जानु पाण्डे
कपिलवस्तु, चैत ३० गते । कपिलवस्तुको विजयनगर गाउँपालिकामा निर्माण भइरहेको जनता आवास भवनमा कमसल सामग्री प्रयोग भएको पाइएको छ । लुम्बिनी प्रदेश सरकारको योजनामा निर्माण हुन लागेका ती भवनमा प्रयोग गरिएका इँटा कमसल भएको स्थानीय अगुवाहरूको भनाइ छ ।
पालिकाको वडा –५, बघमरवा गाउँमा निर्माण हुन थालेको घरमा कमसल इट्टा प्रयोग गरिएको स्थानीय लोकेश थापाले बताउनुभयो । पालिकाभित्र निर्माण हुँदैआएको २६ घरमा कमसल इँटा प्रयोग गरिएको थापाको दाबी छ । सरकारबाटप्रति घर ३ लाख ८५ हजार रुपियाँ अनुदान घरधनीको खातामा पठाउने गरेको छ । योजना अन्तर्गत निर्माण भएका घरहरू आन्तरिक रूपमा ठेक्कामा दिइएको स्थानीय इन्द्रजित चौधरीले बताउनुभयो ।
वडा –६ मा जनता आवास निर्माण समितिका अध्यक्ष बदरु जमा नाउले इट्टा खसाल्ने जिम्मेवारी लिएका व्यक्तिले राम्रो इट्टा दिने नाममा झुक्याएको बताउनुभयो । आवास निर्माणका सब–ओभरसियर गोपाल क्षेत्रीको गुनासो आएपछि निर्माणका सबै कार्यहरू गर्न रोकेको बताउनुभयो ।
कमसल इट्टा प्रयोग भएको सूचना पाएपछि निर्माण स्थल पुगी इँटाको नमुना परीक्षण गरी गुणस्तरहीन इँटा फिर्ता गर्न लगाएको क्षेत्रीले बताउनुभयो । इँटाको ठेक्का लिएका प्रह्लाद खानले निर्माणका लागि कमसल इट्टा कमसल नभएको दाबी गर्नुभयो । इट्टा गुणस्तरहीन भएको प्रमाणित भए फिर्ता गर्ने खानले बताउनुभयो ।