• ७ पुस २०८१, आइतबार

४२ लाखको मोबाइलका सामग्री सशस्त्र प्रहरीद्वारा बरामद

blog

बरामद ४२ लाखका मोबाइल पार्टस र पक्राउ परेका अलि । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, साउन १० गते । सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण बाँकेबाट खटिएको टोलीले कोहलपुरबाट बुधवार ४२ लाख रुपियाँभन्दा बढीका तस्करी गरेर भित्र्याइएको मोबाइलमा प्रयाेग हुने सामग्री बरामद गरेको हो । 

सशस्त्र प्रहरी बल, नेपाल नं.३० गण बाँकेका प्रमुख एसपी रमेशविक्रम शाहीले दिनुभएको जानकारीअनुसार सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण बाँकेबाट खटिएको टोलीले कोहलपुर नगरपालिका –११ स्थित कृषि चोकनजिक चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा राखेर लैजाँदैगरेको सो सामान बरामद गरेको हो । 

उहाँले भारतको उत्तरप्रदेश बरेली स्थायी वतन भएका नावेद अलीले चलाएको से. ७ प. ८९९९ नं. को मोटरसाइकलमा बिलबिजक नभएका ४२ लाख १२ हजार ९०७ रुपियाँ बराबरका मोबाइल डिस्प्लेलगायतका पार्टसहरु बरामद गरिएको बताउनुभयो । 

ती सबै सामान भारतबाट अवैधरुपमा भन्सार राजस्व छलेर भित्रयाइएको जनाइएको छ । विभिन्न ब्रान्डका मोवाइलका डिस्प्लेसहित मोटरसाइकल र पक्राउ परेका अलीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि नेपालगन्ज भन्सार कार्यालय, जमुनाह बाँकेमा बुझाउने प्रक्रिया चलिरहेको सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण बाँकेले जनाएको छ ।