कुशलकी आमा भन्नुहुन्छ– ‘साग केलाउँदै छोराको खेल हेरेँ, देशको नाम राख्यो निकै खुसी छु’
चीनको हान्झाउ सहरमा १९औँ एसियाली खेलकुदअन्तर्गतको मङ्गोलियाविरुद्धको पहिलो टी–२० क्रिकेट प्रतियोगिता चलिरहँदा काठमाडौँमा रहेकी क्रिकेटर कुशल मल्लकी आमा शर्मिलाले उक्त खेल सुरुदेखि अन्तसम्म पूरै हेर्नुभयो ।
कपिलधाममा प्राकृतिक चिकित्सालय सञ्चालन
कपिलवस्तुको बाणगंगा नगरपालिका –९ रहेको कपिलधाम प्राकृतिक चिकित्सालयको स्थापना भएको छ । अस्पतालको लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री विष्णु पन्थीले एक समारोह बीच उद्घाटन गर्नुभयो ।
अस्पतालमा थालेसेमियाका बिरामीको चाप बढ्दो
पश्चिम नेपालको बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरमा फैलिंदैगएको थालेसेमिया रोग थारु समुदायका बालबालिकामा बढी देखा परिरहेको चिकित्सकहरूले जनाएका छन् । अहिले अस्पतालमा सो रोगका बिरामीको चाप बढेको अस्पतालको भनाइ छ ।
जनता माविमा प्राविधिक विषयको अध्यापन हुने
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ तुनधुरास्थित जनता माध्यमिक विद्यालयमा भवन निर्माणसम्बन्धी प्राविधिक विषयको पढाइ हुनेभएको छ ।
थोरै नम्बर ल्याएको विद्यार्थीमाथि कुटपिट
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ रनगाई परीक्षामा सबैभन्दा कम अङ्क ल्याउने एक बालिकामाथि कुटपिट भएको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका कक्षा ६ मा अध्ययनरत वर्ष ११ को छात्रा बढी अङ्क ल्याउने छात्रबाट कुटिएकी छन् ।
सिकलसेलको छुट्टै युनिट बनाउँदै भेरी अस्पताल
अस्पतालमा बिरामीहरूको चाप बढ्न थालेपछि सेवालाई थप वृद्धि गर्नका लागि बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालले सिकलसेलको छुट्टै युनिट बनाएर सेवा सञ्चालनमा ल्याउने भएको छ ।
मिसन ८४ जनताको अभियान : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मिसन ८४ नेपाली जनताको अभियान हुनुपर्ने बताउनुभएको छ ।
रेसुङ्गामा बुधबार र शुक्रबार उडान हुने
गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल एयरलाइन्सले उडानको तालिका परिवर्तन गरेको छ । नेपाल वायुसेवा निगमले प्रत्येक हप्ता मङ्गलबार र शुक्रबार उडान गर्दै आएकोमा अब बुधबार र शुक्रबार उडान गर्ने भएको हो ।
थारुहरूको चढ.गढनिया माई मन्दिर (फोटो फिचर)
कपिलवस्तुको बुद्धभूमी नगरपालिका वडा नं. १ मा अवस्थित थारु समुदायहरूको प्राचीन चढ.गढनिया माई मन्दिर । यो मन्दिर गोरुसिङ्गेबाट करिब आठ किलोमिटरको दुरीमा उत्तरतर्फ देवी स्थान सामुदायिक वनको मध्य भागमा अवस्थित रहेको छ ।
काम्लो बिक्री नहुँदा व्यवसायी निराश
जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–११, सेरास्थित एकता कृषक समूहले तयार गरेका काम्लो बिक्री नहुँदा व्यवसायी निराश भएका छन् । समूहले तयार गरेका भेडाबाख्राको ऊनबाट निर्मित काम्लोलगायत विभिन्न सामग्री बिक्री नहुँदा व्यवसायी निराश भएका हुन् । पुथाउत्तरगङ्गा गाउँपालिका–११, सेरामा एकता कृषक समूहले भेडाबाख्राको ऊनबाट विभिन्न सामग्री तयार गरिराखेका छन् । यस वडाका अधिकांश किसानले भेडाबाख्रा पालन गर्ने गरेका छन् ।
रेसुङ्गा पुग्ने सडक कालोपत्रे
गुल्मीको धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गासम्म पुग्ने सडक कालोपत्रे गरिएको छ । सदरमुकाम तम्घास बजारदेखि रेसुङ्गासम्म पुग्ने सडक कालोपत्रे भएको हो ।
दुबई पठाइदिन्छु भनी तीन लाख ठगी गर्ने पक्राउ
वैदेशिक रोगारीका लागि दुबई पठाइदिन्छु भनी तीन लाख रुपियाँ ठगी गर्ने एक जनालाई प्रहरीले शुक्रबार पक्राउ गरी सार्वजनिक गरेको हो ।
कृत्रिम जलाशयले फेरियो दैनिकी
घोराही उपमहानगरपालिकाले ‘एक वडा एक जलाशय’ अभियान सञ्चालन गरेर घोराहीका अधिकांश वडामा जलाशय निर्माण गरेको छ । अभियानअन्तर्गत पालिकाका विभिन्न वडामा ४३ जलाशय निर्माण गरिएका छन् ।
व्यापारिक क्षेत्रमा चाडपर्वलक्षित बजार अनुगमन
चाडपर्वको सिजन सुरु भएसँगै कपिलवस्तुको मुख्य व्यापारिक क्षेत्रमा बजार अनुगमन सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसहितको टोलीले संयुक्त रुपमा बजार अनुगमन गरेको छ ।
चाडपर्वलक्षित बजार अनुगमनमा तीव्रता
विभिन्न चाडपर्वहरु नजिकिंदै गर्दा बाँकेमा चाडपर्वलक्षित बजार अनुगमनलाई तीव्र पारिएको छ । पछिल्लो पटक गरिएको संयुक्त बजार अनुगमनका क्रममा नेपालगन्जको पुष्पलालचोकस्थित एक भेटेरीनरी पसलबाट २५ हजार रुपियाँ बराबरका म्याद सकिएका औषधि जफत गरेर जरिवना गरिएको अनुमन समितिले जनाएको छ ।
पाल्पाका अधिकांश पशु बाहिर निर्यात
पाल्पाबाट पशु निर्यात गर्ने काम बढ्दैगएको छ । गत आर्थिक वर्ष २०७९–८० मा पशुजन्य पदार्थको निर्यात एक वर्षअघिको तुलनामा चार गुणाले बढेको हो ।
जयन्दु बाल सुधारगृहमा विवाद : ६८ जना बालक प्रहरी संरक्षणमा
बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयन्दु बालसुधार गृहमा विवाद गरेर अशान्ति मच्चाउने ६८ जना बालकहरुलाई सुधारगृह बाहिर प्रहरीको संरक्षणमा राखिएको छ ।
धानमा रोग लागेपछि किसान चिन्तित
“पहिले गोबारो कीरा लाग्यो, अहिले बालालाई काटेर टुक्रा–टुक्रा बनाउने रोग आएको छ”, तुलसीपुर उपमहानगरपालिका–७ निवासी किसान भागिरथ भण्डारीले भन्नुभयो, “यो कीरा साँझ, बिहानमात्रै देखिने गरेको छ ।” समयमा मल र बीउ नपाउँदा आजित भएका किसान पटक–पटक रोग लाग्दा चिन्तित बन्ने गरेका छन् ।
विद्युत् खम्बाको बत्ती निभाउँदा करेन्ट लागेर मृत्यु
पश्चिम नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विद्युत्को खम्बा बल्दै गरेको बत्ती निभाउने क्रममा करेन्ट लागेको हो ।
पढ्नलाई उमेरले छेक्दैन
वरिपरि सानासाना नानीहरू, तिनै नानीहरूको बीचमा बसेर क, ख, ग र १, २, ३ सिक्दै गर्नुभएकी दुजीकुमारी ओली ।
बाँकेको बाल सुधारगृहबाट भागेका बन्दी दैलेखमा पक्राउ
बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बाल सुधारगृहबाट भागेर फरार रहेका एक जना बाल बन्दी समातिएका छन् ।
चोरीमा बालबालिकाको संलग्नता बढ्दै
जिल्लामा बालबालिका चोरीको घटनामा संलग्न हुने क्रम बढ्दै गएको छ। अभिभावकको संरक्षण नहुनु, लागुऔषध दुव्र्यसनीदेखि अरूको देखासिकीका कारण पछिल्लो समय बालबालिका चोरीलगायत अरू आपराधिक कार्यमा संलग्न हुने क्रम बढ्दै गएको छ। प्रहरीका अनुसार बालबालिका स–सानादेखि ठुला चोरीका घटनामा समेत संलग्न हुने गरेको पाइएको छ। पसलका ढोका फुटाएर नगददेखि सामान चोरीका क्रममा ९ देखि १५ वर्षसम्मका बालबालिका प्रयोग भएको भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्ल बताउनुहुन्छ ।
नेपालगन्ज भन्सारमा जनशक्ति थप्न माग
नेपालगन्ज उद्योग वाणिज्य सङ्घले जमुनाह नाका हुँदै आयात हुने खुद्रा सामानको भन्सार गर्नका लागि थप काउन्टर राख्न माग गरेको छ । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कबहादुर धामीले हाल रहेका काउन्टरले भारतबाट सामान लिएर आउनेको भीड थेग्न नसकेको भन्दै अन्य काउन्टर थप्दा दैनिक राजस्व सङ्कलनमा ठुलो वृद्धि हुने बताउनुभयो ।
दाउरा बिक्री गर्न लिएर जाँदै महिलाहरु
घोराही उपमहानगरपालिका–३ झिँग्नि गाउँबाट करिब पाँच किलो मिटर टाढा घोराही बजारमा दाउरा बिक्री गर्न आएका स्थानीय थारु महिला । घोराहीमा दाउराको प्रतिभारी चार सय रुपैयाँमा किनबेच हुने गर्दछ ।