• १३ साउन २०८१, आइतबार

सिद्धार्थ राजमार्ग भाँसिदा सडक अबरुद्ध

blog

सिद्धार्थ राजमार्ग अन्तर्गत हिउँदे खोलामा भाँसिएको सडक । तस्बिर : रेखीराम राना

रेखीराम राना

पाल्पा, भदौ १६ गते । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ –५, हिउँदे खोला नजिकै सडक भाँसिदा यातायात अबरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको हिउँदे खोला नजिकै ४० मिटर सडक भाँसिदा बिहीबार बेलुकी साढे ४ बजेदेखि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।  

सिद्धार्थ राजमार्गको हिउँदेखोला नजिकै ४० मीटर सडक भाँसिएर यातायात सञ्चालन हुन सकेको छैन जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक बीरेन्द्र थापाले बताउनुभयो । सडक डिभिजन कार्यालयको सहयोगमा बाटो खुलाउने प्रयास भइरहेको थापाले जानकारी दिनुभयो । सडक अबरुद्ध हुँदा पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पातर्फ आउने सयौँ सवारीसाधन बाटोमा रोकिएका छन् ।