दक्ष जनशक्तिको अभावले अग्नि नियन्त्रणमा कठिनाइ
नेपालगञ्जमा रहेका दमकलमा काम गर्ने दक्ष जनशक्ति अभाव हुँदा अग्नि नियन्त्रणमा कठिनाइ देखिएको छ । आगलागीका घटना भए दमकलको पानी भर्ने स्टेशनसमेत नहुँदा आफ्नै कार्यालयमा धाउनुपर्ने बाध्यता रहेको नेपालगञ्ज उपमहानगरपालिकाका दमकल शाखाका प्रमुख झोइनबहादुर खड्काले जानकारी दिनुभयो ।
प्रदेश सभा भवन निर्माण
लुम्बिनी प्रदेश सरकारले दाङमा बनाउन थालेको प्रदेश सभा भवन निर्माणको काम सम्पन्न भएको छ। रङरोगनलगायतको काम भने बाँकी रहेको छ। प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत फेरबदलमा विवाद हुँदा भवन निर्माणमा केही समय ढिला भएको हो। भवनको काम सकिए पनि भित्री काम बाँकी छ। दुई वर्षअघि वाईबी इन्फ्रास्टक्चर एन्ड सप्लायर्सले निर्माण कम्पनीले निर्माण ठेक्का लिएको थियो।
लुम्बिनी–मर्चवार जोड्न पुलको अध्ययन
गौतमबुद्ध जन्मस्थल लुम्बिनी र रुपन्देहीको दक्षिणी सिमावर्ती क्षेत्र मर्चवारलाई यातायातसँग जोड्न तिनाउँ र दानव नदीमा पुल निमार्णको लागि अध्ययन सुुरु गरिएको छ ।
महिलालाई जीवित बनाएको भ्रम फैलाउने पास्टर पक्राउ
बुटवलका एक मृतक महिलालाई जीवित बनाएको भन्दै भ्रम फैलाएको आरोपमा बुटवलमा एक व्यक्ति पक्राउ परेका छन् । बुटवल बुद्धनगरस्थित होली क्यालभरी चर्चका पास्टर कञ्चपुरका ३५ वर्षीय राजेन्द्र गोतामेलाई प्रहरीले पक्राउ गरेको हो ।
पानी नपर्दा खेतमा धानबाली सुक्यो, उत्पादन घट्न सक्ने
वर्षा नहुँदा रुपन्देहीका किसानले खेतमा लगाइएको धानबाली काटेर चौपायालाई खुवाउन थालेका छन् । खेतमै धानबाली सुक्न थालेपछि कम्तिमा चौपायालाई काम लाग्ने भन्दै किसानहरुले धानबाली काट्न थालेका हुन् ।
माटो जोगाउने अभियान देश र जनताका लागि : मन्त्री राई
सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले माटो जोगाउने अभियान देश र जनताको हितमा रहेको जनाउनुभएको छ । उहाँले माटोको विभिन्न मानवीय गल्तीका कारण माटोको उर्वराशक्ति घट्दै जानु भविष्यका लागि निकै चिन्ताको विषय भएको जनाउँदै माटोको संरक्षण र सम्वर्धन गर्न सबै नेपाली जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।
पदमा लाेभ गरेकाे छैन: नेता खनाल
नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफू कहिल्यै पनि पदको लोभमा नभएको बताउनुभएको छ । समाजवादी प्रेस संगठन, गुल्मीले सदरमुकाम तम्घासमा सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले आफू पदको लोभमा नभएको बताउनुभएको हो ।
भुक्तानीमा समस्या हुँदा उखुु छाडेर केराखेती
चिनी उद्योग सञ्चालक र उखु किसानबीच बर्सेनि भुक्तानीसम्बन्धी समस्या आउने भएपछि किसान उखुखेती छाडेर केराखेतीतर्फ लाग्ने क्रम बढ्दो छ । पश्चिम नवलपरासीका किसान केराखेतीमा आकर्षित हुँदै गएको नवलपरासी केरा उत्पादक सङ्घका अध्यक्ष लख्खु यादवले बताउनुभयो ।
भूकम्पीय जोखिम न्यूनीकरणको पूर्व तयारी
बाँकेको कोहलपुर नगरपालिकाभन्दा उत्तरतर्फको चुरे क्षेत्रलाई केन्द्रबिन्दु बनाएर शनिबार एकाबिहानै ४.८ म्याग्निच्यूटको भूकम्प गयो । भुकम्पको धक्का बाँके, बर्दियालगायत भारतको उत्तरप्रदेश राज्यसम्म परेको थियो ।
सडक र यातायातको विकासले अन्य विकासलाई निम्त्याउँछ – पूर्वाधार मन्त्री राई
भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले सडक र यातायातको विकास सबैभन्दा महत्वपूर्ण भएको बताउनुभएको छ । आइतबार नेपालगञ्ज – १५ मा जमुनाहादेखि पिप्रहवासम्मको सडक निर्माणको शिलान्यास गर्दै मन्त्री राईले गाउँ गाउँमा सडक र यातायात पु¥याउने सरकारको प्रमुख लक्ष्य रहेको बताउनुभयो ।
गठबन्धनबाट एक पटक चुनाव लड्छु : नेता खनाल
नेकपा (एकीकृत समाजवादी) का नेता एबम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफूू अन्तिम पटकका लागि प्रतिनिधिसभाका लागि उम्मेद्वार हुने बताउनुभएको छ । इलाम क्षेत्र न. १ मा गठबन्धनबाट चुनाव लड्ने घोषणा उहाँले गर्नुभयो ।
गाउँमै कृषिबाट वार्षिक २० लाख रूपियाँ आम्दानी गर्दै खराल
श्रम र उमेर विदेशमा खर्चिनु भन्दा स्वदेशमा मिहेनत गर्दा मनग्यै आम्दानी गर्न सकिन्छ भने उदाहरण यहाँका २९ वर्षीय भुवन खराल बन्नुभएको छ । गाउँमा व्यवसायिक कृषिबाट उहाँले कोरियामा भन्दा राम्रो आम्दानी गर्नुभएको छ ।
अनुदान दिन थालेपछि दूध उत्पादन वृद्धि
भारतमा तीन वर्ष बसेर आउनुभएका अर्घाखाँचीको पाणिनि गाउँपालिका–४, पटौटीका ३० वर्षीय माधव घिमिरेलाई त्यसपछि कहिले विदेश जाने इच्छा भएन । उहाँ अहिले गाउँकै उदाहरणीय कृषक बन्नुभएको छ । गाई र भैँसीपालन गर्दै आउनुभएका घिमिरेले मासिक ४५ हजार रुपियाँको दूध बिक्री गर्दै आउनुभएको छ । “घरमा तीनवटा गाई र दुईवटा भैँसी छन्, कात्तिक, मङ्सिरमा धेरै दूध बिक्री हुन्छ । दैनिक ४० लिटर दूध उत्पादन हुन्छ,” उहाँले भन्नुभयो । अन्य खेतसहित पशुपालन गरिरहनुभएका घिमिरेलाई गत वर्ष गाउँपालिकाले ४४ हजार ३६४ रुपियाँ अनुदान दिएको थियो । मासिक ४०–५० हजार रुपियाँ कमाउन गाह्रो नभएको उहाँले बताउनुभयो ।
कपिलवस्तुमा बहुमूल्य अगरउडको खेती
कपिलवस्तुमा बहुमूल्य औषधीजन्य जडीबुटी तथा सुगन्धित तेल धूप उत्पादन गर्न मिल्ने अगरउडको खेती गरिएको छ । जिल्लाको बाणगंगा नगरपालिका ९ बर्दहवामा २.५ हेक्टर जमिनमा अगरउडका बिरुवा रोपिएको हो ।
तानसेनमा भगवतीको रथयात्रा
दुई सय दुई वर्ष अघिदेखि निकालिदैँआएको भगवतीको रथयात्रा तानसेनमा निकालिएको छ । पश्चिम नेपालको जितगढी किल्ला विजयी गरेको सम्झनामा तानसेनमा शनिबार दिउँसो भगवतीको भव्य रथयात्रा गरिएको हो ।
विकासमा कोही बाधक नबनौं : मन्त्री राई
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले स्थानीय विकासमा कोही बाधक बन्न नहुने बताउनुभएको छ । नेपालगञ्जको धम्बोझी चोकमा शनिबार रत्न राजमार्ग अन्तर्गत जमुनाह–राँझा सडक स्तरोन्नति र सडक बत्ती तथा जमुनाह– कोहलपुरमा पैदल यात्रु आकाशे पुलको शिलान्यास गर्दै मन्त्री राईले सो कुरा बताउनुभयो ।
गुल्मीमा बेवारिसे शव फेला
गुल्मीमा बेवारिसे शव फेला परेको छ । जिल्लाको इश्मा गाउँपालिका–१ हस्तिचौरको बसेनी सामुदायीक वनमा महिलाको बेवारिसे शव फेला परेको हो ।
कपिलवस्तुमा नक्कली स्वास्थ्यकर्मीको बिगबिगी
कपिलवस्तुको शिवराज नगरपालिका ११ थुन्हियामा बिकास बाला एक दशकदेखि मेडिकल सञ्चालन गर्दैआएका थिए । भारतको पश्चिम बंगालका बाला औषधी पसल खोल्न नेपाल आएका हुन् । कक्षा १० सम्म अध्ययन गरेका उनले स्वास्थ्यकर्मी बनेर उपचार गर्दैआएका थिए ।
पाल्पामा आज भगवती जात्रा मनाइँदै
गोरखालीले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा आज (शनिबार) वीरताको प्रतिकको रुपमा सिन्दुर जात्रा गरी भगवती रथयात्रा मनाइँदैछ । पाल्पाली प्रशासकको रुपमा रहेका कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपालले वि.सं १८७१/१८७२ मा बुटवलको जीतगढीमा अंग्रेजसँंग भएको युद्धमा विजय हासिल गरेको थियो ।
लुम्बिनी प्रदेशमा आन्तरिक आय नबढे खर्च धान्न मुस्किल
लुम्बिनी प्रदेश सरकारको आन्तरिक आम्दानीले प्रदेशको प्रशासनिक खर्च धान्नसमेत समस्या हुने देखिएको छ । प्रदेश सरकारले आव २०७८÷७९ का लागि कुल ४० अर्ब ९५ करोड रुपियाँको बजेट प्रस्तुत गरे पनि कुल आय भने ३७ अर्ब ११ करोड रुपियाँ मात्रै रहेको थियो । यो आर्थिक वर्षमा प्रदेश सरकारले खर्च र आय दुवैमा लक्ष्य भेट्टाउन सकेन ।
पुल बनेपछि सडकसँग जोडिँदै गाउँ
पुल नभएर सास्ती खेप्दै खेपेका कपिलवस्तुका छ स्थानमा पुल निर्माण सम्पन्न भएपछि स्थानीय लाभान्वित भएका छन्। लुम्बिनी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष सडक पूर्वाधार विकास कार्यालय कपिलवस्तुमार्फत १५० मिटरसम्मका पुल निर्माण भएका छन्। दशकौँदेखि पुल नभएर समस्यामा परेका स्थानमा २३ करोड ३७ लाख ४४ हजार रुपियाँ लगानी गरेर पुल निर्माण गरिएको छ।
नदी कटानले बस्ती जोखिममा
कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित बेल र गुडरुङ नदीको कटानका कारण दरखसवा गाउँका ७५ घरपरिवार उच्च जोखिममा रहेका छन्। दुइटै नदीले पूर्व र पश्चिमबाट वर्षौंदेखि कटान गर्दा गाउँबस्ती नै विस्थापित हुनुपरेको छ। कपिलवस्तु हरिहरपुरका ६० वर्षीय बुदई नाउँ नदीको कटनाका कारण बर्सातको समयमा रातभर जागाराम बस्न बाध्य भएको गुनासो गर्नुहुन्छ। नदी कटानलाई समयमा नियन्त्रण गर्न सकिएन भने गाउँ नै विस्थापित हुने भनाइ नाउँको छ।
गुल्मीमा ३६ जनामा सङ्क्रमण पुष्टि, सक्रिय सङ्क्रमित १४२ पुगे
गुल्मीमा कोरोना संक्रमण तिब्र रुपमा फैलिन थालेको छ । शुक्रबार मात्रै गुल्मीमा ३६ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिनुभयो ।
तीन सवारी साधन एकआपसमा ठोक्किँदा एकको मृत्यु, नौ जना घाइते
सिराज खान नेपालगञ्ज, भदौ ३ गते । बाँकेको बैजनाथ गाउँपालिका –५ वनकटुवाको संगमचोक नजिकै तीन सवारी साधन एकआपसमा ठोक्दिाँ एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर नौ जना घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले जानकारी दिनुभयो ।पूर्वपश्चिम राजमार्गमा पर्ने संगमचोक नजिकै शुक्रबार मिनि ट्रक, म्याजिक भ्यान र मोटरसाइकल ठोक्किएका थिए । पश्चिमतर्फ गइरहेको भे १ क २१९६ नम्बरको मिनि ट्रक, कोहलपुरतर्फ आउँदै गरेको भे १ ज ४४९ नम्बरको म्याजिक भ्यान र भे ११ प २८०० को मोटरसाइकल ठोक्किएका हुन् ।सवारी साधनहरू ठोक्किँदा ट्रक र म्याजिक सडकबाट तल खसेका थिए । दुर्घटनामा परेर म्याजिकका चालक बाँसगढी नगरपालिका –४ का रामबहादुर कुँवरको मृत्यु भएको डीएसपी मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परेर अन्य नौ जना घाइते भएका छन् ।घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।