• ३० वैशाख २०८२, मङ्गलबार

घर भत्किदा तीन घाइते

blog

गुल्मीमा भत्किएको घर । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, साउन १० गते । गुल्मीमा घर भत्किदा तीन जना घाइते भएका छन् । जिल्लाको मदाने गाउँपालिका–२ भेडिखोरका मुक्तबहादर घर्तीको जस्ताले छाएको कच्चीघर भत्किदा उहाँहरु घाइते हुनुभएको हो ।

घटनामा परी ९ वर्षीय हिक्मत घर्ती, १२ वर्षीया करिस्मा घर्ती र स्थानीय देउवा परियारका १० वर्षीय छोरा अम्मर परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । 

घाइतेको मदाने सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र घटना बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।