• २२ असार २०८१, शनिबार

अवरुद्ध सिद्धार्थ राजमार्गमा एकतर्फी सञ्चालन

blog

एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको सडक। तस्बिर : रेखीराम राना

रेखीराम राना

पाल्पा, भदौ १६ गते। बिहीबार बेलुकी साढे ४ बजेदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ। तिनाउ–५, हिउँदेखोला नजिकै सडक भाँसिएर अवरुद्ध बनेको सडक बिहीबार साँझ ७ बजेदेखि एकतर्फी सञ्चालनमा आएको हो। 

सडक डिभिजन कार्यालय पाल्पाको डोजर तथा लोडरको सहायताले सडक एकतर्फी खुलाइएको हो। सडक खुलेपछि बाटोमै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो। 

सडक दुबैतर्फ सञ्चालनमा ल्याउन भने समय लाग्ने प्रहरीले जनाएको छ। पानी रोकिएको अवस्थामा मात्रै सडक दुबैतर्फ सञ्चालन गर्ने अवस्था रहने प्रहरीको भनाइ छ। पानी परेको अवस्थामा भने सडक पुन अवरुद्ध हुन सक्ने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ।