अत्याधुनिक चलचित्र भवन सञ्चालनमा
नेपालकै पहिलो ‘थ्री वे डल्बी एटमस साउण्ड सिस्टम’ र ‘फोर के लेजर प्रोजेक्टर’ प्रोजेक्सनमा आधारित ३ वटा स्क्रिनसहितको मल्टिप्लेक्स सिनेमा हल नेपालगन्जमा सञ्चालनमा आएको छ ।
स्थानीय स्तरमै पाठ्यपुस्तक तयार गरी पठनपाठन
जिल्लाका स्थानीय तहले स्थानीय पाठ्यक्रम तयार पारेर पाठ्यपुस्तक तयार पार्न थालेका छन् । जिल्लाका दश वटा स्थानीय तहमध्ये आठ वटा स्थानीय तहले पाठ्यक्रम तयार पारेर कार्यान्वयनमा ल्याएका छन् ।
लम्पीको प्रभावले दुध उत्पादन घट्यो
लम्पी स्किन रोगले दुध उत्पादन घटाएको कृषकले गुनासो गरेका छन्। गत कार्तिक महिनादेखि कपिलवस्तुमा फैलिएको लम्पी रोगले गाईमा सङ्क्रमण हुँदा दुध उत्पादन आधा घटेको छ।
नरैनापुरमा ३० प्रतिशत मात्रै रोपाइँ, वर्षा नहुँदा किसान चिन्तित
गत वर्ष वर्षा नहुँदा धान रोपाइँ हुन नसकेपछि सुख्खा क्षेत्र घोषणा गरिएको बाँकेको नरैनापुर गाउँपालिकामा यस वर्ष पनि ३० प्रतिशत मात्र रोपाइँ भएको छ ।
सकियो रोपाइँ, हरियो बन्यो माडीफाँट
पाल्पामा ९० प्रतिशतमा रोपाइँ सकिएको छ । असारको दोस्रो सातादेखि सुरु भएको रोपाइँ हालसम्म ९० प्रतिशत सकिएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।
लम्पी स्किन : खोपका कारण २४ हजार पशु सङ्क्रमणमुक्त
लम्पी स्किनविरुद्धको खोपका कारण लुम्बिनी प्रदेशमा झण्डै २४ हजार पशु सङ्क्रमणमुक्त भएका छन् । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा व्यावसायिक रूपमा पालिएका गाईंभैंसीमा लम्पी स्किन तीव्ररुपमा फैलिन थालेपछि खोपको प्रबन्ध गरिएको थियो ।
दाङमा ४७ प्रतिशत खेतमा मात्रै रोपाइँ
दाङमा साउनको आधा हुनै लाग्दा आधा पनि जमिनमा धान रोपाइँ हुन सकेको छैन । रोपाइका लागि ब्याड तयार भए पनि सिँचाइको अभावका कारण अधिकांश ठाउँमा खेत बाँझै रहेको हो ।
एक सय ११ हेक्टर जमिनमा वृक्षरोपण
डिभिजन वन कार्यालय बाँकेले विभिन्न शीर्षक अन्तर्गत जिल्लाका एक सय ११ हेक्टर खाली जमिनमा विभिन्न जातका बिरुवा राेपेकाे छ ।
सर्पदंशबाट बच्न सचेतनामूलक कार्यक्रम
सर्पदंशका घटना बढ्दै गएपछि कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा समुदायलाई सचेत गराउन अभिमुखीकरण कार्यक्रम गरिएको छ । पालिकाभित्र रहेका महिला स्वास्थ्य स्वयंसेविका, शिक्षकलाई लक्षितगरी अभिमुखीकरण गरिएको हो ।
बाँकेमा अवैध आयात र तस्करी बढ्यो
पछिल्लो केही समययता आएर बाँकेमा सीमापारिबाट हुने तस्करी हवात्तै बढेको छ ।
जन्मोत्सव मनाउने खर्चबाट अक्षय कोष
रेसुङ्गा नगरपालिका–१, नयाँबजार निवासी समाजसेवी तुलाराम पाण्डेले आफ्नो ८५ औँ जन्मोत्सवको अवसरमा सिद्धबाबा माध्यमिक विद्यालयका लागि अक्षय कोष स्थापना गर्नुभएको छ ।
प्रदेश सभा सदस्यद्वारा सरकारको ध्यानाकर्षण
लुम्बिनी प्रदेश सभाको २१ औँ बैठकमा प्रदेश सभा सदस्यले समसामयिक तथा जनजीविकासँग सम्बन्धित विषयलाई विशेष जोड दिएका छन् । प्रदेश सभा सदस्य जमुना ढकालले विद्युत् अनियमित भएको भन्दै सूचना नदिएर लाइन काट्ने काम भइरहेकाले यस विषयमा सरकारले विशेष चासो दिनुपर्ने बताउनुभयो ।
४२ लाखको मोबाइलका सामग्री सशस्त्र प्रहरीद्वारा बरामद
सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण बाँकेबाट खटिएको टोलीले कोहलपुरबाट बुधवार ४२ लाख रुपियाँभन्दा बढीका तस्करी गरेर भित्र्याइएको मोबाइलका पार्टसहरु बरामद गरेको हो ।
सदस्यता वितरणसम्बन्धी निर्णय सच्याउन माग
नेपाल प्रेस युनियन रुपन्देहीले नेपाल पत्रकार महासंघ रुपन्देहीमा ज्ञापनपत्र बुझाएको छ । महासंघले गरेको सदस्यता वितरणसम्बन्धि निर्णय सच्याउन युनियनले माग गरेको हो ।
घर भत्किदा तीन घाइते
गुल्मीमा घर भत्किदा तीन जना घाइते भएका छन् । जिल्लाको मदाने गाउँपालिका – २ भेडिखोरका मुक्तबहादर घर्तीको जस्ताले छाएको कच्चीघर भत्किदा उहाँहरु घाइते हुनुभएको हो ।
वन कार्यालय बाँकेमा साढे ४ लाख बिरुवा उत्पादन
डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०७९/०८० मा विभिन्न प्रजातिका साढे ४ लाख बिरुवा उत्पादन गरेको जनाएको छ ।
जन्मोत्सव मनाउने खर्चले अक्षयकोष स्थापना
अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल सिद्धबाबा माध्यमिक विद्यालयमा अक्षयकोषको स्थापना गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका –१ नयाँबजार निवासी यस क्षेत्रकै वरिष्ठ समाजसेवी तुलाराम पाण्डेले आफ्नो ८५ औं जन्मोत्सवको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो ।
पशु चौपायालाई लम्पी स्किनविरुद्धको खोप
बाँकेका पशु चौपायामा तिव्र गतिमा लम्पी स्किन रोग फैलिंदै गएपछि सोविरुद्धको भ्याक्सिन लगाउने कामलाई पनि तीव्र पारिएको छ । लम्पी स्किन नियन्त्रणका लागि ढिलोगरी प्राप्त भएको खोपलाई तिव्र गतिमा लगाउने काम भइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जले जनाएको छ ।
सौन्दर्यीकरणका लागि वृक्षरोपण
कपिलवस्तुको विजयनगर गाउँपालिकाले मुख्य सडकको दुवै किनारमा वृक्षरोपण गरेको छ । ‘हरित सडक’ बनाउने अभियान अन्तर्गत आरटीओ सडकमा बिरुवा लगाइएको छ ।
बाँकेका न्यायिक समितिमा एक हजार बढी उजुरी दर्ता
बाँकेका आठ वटा पालिकाका न्यायिक समितिमा गत आर्थिक वर्षमा एक हजार ५३ वटा उजुरी दर्ता भएका छन् । आठ पालिकामध्ये सबैभन्दा बढी खजुरा गाउँपालिकाको न्यायिक समितिमा चार सय ४९ उजुरी दर्ता भएको छ ।
निःशुल्क एम्बुलेन्स सेवा सुरु
पाल्पा जिल्ला अस्पतालमै उपचार गर्ने जिल्लाभित्रका बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु भएको छ ।
बाँकेमा आर्थिक अपराधमा वृद्धि : बैङ्किङ कसुरमा ३०५ उजुरी दर्ता
पछिल्लो समयमा आएर अन्य प्रकारका विभिन्न आपराधिक घटनासहित बाँकेमा आर्थिक अपराधका घटनाहरू पनि बढ्दै गएको प्रहरीले जनाएको छ ।
पानीमा डुबेर वार्षिक ३२ जनाको मृत्यु
बाँके जिल्लामा गत आर्थिक वर्ष २०७९-०८० मा ३२ जना सर्वसाधारणको पानीमा डुबेर मृत्यु भएको छ ।
बालिका शिक्षाका लागि कन्या विद्यालय
मधेश तथा मुस्लिम समुदायका बालिकालाई विद्यालयमा टिकाउनका लागि बाँकेको जानकी गाउँपालिकाले कन्या विद्यालय सञ्चालनमा ल्याएको छ ।