सरकारले कसैलाई भोकै बस्न दिने छैन : अर्थ मन्त्री शर्मा
नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सरकारले कुनै पनि नागरिकलाई भोकै बस्न नदिने बताउनु भएको छ ।
कुलपानीमा आन्तरिक पर्यटकको चहलपहल (फोटो फिचर)
दाङको गढवा गाउँपालिका वडा नम्बर १ बडाहरा गाउँमा रहेको कुलपानी हरित पार्क यतिखेर पर्यटकको आकर्षक गन्तव्यको रुपमा विकास हुदै गएको छ । पार्कको प्रवेशद्धारमा हालै निर्माण गरिएको बाघ, जरायो, मयुरले पार्कको सुन्दरता थप बढाएको हो ।
नेताको स्मृतिमा देवीनगरमा पार्क निर्माण हुँदै
नेपाली कांग्रेसका संस्थापक नेता स्व. वीपी कोइराला, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता स्व. पुष्पलाल र बुटवलका पूर्व नगर प्रमुख सूर्यप्रसाद प्रधानको स्मृतिमा बुटवलको देवीनगरमा स्मृति पार्क निर्माण हुने भएको छ ।
गर्भवती महिलालाई गाउँमै भिडियो एक्स-रे सेवा
गाउँमै भिडियो एक्स-रे सेवा पाउँदा गर्भवती महिला खुसी भएका छन् । गाउँमै भिडियो एक्स-रे सेवा पाएपछि दिनभरको समय र पैसा खर्चेर अन्यत्र जानुपर्ने बाध्यता हटेको गर्भवती महिलाको भनाइ छ ।
दुई वर्षदेखि सडक निर्माण अवरुद्ध
कपिलवस्तु नगरपालिका–६, निगालीकोट–थुम्हवा निर्माणाधीन सडक तथा नालाको काम दुई वर्षदेखि अलपत्र परेपछि स्थानीयवासीले आवतजावतमा सास्ती खेप्नुपरेको छ। झन्डै चार वर्ष पहिला खाडल खनेर सुरु गरिएको सडक निर्माण कार्य ठेकेदार कम्पनीको लापरबाहीले अलपत्र परेको स्थानीय बताउँछन्। ठेकेदार कम्पनीले ठेक्का सम्झौतापछि थोरै काम गरेर अलपत्र पारेको हो। सडक सम्याउन र नाली बनाउन खाल्डो खनेको तीन वर्ष हुन लाग्दा पनि थप निर्माण कार्य सुरु हुने अवस्था छैन। खनिएको गहिरो खाल्डोमा बालबच्चा डुब्ने डर त्यत्तिकै छ, स्थानीय विष्णु कलवारले भन्नुभयो– सडक बनाउने भनेर घरको छत भत्काइदिए, अहिले अलपत्र पा-यो।
मिटरब्याजीविरुद्ध कार्यदल
मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि बनेको ‘एक्सन टिम’ (कार्यदल)ले छानबिन तथा आवश्यक कारबाहीको काम सुरु गरेको छ। नवलपरासीका पीडितहरूले राजधानी काठमाडाैँ पुगेर धर्ना दिने उद्घोष गरेपछि सरकारले मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि जिल्लामा कार्यदल गठन गर्न निर्देशन दिएको थियो। सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको नेतृत्वमा गठित पाँच सदस्यीय कार्यदलले आवश्यक कारबाहीका लागि काम सुरु गरेको नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो।
पुलको सूचनाले झस्काउँछ
पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत दाङको भालुवाङ राप्ती नदीको पुल जीर्ण अवस्था छ। इलाका प्रहरी कार्यालय भालुवाङले नै बोर्ड राखेर ‘पुल जीर्ण रहेको’ सूचना दिएको छ। जीर्ण पुल, त्यससँगै प्रहरीको सूचना बोर्डले सवारीचालक र यात्रु सबैलाई झस्काउने गर्छ। पुल जीर्ण छ, विस्तारै हिँड्न अनुरोधसहितको बोर्ड राख्दा पनि मर्मतका लागि सम्बद्ध निकायको ध्यान पुगेको छैन। त्यस्तै लमही कोइलावास हुलाकी सडक खण्डको राप्ती नदीको पुलको अवस्था पनि यस्तै छ। यो सडक फराकिलो बनाए पनि पुलमा दोहोरो सवारीसाधन आवतजावत हुन सक्दैन। जीर्ण अवस्थामा रहेका यी पुलमा आवतजावत गर्दा दुर्घटनाको खतरा बढ्दै गइरहेको छ। कहिलेकाहीँ ठूला गाडी सँगसँगै (दोहोरो) पार गर्न नसक्दा लामो समयसम्म जाम पनि हुने गरेको छ।
अवरुद्ध सिद्धार्थ राजमार्गमा एकतर्फी सञ्चालन
बिहीबार बेलुकी साढे ४ बजेदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ। तिनाउ–५, हिउँदेखोला नजिकै सडक भाँसिएर अवरुद्ध बनेको सडक बिहीबार साँझ ७ बजेदेखि एकतर्फी सञ्चालनमा आएको हो।
एकैदिन ३ वटा विद्यालय भवनको उद्घाटन
नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री एवं बाँके क्षेत्र नं. १ का संघीय सांसद महेश्वर गहतराज (अथक) ले आफ्नो निर्वाचन क्षेत्रलाई शैशिक हबका रुपमा विकास गर्ने उद्घोष गर्नुभएको छ ।
सिद्धार्थ राजमार्ग भाँसिदा सडक अबरुद्ध
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ –५, हिउँदे खोला नजिकै सडक भाँसिदा यातायात अबरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको हिउँदे खोला नजिकै ४० मिटर सडक भाँसिदा बिहीबार बेलुकी साढे ४ बजेदेखि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
दुई वर्षपछि आमा सुरक्षा कार्यक्रम सञ्चालन
तानसेनका ठूला अस्पतालमा सञ्चालन हुन नसकेको ‘आमा तथा शिशु सुरक्षा कार्यक्रम’ पुनः सञ्चालनमा आएको छ । तानसेन नगरपालिका र लुम्विनी मेडिकल कलेजबीच सम्झौंता भएपछि ‘आमा तथा शिशु सुरक्षा कार्यक्रम’ सञ्चालनमा आएको हो ।
श्रीनगरको स्वामित्वमा विवाद
तानसेन नगरपालिका र डिभिजन वन कार्यालय पाल्पाबीच श्रीनगर डाँडाको जग्गा स्वामित्वबारे विवाद चर्किएको छ । विगत छ दशकदेखि तानसेन नगरपालिकाले भोगचलन र पर्यटकीय पूर्वाधार निर्माण गर्दै आएको ‘श्रीनगर डाँडा’ को जग्गाको स्वामित्वमाथि वन कार्यालयले दाबी गरेको छ । नगरपालिकाले श्रीनगरडाँडामा बनाइएका पर्यटकीय पूर्वाधारबाट आन्तरिक आम्दानीका रूपमा टिकट काटेर रकम उठाउन थालेपछि विवाद भएको हो ।उक्त क्षेत्र वर्षौंदेखि भोगचलन गर्दै आएको र अहिले पनि स्थानीय सरकारको आम्दानी वृद्धि गर्न रकम उठाउन पाउनुपर्ने नगरपालिकाले बताएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा सुविधा थप, सेवाग्राही खुसी
लुम्बिनी प्रादेशिक अस्पतालमा सुबिधाहरु थपिएको छ । अस्पतालको ४ वटा नयाँ भवन बनेसँगै सुविधा पनि थप भएको अस्पताल व्यवस्थापनले जनाएको छ । अस्पतालमा आइसियु तथा मेडिकल वार्ड, प्रयोगशाला, अस्पताल प्रशासनिक भवन, क्याबिन, शल्यक्रिया तथा पोस्ट अप्रेटिभ कक्ष, एक्स रे बिभाग थपिनुका साथै सुविधा सम्पन्न नयाँ भवनबाट सेवाग्राहीले सहजरुपमा सेवा लिन पाएको अस्पतालको भनाइ छ ।
चमेरा संरक्षण क्षेत्र जोखिममा
राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षबाहेक नेपालमै पहिलो पटक घोषणा गरिएको चमेरा संरक्षण क्षेत्र जोखिममा परेको छ । चमेरा लोप हुन थालेपछि २०७० मा कपिलबस्तु जिल्लाको कपिलवस्तु नगरपालिका –३ देबानगढीयामा एक हेक्टर क्षेत्रफललाई संरक्षण क्षेत्र घोषणा गरिएको थियो ।
सपना जस्तो लाग्ने फोनका कुरा जब विपनामा पूरा भए...
शुक्रबारको मध्यान्ह । घाम चर्किँदै थियो । लमही–१ स्थित श्री सूर्यविनायक मावि, नर्तिका विद्यार्थी शुक्रबारे आधा छुट्टीका कारण घरघर लागिसकेका थिए । त्यहीँ विद्यालयमा अवस्थित लावाजुनी छात्रावासका मुक्त कमलहरी भने उत्साहित थिए ।
गाईपालनबाट नेत्री भण्डारीलाई मासिक ४५ हजार आम्दानी
गुल्मीको रेसुङ्गा नगरपालिका अर्खलेकी सावित्रा भण्डारीले गाईपालन व्यवसाय पनि आम्दानीको राम्रो स्रोत बन्न सक्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ । रेसुङ्गा नगरपालिका –४, अर्खलेकी महिला नेतृ समेत रहनुभएकी भण्डारीले गाईपालन व्यवसायबाट राम्रो आम्दानी भइरहेको बताउनुभयो ।
भोगचलन नभएको जग्गामा औद्योगिक क्षेत्र निर्माण हुनसक्ने
रुपन्देहीको बुटवल उपमहानगरपालिका १७ स्थित निर्माण हुन लागेको मोतीपुर औद्योगिक क्षेत्रको समस्या समाधानका लागि गृहमन्त्री बालकृष्ण खाणले सक्रियता देखाउनुभएको छ । ५ वर्षभित्र निर्माण पूरा गर्ने गरी २०७२ चैत १ मा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरिएको थियो ।
जानकी साहित्यिक पुरस्कार ज्ञवालीलाई
जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार रुद्र ज्ञवालीलाई प्रदान गरिएको छ । ‘जानकी प्रतिष्ठान’ द्वारा स्थापना गरिएको उक्त पुरस्कार मोती जयन्तीको अवसर पारेर किरण पुस्ताकालय तम्घासले यस वर्ष साहित्यकार ज्ञवालीलाई प्रदान गरिएको हो ।
दाङमा चट्याङबाट २ महिलाको मृत्यु, १२ जना घाइते
दाङमा चट्याङ लागेर दुई जना महिलाको मृत्यु भएको छ । तीजको दिन राती नाचगान भैरहेको समयमा घोराही उपमहानगरपालिका–१२ गुरौमा २ जना महिलाको मृत्यु भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजन गौतमले जानकारी दिनुभयो ।
लोप हुँदै भेडा पालन
एकाध पाका पुस्ताले भेडापालनलाई निरन्तरता दिए पनि युवापुस्ताले चासो देखाएका छैनन् । पुथाउत्तरगङ्गा गाउँपालिका–१० र ११ सँगै अधिकांश वडामा एक दशक अघि सम्म घरैपिच्छे भेडा पालन व्यवसायमा थिए । अहिले यी वडामा फाटफुट मात्र व्यवसायिक भेडापालनमा छन् ।
वनको जग्गामा बजार विस्तार
लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङको बजार क्षेत्र सरकारी वनको जग्गा अतिक्रमण गरी बनाइएको पाएको छ। राप्ती अञ्चलको प्रवेशद्वार भालुवाङ दाङसहित रोल्पा, प्युठान र अर्घाखाँची पश्चिम भागको व्यापारिक केन्द्र हो। यो बजार नै वनको जग्गामा रहेको पाइएको छ। भालुवाङ पुरानो बजार हालको बजारभन्दा प्युठान जाने सडकनजिक थियो। पूर्व–पश्चिम राजमार्ग निर्माणसँगै सो बजार राजमार्गको दायाँबायाँ विस्तार भएको हो। यो राजमार्गको दायाँबायाँ ठुल्ठूला पक्की घर तथा संरचना निर्माण गरिएका छन्। त्यही घर संरचना बनेको जग्गा राष्ट्रिय वनको नाममा रहेको बताइएको छ। ती घरधनी तथा संरचनाको मालिक कसैसँग पनि लालपुर्जा नभएको सम्बद्ध अधिकारी बताउँछन्।
लुम्बिनीमा २० वटा औद्योगिक ग्राम बन्दै
लुम्बिनी प्रदेशका २० वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरिएको छ । सङ्घीय सरकारले २०७६ सालदेखि २०७९ सालसम्ममा यस प्रदेशका २० स्थानीय तहमा औद्योगिक क्षेत्र घोषणा गरे पनि अधिकांश स्थानमा अझै औद्योगिक ग्राम निर्माण हुन भने सकेका छैनन् । १०९ स्थानीय तह रहेको लुम्बिनी प्रदेशमा सङ्घीय सरकारले पटक–पटक गरेर २० वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरेको हो । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका र तिलोत्तमा नगरपालिका, पाल्पाको रामपुर नगरपालिका, तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिका, नवलपरासीको सुनवल नगरपालिका र बर्दघाट नगरपालिका, दाङको तुलसीपुर उपमहानगरपालिका, बाँकेको खजुरा गाउँपालिका, प्युठानको स्वर्गद्वारी नगरपालिका, कपिलवस्तुको वाणगङ्गा नगरपालिका, अर्घाखाँचीको सन्धीखर्क नगरपालिका, पणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकामा औद्योगिक ग्राम निर्माण गरिने भएको छ ।
नेपालगन्ज म्याराथन कोर्स अन्तर्राष्ट्रिय मापदण्डको हुने
नेपालगन्ज म्याराथन कोर्स अब अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हुने भएको छ । त्यसका लागि प्रक्रिया अघि बढेको छ । वल्र्ड एथ्लेटिक्स अन्तर्गत एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रनिङ(एम्स)का आधिकारिक प्रतिनिधि आमिर सान्डिवानले सोमबार नेपालगन्ज म्याराथनको नाप लिएका छन् ।
स्रोत नखुलेको साढे २४ लाखसहित बुटवलका शाक्य पक्राउ
रुपन्देही प्रहरीले स्रोत नखुलेको साढे २४ लाख रकमसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–८ सुख्खानगरका २८ वर्षीय सन्दीप शाक्य रहेको प्रहरीले जनाएको छ।