‘तीजमा माइती देशकै झल्को आउँछ बरिलै’
पहिला मीठो मसिनो खान वर्ष दिनकै चाड कुर्नुपर्थ्यो । अहिले परिस्थिति बदलिएकाले पनि महिलाहरु मीठो मसिनो खानकै निम्ति माइतीमै जानुपर्छ भन्ने चलन हराउँदै गएको छ ।
मिटरब्याजको पीडा : सकियो सम्पत्ति, छिनिएन ऋण
चर्काे ब्याजमा लाखौँ रुपियाँ ऋण लिँदा दाङ जिल्लामा केही परिवारको उठिबास लाग्ने अवस्था आएको छ । मिटरब्याजमा लगानी गर्नेले महँगो ब्याज कबोलेर ऋण दिने र अनेकौँ जालझेल गरेर पैसामा ठगीसँगै दुःख दिन थालेपछि पीडित परिवारको उठिबास लाग्ने अवस्था आएको हो । पीडित परिवारमध्येकी एक हुनुहुन्छ घोराही उपमहानगरपालिका–१० निवासी सीमा विक घमाल ।
कुसुन्डा भाषाको पुस्तान्तरण प्रयास
‘मन्नी मन्नी वयन चीउ भया’ (धेरै धेरै राम्रो छ भाइ) सरुमारानी–६, बूढीचौर प्युठानकी हिमा कुसुन्डाले आफ्नो भाषामा सामाजिक सञ्जालमा भाइको फोटोमा प्रतिक्रिया लेख्नुभयो । यस्तै गुर्भाकोट–५, कुर्मी सुर्खेतका तेजबहादुर कुसुुन्डाले फेसबुकमा सामूहिक फोटा राख्दै लेख्नुभयो, ‘टोक मन्नी वयन चीउ’ (हामी धेरै राम्रा छौँ ।) कुसुन्डा भाषा लोप हुने हो कि भन्ने चिन्ता बढिरहेको समयमा नयाँ पुस्ताका कुसुन्डा समुदायले भाषा अभ्यास सुरु गरेका छन् । आफ्नो भाषामा लेख्न र बोल्न पाउँदा अपनत्व अनुभव हुने गरेको हिमा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सबैको आफ्नो भाषा छ, हाम्रो पनि छ, फरक यति हो– हाम्रो भाषा लोप हुने हो कि भन्ने चिन्ता छ । यस कारण पनि जाने जतिका शब्द राखेर वाक्य बनाएर सार्वजनिक गर्ने गरेका छौँ ।”
विद्यालय पुग्नै जोखिम
“विद्यालय पुग्न खोला पार गर्नुपर्छ तर खोलामा पुल छैन । पानी पर्दा ठूलो भेल आउँछ । करिब एक हप्तासम्म पानी घट्दैन । खोला पार गर्दा ओर्लिने ठाउँ चिप्लो छ । त्यसैमा चिप्लिएर पटक पटक लडिएको छ । कैयौँपटक किताब र झोला भिजेका छन् । केही साथी चोटपटक लागेर घाइते हुनुभएको छ ।” विजयनगर गाउँपालिकाको शिव माध्यमिक विद्यालय डालपुरमा कक्षा १० मा अध्ययनरत रञ्जु कुर्मी विद्यालय पुग्दाको व्यथा सुनाउँदै भन्नुहुन्छ, “सरकार हामी विद्यालय जाने बाटोमा पुल देउ !”
छत्रकोटका बिद्यालयहरुमा मोवाइल निषेध
गुल्मीको छत्रकोट गाउँपालिकाले बिद्यालयमा मोवाइल फोन निषेध गर्ने निर्णय गरेको छ ।
नेपालगञ्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
नेपाल र भारतका सरकारी निकायबीचको समन्वय अभावका कारण दुई वर्षदेखि विभिन्न १२ प्रकारका जडिबुटी भारत निकासीमा रोक लागेको छ । जडिबुटी ब्यवसायी सङ्घ केन्द्रीय कार्यालय नेपालगञ्जका अनुसार भारततर्फ निकासी गर्न नपाएपछि नेपालगञ्ज र आसपासका क्षेत्रमा करिब एक हजार टन जटिबुटी गोदाममा थन्किएको छ । देशभर करिब दुई हजार टन जडिबुटी ब्यवसायीका गोदाममा थन्किएको सङ्घका केन्द्रीय अध्यक्ष टंकप्रसाद शर्माले जानकारी दिनुभयो ।
१२ करोड बढी लागतमा निर्मित कञ्चन बाँधको उदघाटन
संघीय सार्बजनिक लेखा समिति सभापति भरतकुमार शाहले रुपन्देहीको कञ्चन बाँध सिंचाई आयोजनाको बिहीवार उदघाटन गर्नुभएको छ । १२ करोड ७६ लाख २८ हजार ६ सय ५५ रुपियाँको लागतमा निर्माण सम्पन्न भएको सिंचाई आयोजनाबाट गैडहवा गाउँपालिकामा रहेको ऐतिहासिक गैडहवा तालमा पानी लग्ने र त्यहाँबाट सिंचाई योजनाहरु सञ्चालन गर्ने आयोजनाको उद्देश्य रहेको छ ।
खोलामा पुल नहुँदा विद्यार्थीलाई सास्ती
खोलामा पुगल नभएपछि विद्यालय पुग्न विद्यार्थीलाई सास्ती भएको छ । विजयनगर गाउँपालिकाको शिव माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सो सास्ती भोग्नुपरेको हो ।
सीमामा कडाईपछि स्वदेशी बजारमा चहलपहल
भारतीय व्यापारीहरूले सञ्चालन गर्दैआएको रुपन्देहीको सीमाक्षेत्र सिद्धार्थनगर नगरपालीका-१ स्थित मेउडीहवा नजिक दसगजा क्षेत्रमा रहेको फरेनीबजार जान नेपाली व्यापारीलाई कडाई गरेपछि स्वदेशी बजारमा चहलपहल बढेको छ । उद्योगी व्यावसायीले प्रशासनको प्रशंसा गरेका छन् ।
टोल विकास नेतृत्वका लागि निर्वाचन
पाल्पाको बगनासकाली गाउँपालिकामा टोल विकास संस्थाको नेतृत्वका लागि मतदान भएको छ । बगनासकाली गाउँपालिका ५ को लाङ्घाली टोल विकास संस्थाको नेतृत्वका लागि दुई जना उम्मेदवारबीच निर्वाचन भएको हो ।
अवैध कब्जा हटाउन नगर समितिको अल्टिमेटम
कोहलपुर नगरविकास समिति कोहलपुरले सडकपेटी, फुटपाथ र सम्झौता समय समाप्त भएका सबै स्थान तीन दिनभित्र हटाउन अल्टिमेटम दिएको छ । नगरविकास समितिले एक सूचना प्रकाशित गरेर यसअघि नगर विकास समितिको गत असार ३० गतेको बोर्ड बैठकबाट निर्णय भएअनुसार तत्काल सडकपेटी र फुटपाथमा बनाइएका सबै अवैध कब्जा हटाउने जानकारी गराएको थियो ।
पाँच सय ४६ खेलाडीको नाम दर्ता
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिल्लास्तरीय छनोट प्रतियोगिताका लागि गुल्मीमा पाँच सय बढी खेलाडीले नाम दर्ता गराएका छन् ।
मध्यरातमा सारियो योजनाको सूचनापाटी
कपिलवस्तुको मायादेवी गाउँपालिका –१ को बरहीटोलमा एउटा साइनबोर्ड रहेको छ । सूचनापाटीअनुसार सो सडक स्तरोउन्नति हुनुपर्ने देखिन्छ । तर सडकमा काम भएको छैन । रातारात सूचनापाटी राखिएपछि स्थानीयले मिलेमतो भएको अनुमान गरेका छन् ।
बाँकेमा मिटरब्याजीविरुद्ध २० उजुरी
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत रामकुमार सोनकरले सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ८ गतेसम्म २० जनाले उजुरी दर्ता गरेको जानकारी दिनुभयो ।
गाउँबाटै नागरिकता पाएपछि स्थानीय उत्साहित
इलाका प्रशासन कार्यालय रामपुरबाटै नागरिकता वितरण गर्न थालिएपछि स्थानीय उत्साहित भएका छन् । पछिल्लो समय सेवाग्राहीको सङ्ख्यासमेत बढेको छ । दैनिकरुपमा नागरिकता बनाउन आउनेहरु बढ्दै गएका छन् ।
चिकित्सक नहुँदा बिरामीलाई सास्ती
तानसेनस्थित पाल्पा अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीले सास्ती बेहोर्नुपरेको छ । दुई वर्षअघि ५० शøयाको अस्पताल सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारबाट अस्थायी स्वीकृति पाए पनि दरबन्दीअनुसारका चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीले हैरानी बेहोर्नुपरेको हो । ५० शøयाको अस्पताल स्वीकृति पाएपछि नौ जना विशेषज्ञ चिकित्सक र आठ जना एमबीबीएस डाक्टरको दरबन्दी हुनुपर्ने व्यवस्था छ तर अस्पतालमा हाल एक जना पनि विशेषज्ञ डाक्टर छैनन् । एमबीबीएस डाक्टर आठ जना हुनुपर्नेमा जम्मा तीन जना मात्रै कार्यरत छन् ।
अझै लागू भएन जग्गा विकास कार्यक्रम
दाङको भालुवाङ क्षेत्रमा जग्गा विकास कार्यक्रम लागू हुन सकेको छैन। भालुवाङ नगर विकास समितिको पहलमा नगर विकास समिति र आसपासका जग्गालाई समेटेर यो कार्यक्रम लागू गर्ने भनिएको थियो। दस वर्षपहिले नगर विकास समितिको आठ कट्ठा र व्यक्तिको नाममा रहेको तीन बिघा जमिनलाई समेटेर जग्गा विकास कार्यक्रमको पहल थालेको हो।
दाङको पचपन्नझ्याले दरबार जीर्ण
भक्तपुरको ५५ झ्याले दरबारबारे इतिहासका पानामा पढ्न पाइन्छ तर दाङको ५५ झ्याले दरबारको कहीँकतै चर्चा भएको पाइँदैन । निजी स्वामित्वमा रहेको दाङको ५५ झ्याले दरबारका बारेमा न प्रचार भएको छ, न त अध्ययनका लागि कोही त्यहाँ पुग्ने गरेका छन् ।
लुटपाटमा संलग्न दुई जना पक्राउ
रुपन्देहीको बेलहिया बाइपासमा रोडमा साउन २९ गते लुटपाट गरेर फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
तालमा बेपत्ता भएको तीन दिनपछि शव भेटियो
दाङको कृत्रिम तालमा डुबेर बेपत्ता भएका युवाको शव तीन दिनपछि भेटिएको छ।
पाल्पामा छ हजार छ सय मतदाता थपिए
पाल्पामा छ हजार ६ सय नयाँ मतदाता थपिएका छन् । असार १ गतेदेखि साउन १९ गतेसम्म फोटोसहितको मतदाता नामावली सङ्कलनको क्रममा छ हजार ६७० मतदाता थपिएका हुन् ।
गुल्मी काँग्रेसले जनप्रतिनिधिलाई अभिमुखीकरण गर्ने
गुल्मीमा नेपाली काँग्रेसले पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति गुल्मीको आयोजनामा यहि भदौ ११ गते सदरमुकाम तम्घासमा उक्त कार्यक्रम गरिन लागेको पार्टी कार्यालयले जनाएको छ ।
सञ्चालनमा आएन खुला कारागार
बाँकेको गनापुरस्थित देशकै पहिलो खुला कारागार अझै सञ्चालनमा आउन सकेको छैन। सो कारागार तीन वर्षअघि नै निर्माण सम्पन्न भएको हो। कारागार सञ्चालनका लागि कार्यविधि नबन्दा सञ्चालनमा आउन नसकेको कारागार कार्यालय बाँकेले जनाएको छ। गनापुरमा करिब ३७ कोठे खुला कारागार भवन तयार भएको छ। सो कारागारका जेलर अर्जुनजङ्ग शाहका अनुसार दुई तिहाइ कैद भुक्तान गरेकालाई राख्नका लागि देशकै पहिलो खुला कारागार निर्माण गरिएको हो। कारागार सञ्चालनका लागि कारागार विभागले कार्यविधि नबनाउँदा सञ्चालनमा समस्या आएको छ।
बीमा रकम दाबी गर्न टिपर धनीकै आग्रहमा आगजनी
बिमाको रकम दाबी गर्न दाङमा चालक र सहचालकले नै टिपरमा आगजनी गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेस काफ्लेले टिपर धनीकै आग्रहमा चालक अरुण चौधरी र सहचालक आकाश चौधरीले ट्रिपरमा आगजानी गरेकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो ।