• १५ असार २०८१, शनिबार

लुम्बिनी–मर्चवार जोड्न पुलको अध्ययन

blog

पुल निमार्णका लागी प्रारम्भीक अध्ययन गर्दै मन्त्रि सहीतको टोली ।

लुम्बिनी, भदौ ७ गते । गौतमबुद्ध जन्मस्थल लुम्बिनी र रुपन्देहीको दक्षिणी सिमावर्ती क्षेत्र मर्चवारलाई यातायातसँग जोड्न तिनाउँ र दानव नदीमा पुल निमार्णको लागि अध्ययन सुुरु गरिएको छ । 

स्थानीयलाई सहज आवगमन र बाह्रै महिना यातायात सञ्चालनको लागि कोटहीमाई गाँउपालिका –२ र ५ मा पर्ने देवनक्सापुरमा पक्की पुल निमार्णका लागि नाँपजाच गरी अध्ययन सुुरु गरिएको लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्री वसीउदिन खाँले जानकारी दिनुुभयो । उक्त पुल दुई सय मिटर लामो हुने प्रारम्भिक अनुमान छ । भने पुल निमार्ण पश्चत मर्चवारको भारतीय सिमावर्ती क्षेत्रबाट लुम्बिनी पुुग्न करिव सात किलोमिटर दुुरी छोटीने छ ।

सम्मरीमाई गाउँपालिका वडा नं. ५ र लुम्बिनी सांस्कृतिक नगरपालिकालाई जोडने दानव नदीको चक्किया घाटमा पनि पक्की पुल निर्माण लागि प्रारम्भिक अध्ययन गरिएको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासीनीले जानकारी दिनुुभयो । हाल चक्की घाटमा वारीपारी खेत रहेका किसान तथा लुम्बिनी क्षेत्रमा यात्रा गर्ने स्थानीयले जोखिम मोलेर ढुंगा चढदै आएका छन् । 

लुम्बिनी प्रदेश सरकारबाट मर्चवारको ५ स्थानमा पक्की पुलको प्रस्ताव गरीएको छ । स्थानीयको माग अनुसार सम्मरीमाईको चक्कीया, मायादेवीको खुरहुरीया, कोटहीमाई गाउँपालिकाको देवनवक्सापुर, दुईमोहान भुवरी घाट र भसिहवा घाटमा पक्की पुल बनाउने प्रकृया अगाडी बढाईको मन्त्रि खाँले बताउनुुभयो । 

सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले प्ररारम्भिक अध्यनमा पुल बनाउन सहज देखिएको बताउनुुभयो । विभागको पुल महाशाखा मार्फत केन्द्रसँग माग गरि पुल निर्माण गरीने उहाँले बताउनुुभयो । प्रारम्भिक अध्ययनमा नदीको चौडाई, पानीको बहावको चौडाई, माटाको अवस्था, पुलको दिसाबारे अध्यन गरिएको छ । 

Author

श्यामशंकर पाण्डे