• १२ असार २०८१, बुधबार

बाबुको हत्या आरोपमा छोरा पक्राउ

blog

प्रतिकात्मक तस्बिर

रेखीराम राना

पाल्पा, भदौँ १२ गते । बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पाल्पाको माथागढी –४, झडेवा नेटामा दाउराको चिर्पटले हानेर छोराले बाबुको हत्या गरेको आरोप सम्बन्धमा छानबिन गर्न प्रहरीले १४ वर्षीय छोरालाई पक्राउ गरेको हो। 

शनिबार साँझ ६ बजेतिर छोराले रिसको आबेगमा प्रहार गरेको चिर्पटले लागेर ४५ वर्षीय  तिलबहादुर दिसाको घटनास्थलमै मृत्यु भएको स्थानीयलाई उद्धृत गर्दै प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो। 

घटना लगत्तै स्थानीय बासिन्दाले खबर गरेपछि जिल्ला प्रहरी कार्यालयबाट पुगेर प्रहरी टोलीले आइतबारबाट अनुसन्धान थालेको छ। घटनामा संलग्न बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक थापाको भनाइ छ।