जानु पाण्डे
कपिलवस्तु, चैत २९ गते । कपिलवस्तुको यशोधरा गाउँपालिका –८ मधुनगरमा आगलागी हुँदा २ लाख ७० हजार बराबरको क्षति भएको छ । स्थानीय रामजिवन पासीको घरमा आगलागी हुँदा छिमेकी सिताराम पासी र अयोध्या पासीको फुसले छाएको कच्ची ३ वटा घर र भोला पासी, पितई पासी, विन्दु पासी, विश्वनाथ पासी र बनारसी पासीको ५ वटा कच्ची फुसले छाएको भुस राख्ने गोठमा समेत आगलागी भई जलेर नष्ट भएको छ ।
आगलागीमा स्थानीय रामजिवन पासीको ६ वटा बाख्रा जलेका छन् । अयोध्या पासी र सिताराम पासीको १०–१० क्विन्टल गहुँ जली नष्ट भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी शैलेश्वरी बोहोराले बताउनुभयो । सो आगो स्थानीय, दमकल र इलाका प्रहरी कार्यालय मर्यादापुरका प्रहरी टोलीको सहयोगमा नियन्त्रणमा लिइएको छ ।
आगलागीबाट लत्ता कपडा, अन्नपात गरी अन्दाजी २ लाख ७० हजार रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।