• २१ असार २०८२, शनिबार

‘प्रदर्शनीले शिक्षालाई सिपसँग जोडेको छ’

blog

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल प्रदर्शनी अवलोकन गर्नुहुँदै ।

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २१ गते  । शिक्षामा सिप कार्य क्रम अन्तर्गत विद्यार्थीले तयार पारेको ‘स्केचिङ एन्ड स्कप्चर’ शीर्षकको दोस्रो चित्रकला तथा मूर्तिकला प्रदर्शनी शुक्रबार सम्पन्न भएको छ । 

काठमाडौँ महानगरपालिकाको शिक्षा विभाग र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित कार्य क्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले शिक्षासँगै सिप सिक्ने यो प्रदर्शनी विद्यार्थीका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रदर्शनी तथा चित्रकला/मूर्तिकला तालिमबाट सिर्जना भएका कलामा विगतमा भन्दा निखार आएको बताउनुभयो ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शिक्षालाई सिपसँग जोडेर थालिएको यस्तो सिर्जनात्मक कामले विद्यार्थीको मनभित्रको भाव अभिव्यक्त गर्ने कलामा निखार ल्याउने बताउनुभयो । उहाँले चित्रकला तथा मूर्तिकला जस्ता सिर्जनात्मक कर्मले विद्यार्थीलाई शिक्षामा पनि सहयोग पुग्ने र आत्मविश्वास पनि बढाउने बताउनुभयो ।

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले शिक्षामा सिप कार्यव्रmमले विद्यार्थीलाई विद्यालयदेखि नै कला, संस्कृति र सिपको जग निर्माणमा योगदान पुग्ने बताउनुभयो । कार्यव्रmम संयोजक तथा प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले विद्यार्थीको उत्साहजनक सहभागिताले आगामी दिनमा पनि सहकार्य गर्न अझै हौसला थपिएको बताउनुभयो । उहाँले कला समाजको प्रतिविम्ब हो, चित्रकला हरेक विधाको पढाइका लागि समेत काम लाग्ने र आवश्यक तालिम हो भन्दै चित्रकला, मूर्तिकलाको सिकाइले विद्यार्थीलाई थेरापीको पनि काम गर्ने बताउनुभयो । सो अवसरमा प्रशिक्षक तथा सहायक प्रशिक्षकका साथै प्रत्येक विद्यालयका उत्कृष्ट विद्यार्थीसमेतलाई सम्मान गरिएको थियो । कार्यव्रmममा महानगरका ४६ विद्यालयका एक हजार तीन सयभन्दा बढी विद्यार्थी र शिक्षक, प्रशिक्षकको सहभागिता रहेको थियो ।