पाल्पाको ऐतिहासिक गढी तथा किल्लाहरूमा नेपाली सेनाको टोलीले पदयात्रा सुरु गरेको छ । ऐतिहासिक स्थलको संरक्षण र राष्ट्रिय एकताको सन्देशसहित सेनाको एकीकरण पदयात्रा टोलीले पाल्पाको ऐतिहासिक स्थलहरूमा पद यात्रा सुरु गरेको हो ।
बाँकेको दुर्गम गाउँमा पाठेघरको मुख र स्तन क्यान्सरको निःशुल्क परीक्षण
बाँके जिल्लाको अति नै दुर्गम मानिने राप्तीसोनारी गाउँपालिकामा महिलाको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर रोगको निःशुल्क परीक्षण तथा औषधि वितरण गरिएको छ ।
आन्तरिक पर्यटकको रोजाइमा ढकेरी पार्क
बाँकेको राप्तीसोनारी गाउँपालिका –९ ढकेरीमा अवस्थित वनस्पति उद्यान पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ ।
सोमबार गुल्मीमा मह दिवस मनाइँदै
गुल्मीको मुसिकोट नगरपालिका –८ र ९ मा रहेको सालिमे मौरी स्मार्ट गाउँ कार्यक्रमले सोमबार मह दिवस मनाउँदैछ । मौरीपालन व्यवसायलाई थप व्यवसायीकरण गरी गुल्मीलाई महमा आत्मनिर्भर बनाउने उक्त दिवसको लक्ष्य रहेको छ ।
दाङ उपत्यका बचाउन दशवटै पालिकाले बस्ती स्थानान्तरण गर्दै
दाङ उपत्यका बचाउनका लागि यहाँका दश वटै पालिकाले बस्ती स्थानान्तरण र बबई कोरिडोरलाई प्राथमिकता दिने भएका छन् । उपत्यकामा पानीको समस्या बढ्दै गएको र बबई नदीको कटानका कारण खेती योग्य नासिँदै जाने थालेपछि जिल्लाका दश वटै पालिकाहरूले दीर्घकालीन समस्या समाधानका लागि बबई कोरिडोर र पहाडी क्षेत्रको बस्ती स्थानान्तरणलाई प्राथमिकतामा राखेका हुन् ।
इदको खरिदारी सीमापारि
मुस्लिम समुदायको इद नजिकिएसँगै सीमापारि बजारमा चहलपहल बढेको छ । नेपालगञ्ज बजारमा खासै चहलपहल सुरु भएको छैन । सीमापारि रुपैडिहा बजारमा भने किनमेल गर्ने नेपालीको अत्यधिक घुइँचो लाग्ने गरेको छ । दशैँ र तिहारजस्तै इदका लागि पनि अधिकांश नेपाली उपभोक्ता सीमापारि गएर किनमेल गरिरहेको पाइएको छ ।