• १३ साउन २०८१, आइतबार

पाल्पामा छ हजार छ सय मतदाता थपिए

blog

जिल्ला निर्वाचन कार्यालय पाल्पा ।

रेखीराम राना
पाल्पा, भदौ ८ गते ।
पाल्पामा छ हजार ६ सय नयाँ मतदाता थपिएका छन् । असार १ गतेदेखि साउन १९ गतेसम्म फोटोसहितको मतदाता नामावली सङ्कलनको क्रममा छ हजार ६७० मतदाता थपिएका हुन् ।

थपिनेमा तीन हजार १४० महिला र तीन हजार ५३० पुरुष छन् । जिल्ला निर्वाचन कार्यालय पाल्पा र इलाका प्रशासन कार्यालय रामपुरमा फोटोसहितको मतदाता नामावली सङ्कलन गरिएको थियो ।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रुक्माङ्गत अर्यालले गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लाभरमा एक लाख ९९ हजार ६९० मतदाता रहेको बताउनुभयो । अहिले थपिएका मतदातासँगै पाल्पाको कुल मतदाता दुई लाख छ हजार ३६० पुगेको निर्वाचन अधिकारी अर्यालले बताउनुभयो ।

सरकारले आगामी मङ्सिर ४ गते एकै चरणमा सङ्घ र प्रदेशको निर्वाचन घोषणा गरेसँगै मतदाता नामावली सङ्कलन कार्य २०७९ साउन २० गतेदेखि स्थगन गरिएको निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।