ढल्यो सेन निवास : जग्गाजमिन पनि बेवारिसे
पत्रकार र साहित्यकारले बारम्बार लिइरहने नाम हो, कृष्ण सेन ‘इच्छुक’ । जनयुद्धका क्रममा मारिनुभएका पत्रकार इच्छुकलाई राज्यले शहीद घोषणा गरेको छ। उहाँको योगदानको चर्चा–परिचर्चा खुबै चल्ने गर्छ तर संरक्षणको पर्खाइमा उहाँ जन्मेको घर भने ढलेको छ। जग्गाजमिन पनि बेवारिसे बनेको छ। अर्घाखाँची जिल्लाको शीतगङ्गा नगरपालिका–७, सातमारामा रहेको उहाँको घर ढलेको छ भने करिब एक बिघा क्षेत्रफल रहेको जग्गा अलपत्र अवस्थामा छ। सडक छेउमै रहेकाले जग्गा पनि मासिँदै जान थालेको छ।
तीजको रमाइलो आयो वरि लै...
पाल्पा जिल्लाको रामपुर नगरपालिका–५ समाज सुधार आमा समूह सुन्दरटोलका महिला दरखाने कार्यक्रममा सहभागी हुँदै ।
कोहलपुरमा पनि अवैध संरचना भत्काइँदै
कोहलपुर नगरविकास समितिले नगरमा सरकारी जग्गा मिचेर निर्माण गरिएका अवैध संरचना भत्काउन शुरु गरेको छ । सोमवार विहानबाट प्रहरीको सहयोग लिएर डोजरको माध्यमले न्युरोडबाट अवैध निर्माण भत्काउने कार्य शुरु गरेको कोहलपुरका मेयर पूर्ण आचार्यले बताउनुभयो ।
पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध
दुई दिनदेखि परेको अविरल वर्षासँगै पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकाको अर्बेनीदेीि पुर्तिघाट सडकखण्डको कनौटामा सडक माथिबाट सडकको बीच बीचमा सात वटा पहिरो खसेका कारण करिडोर अवरुद्ध भएको हो ।
शान्ति सुरक्षा कायम गर्नु सरकारको पहिलो प्राथमिकता–मन्त्री गहतराज
पाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गएकाले सरकारको प्राथमिकता देशमा शान्ति सुरक्षा कायम गर्नु रहेको बताउनुभएको छ ।
पर्यटकीय गन्तव्य बन्दै पुथाउत्तरगङ्गा (फोटो फिचर)
बाक्ला मिलेर बनेको मगर बस्ती । आफ्नै छुट्टै कला, संस्कृति, रहनसहन एवम् खाम मातृभाषा बोकेको पृथक समुदाय । सयौं वर्षअघि निर्मित ढुङ्गा र माटाका घर । एउटै घर जस्तो देखिने मगर जातिको बाहुल्यता रहेको यी मगर बस्ती । एउटा घरको छत माथिल्लो घरको आँगन । खेतीयोग्य जमिनलाई साँचेर अलग्गै बसाइएका बाक्ला बस्ती । सक्रिय ग्रामीण जीवनशैली । कुनै चित्रकारको डिजाइनमा तयार गरिएको एकीकृत बस्तीको ढाँचाजस्तो ।
लुम्बिनीका विद्युतीय बस दसैँअघि सञ्चालन
बर्षौ देखि प्रयोग विहिन बनेको लुम्बिनीको विद्युतीय बस दशैं अघिनै सञ्चालन हुने भएको छ । लुम्बिनी विकास कोषले गठन गरेको विद्युतीय गाडी सञ्चालन कार्यदल प्रतिवेदन कार्यविधी हस्तान्तरण गर्दै बस सञ्चालन गर्ने जनाएको छ ।
कन्चनिया पुल निर्माणमा ढिलाइ
कपिलवस्तुको शिवराज नगरपालिका–११, लालपुर र शीतलापुरलाई जोड्ने कन्चनिया खोलामा पुल निर्माण समयमा सम्पन्न नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ। नगरपालिकाको खरेन्द्रपुर हुँदै नेपाल–भारत सीमावर्ती कृष्णनगर बजार जोड्ने खण्डमा सडक कालोपत्रेसँगै पुल निर्माण कार्य भइरहेको छ। पूर्व–पश्चिम राजमार्गदेखि उत्तरका जनता लाभान्वित हुने गरी पुल निर्माणका लागि सङ्घीय सरकारले हुलाकी राजमार्गअन्तर्गत बजेट विनियोजन भएको थियो।
मोबाइलले बढ्यो बालविवाह
हातहातमा मोबाइल फोनको पहुँचले पुथाउत्तरगङ्गा गाउँपालिकामा अझै पनि अधिकांशले भागी बिहे गर्ने गरेका छन् । कानुनले निर्धारण गरेको बिहे गर्ने उमेरमा थुप्रै आमाबाबु बनिसकेका हुन्छन् । गाउँपालिकामा अधिकांशको १३ देखि १७ वर्ष उमेरमै बिहे भइसकेको हुन्छ । सूचना प्रविधिको पहुँचले बालविवाहको प्रवृत्ति झाँगिँदै गएको पाइएको छ । मोबाइल फोन, सामाजिक सञ्जाल आदिले यसलाई सहयोग पुगेको छ । पुथाउत्तरगङ्गा माध्यमिक विद्यालयका शिक्षक अइनश्वर पुनमगरले मोबाइल फोनमा छिटो बिहे गर्ने निर्णयमा विद्यार्थी पुग्ने गरेको बताउँदै थप्नुभयो, “फेसबुक र च्याटमा भेट हुन्छ । भागी बिहे गर्ने योजना बन्छ । त्यसैले स्कुले छोराछोरीलाई मोबाइल किनिदिने चलन हुन्जेल बालविवाह रोकिनेवाला छैन ।”
सडक दुर्घटनामा दिदी भाइको मृत्यु
रुपन्देहीको तिलोत्तमामा भएको सडक दुर्घटनामा दिदी भाइको मृत्यु भएको छ ।
बाबुको हत्या आरोपमा छोरा पक्राउ
रेखीराम रानापाल्पा, भदौँ १२ गते । बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पाल्पाको माथागढी –४, झडेवा नेटामा दाउराको चिर्पटले हानेर छोराले बाबुको हत्या गरेको आरोप सम्बन्धमा छानबिन गर्न प्रहरीले १४ वर्षीय छोरालाई पक्राउ गरेको हो। शनिबार साँझ ६ बजेतिर छोराले रिसको आबेगमा प्रहार गरेको चिर्पटले लागेर ४५ वर्षीय तिलबहादुर दिसाको घटनास्थलमै मृत्यु भएको स्थानीयलाई उद्धृत गर्दै प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो। घटना लगत्तै स्थानीय बासिन्दाले खबर गरेपछि जिल्ला प्रहरी कार्यालयबाट पुगेर प्रहरी टोलीले आइतबारबाट अनुसन्धान थालेको छ। घटनामा संलग्न बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक थापाको भनाइ छ।
उत्साह छ, तर खेल्ने वातावरण छैन
चार जिल्लाको केन्द्रीय भागमा रहेको रामपुरमा खेलकुदको प्रशस्त सम्भावना छ । यहाँ रहेका पूर्वाधारलाई व्यवस्थित गर्न सकेको खण्डमा राष्ट्रियस्तरका थुप्रै प्रतियोगिता सञ्चालन गर्न सकिने अवस्था छ ।
बाघ हेर्न तथा जंगल सफारीमा बाँके राष्ट्रिय निकुञ्ज चर्चित
बाघ अवलोकन तथा जंगल सफारीका लागि चर्चित बन्दै गएको देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जले आन्तरिक र विदेशी पर्यटक आकर्षित गर्न पर्यापर्यटन प्रवद्र्धन अभियान सञ्चालन गरेको छ ।
नेपालगञ्ज उपमहानगरमा पनि सडकपेटी खाली गराउन शुरु
काठमाण्डौ महानगरपालिकाले अवैध संरचना भत्काउन थाले लगत्तै नेपालगञ्ज उपमहानगरपालिकाले कार्बाही थालेको छ । नगरका विभिन्न ठाउँमा सडक तथा सडकपेटी अतिक्रमण गरेर व्यवसाय गर्ने तथा अन्य विभिन्न तरिकाले गरिएका अतिक्रमण उपमहानगरपालिकाले ट्राफिक प्रहरीको सहयोगमा खाली गराउन शुरु गरेको हाे ।
चोरखोला नजिक पहिरोको कारण राजमार्गमा जाम
कपिलवस्तुको चोरखोला नजिक पहिरोको कारण पूर्वपश्चिम राजमार्गमा यातायात प्रभावित भएको छ ।
राजधानीका लागि जग्गा एकीकरण
लुम्बिनी प्रदेश राजधानी निर्माणका लागि जग्गा एकीकरण आयोजना सञ्चालन थालिएको छ। प्रदेश पूर्वाधार विकास प्राधिकरणले दाङको भालुवाङमा जग्गा एकीकरण मुख्य आयोजनाको कार्यालय नै स्थापना गरेको छ। प्रदेश मुख्यमन्त्री कुलप्रसाद केसीले उक्त आयोजनाको कार्यालयको उद्घाटन गर्नुभएको छ। मुख्यमन्त्री केसीले राजधानीसँग जोडिएको जग्गाको काम मुख्य कार्यालयबाट हुने बताउनुभयो। राप्ती गाउँपालिका, गढवा गाउँपालिका वडा नं. १, २ र ३, शीतगङ्गा नगरपालिका वडा नंं. ८ र ९ गरी जम्मा १४ वडाको जग्गा एकीकरण हुन थालेको हो। चालू आर्थिक वर्षमा सात सयदेखि एक
गौतम बुद्ध विमानस्थलबाट कार्गो सुरु
व्यावसायिक रूपमा सञ्चालनमा आएको तीन महिनापछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो सेवा सुरु भएको छ । शुक्रबार पहिलोपटक काठमाडौँको हिमालेक्स ट्रेडर्सले राइजिङ स्टार कार्गो प्रालिमार्फत कार्गो विदेश पठाउन सुरु गरेको हो । हाल कुवेतको जजिरा एयरले साताको तीनवटा उडान गर्दै आएको भैरहवा विमानस्थलमा यात्रु जहाजबाटै कार्गो पठाउन सुरु भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बताउनुभयो । काठमाडौँबाट ट्रकमार्फत भैरहवा पु-याइएको एक हजार तीन सय किलो हस्तकला र ऊनजन्य सामान निकासी गरिएको सो विमानस्थलका भन्सार प्रमुख टीकाराम गैरेले बताउनुभयो । उक्त कार्गो कुवेत ट्रान्जिट भएर शनिबार बिहान ७ बजेको उडानमार्फत फ्रान्स पठाइएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भन्सार महसुल, भूमिस्थ सेवालगायतका छुट सुविधाले गर्दा भैरहवाबाट भाडादरसमेत सस्तो छ । यसले यो विमानस्थलमा आकर्षण बढाउन र विदेशी मुद्रा आर्जनमा सहयोग पु¥याउने विश्वास छ । हाललाई यात्रु उडानमार्फत नै कार्गो निकासी सुरु भएको हो
ऐनमै खेलाडीको पुरस्कार सुनिश्चित गरेका छौं : मन्त्री अथक
युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ऐनमै खेलाडीको सम्मान तथा पुरस्कार सुनिश्चित गरिएको बताउनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयले खेलाडी पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गरेसँगै खेलकुद नियमावलीमै गाभेर पुरस्कार कार्यविधि लागु गर्न लागेको मन्त्री अथकले जानकारी दिनुभयो ।
शिक्षकको कुटाइले विद्यार्थीको कानको जाली फुटयो
पश्चिम नवलपरासी सदरमुकाम परासीस्थित एक निजी विद्यालयमा शिक्षकको कुटाइबाट विद्यार्थीको कानको जाली फुटेको छ । दिएको गृहकार्य नगरेको भन्दै रामग्राम नगरपालिका –४ बैरिहवास्थित एक निजी विद्यालय हिलेरियस चिल्डे«न एकेडमीका शिक्षक आलम सिद्धकीले कुट्दा विद्यार्थीको जाली फुटेको हो ।
आगामी निर्वाचनमा बलियो गठबन्धन हुन्छ : दाहाल
कपिल ज्ञवालीसिद्धार्थनगर, भदौ ११ गते। पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा गठबन्धन बलियो हुने बताउनुभएको छ। स्थानीय तहको निर्वाचनबाट पाठ सिक्दै गठबन्धन बलियो बनाइने उहाँको भनाइ छ। पार्टी प्रशिक्षणपछि बुटवलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले पाँच दलीय गठबन्धनले मुलुकलाई ठूलो दुर्घटना हुनबाट बचाएको बताउनुभयो। ‘‘गठबन्धन र तालमेल भनेजस्तो नभए पनि गठबन्धन सरकारले नै निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न दोस्राे निर्वाचन प्रक्रिया (संविधानसभापछि) को सुरु गर्यो। यसलाई ठूलो सफलता मान्नुहोला, गठबन्धनले मुलुकलाई ठूलो दुर्घटना हुनबाट बचाएको हो’’, दाहालले भन्नुभयो। स्थानीय चुनावमा गठबन्धन र तालमेल भनेजस्तो नभएपछि त्यसबाट शिक्षा लिएर प्रदेश र संघमा राम्रो गर्नेसमेत उहाँको भनाइ छ। उहाँले सरकारले सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न गइरहेको भन्दै त्यसमा सबैले साथ दिन आग्रह गर्नुभयो।
सुन्दर र स्वच्छ सहरको विकासबाटै व्यवस्थित सहरीकरण सम्भव : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले सुन्दर र स्वच्छ सहरको विकासबाटै व्यवस्थित सहरीकरण सम्भव हुने बताउनुभएको छ । उहाँले नेपालमा सहर योजनाबद्ध र व्यवस्थित बन्न नसक्दा विभिन्न खालका विपद्को सामना गर्नुपरेको उल्लेख गर्नुभयो ।
थारू अटवारी पर्व आइतबार मनाइँदै
थारू समुदायको व्रत बस्ने अटवारी पर्व तराईका थारू बहुल जिल्लामा आइतबार मनाइँदैछ । विशेषगरी थारू पुरुषले ब्रत बस्ने यस पर्व तराईको पश्चिम कञ्चनपुरदेखि पूर्व झापासम्म मनाइने गरिन्छ । यद्यपि पूर्वका थारूले ‘रैव’ भनेर यसलाई मनाउँछन् ।
बाढीले विद्यार्थी छेकेपछि खोलावारि नै परीक्षा सञ्चालन
कपिलवस्तुको शुद्धोधन जनजीवन माध्यमिक विद्यालयका ३४ जना विद्यार्थी शनिबार बिहानै परीक्षा दिन घरबाट विद्यालय निस्किए । एसईई स्तरवृद्धिको परीक्षा दिन २० किलोमिटर टाढा रहेको जनता मावि पीपरामा केन्द्र तोकिएको थियो । राति परेका वर्षाका कारण कोइली खोलामा आएको बाढीले विद्यार्थीलाई विद्यालय पुग्न समस्या भयो ।
अचम्मको बुद्धकालीन पाकरीको बोट
रुपन्देही जिल्लाको देवदह नगरपालिका वडा नम्बर ९ मा रहेको प्रख्यात पाकरीको बोट । यस बोटलाई पाकड वा फलक्षा पनि भनिन्छ । यसको वैज्ञानिक नाम फिकस बेन्जामिना हो । निकै नै सुन्दर र आकर्षक यो पाकरीको बोटलाई बुद्धकालीन बोट पनि मानिएको छ । किनभने यही रुखको मुनि बसेर गौतमबुद्धले तपस्या समेत गरेको भन्ने जनविश्वास रहेको छ ।