मोहम्मद जयन्ती मनाइयो
कपिलवस्तुमा इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९८ औँ जन्मोत्सव अर्थात् ‘मोहम्मद जयन्ती’ धूमधामका साथ मनाइएको छ ।
पाल्पाका चिकित्सकहरू आन्दोलनमा
पाल्पाका चिकित्सकहरू अस्पतालको ओपिडी सेवा बन्दगरी आन्दोलनमा उत्रिएका छन् । पछिल्लो समय स्वास्थ्यकर्मीमाथि बढ्दैगएको भौतिक आक्रमणको विरोधमा पाल्पाका डाक्टरहरू सडकमा उत्रिएका हुन् ।
चिकित्सकले सुरक्षितरुपमा काम गर्न पाउनुपर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशभर चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेको आक्रमणको निन्दा गर्नुभएको छ ।
सवारी दुर्घटनामा शिक्षकको मृत्यु
कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका वडा २ जनता माध्यमिक विद्यालय पीपराका विज्ञान विषयका संयोजक डा. रोमनाथ बराल हुनुहुन्छ ।
ड्रागन खेतीबाट मनग्य आम्दानी लिँदै किसान
दाङमा ड्रागन फलको व्यावसायिक खेती गरेका किसानले राम्रो आम्दानी लिने गरेका छन् । जिल्लामा नयाँ प्रजातिको फलका रूपमा रहेको ड्रागन फल अन्य फलफूलको तुलनामा महँगोमा बिक्री हुनेगरेका कारण राम्रो आम्दानी हुनेगरेको कृषकको भनाइ छ ।
उद्योगका लागि विद्युतको समस्या हुँदैन : उर्जामन्त्री बस्नेत
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्योग सञ्चालनका लागि अब विद्युतको समस्या नहुने बताउनुभएको छ ।
बिरामीको उपचार गर्न छाडेर चिकित्सक सडकमा
बिरामीको उपचार गर्न छाडेर चिकित्सक चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको माग गर्दै बाँकेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू सडकमा निस्केका छन् ।
पाल्पाका किशोरमा मलेरिया पुष्टि
पाल्पामा बसोबास गर्ने मानिसमा पहिलो पटक मलेरियाको पुष्टि भएको छ । जिल्लाको पूर्वखोला–३, का १५ वर्षीय किशोरलाई मलेरिया पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
धार्मिक एकता र सद्भावबाटै राष्ट्रिय एकता बलियो : मुख्यमन्त्री चौधरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले धार्मिक एकता र सद्भावबाटै राष्ट्रिय एकता बलियो हुने बताउनु भएको छ ।
कालीगण्डकी कोरिडोरमा ठुलो चट्टानसहितको पहिरो
कालीगण्डकी कोरिडोरमा ठुलो चट्टानसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
महिला उद्यमीको कोसेली घर
महिला उद्यमीहरूले उत्पादन गरेका स्थानीय हस्तकलाका सामान सुपथ मूल्यमा बिक्री गर्ने गरी बुटवलमा नयाँ कोसेली घर सञ्चालनमा आएको छ । बुटवल उद्योग वाणिज्य सङ्घको भवनमा सञ्चालन गरिएको कोसेली घरमा स्थानीय हस्तकलाका सामानहरू बिक्रीका लागि राखिएको हो । कोसेली घर सञ्चालनका लागि स्थान तथा त्यसको व्यवस्थापन उद्योग वाणिज्य सङ्घले गरेको छ भने सञ्चालनको जिम्मेवारी स्थानीय उद्यमी निर्जला थापाले लिनुभएको छ ।
मोहम्मद जयन्तीको अवसरमा स्थानीय बिदा
लुम्बिनी प्रदेशसहित कपिलवस्तुका स्थानीय पालिकाले मुस्लिम धर्मावलम्बीको विशेष पर्व १२ रबी अव्वल (पैगम्बर मोहम्मदको जन्मदिन) को अवसरमा स्थानीय बिदा दिएका छन् ।
लुम्बिनी क्षेत्रका पर्यटकलाई बर्दियासम्म ल्याउनुपर्छ : मुख्यमन्त्री चौधरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशलाई मुलुककै आकर्षक पर्यटकीय केन्द्रको रूपमा विकास गर्न प्रदेश सरकार लागिपरेको बताउनुभएको छ ।
पानीको सहजताले नगरवासीमा खुसीयाली
पाल्पा जिल्ला सदरमुकाम तानसेनमा वर्षौँदेखि खानेपानी समस्या भोग्दैआएका तानसेनबासी पानीको सहजता हुन थालेपछि खुसी भएका छन् । नयाँ समिति गठन भएसँगै पानी वितरण सहज हुँदा स्थानीय उपभोक्ता खुसी भएका हुन् ।
पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै जलाशय
जैविक विविधता संरक्षण, माछापालन र सिँचाइ सुविधाका लागि निर्माण गरिएका जलाशय पछिल्लो समय पर्यापर्यटनको केन्द्र बन्न थालेका छन् ।
पूर्ण विद्युतीकरण गर्न तीव्र काम हुँदैछ : उर्जामन्त्री बस्नेत
ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको सबै ठाउँमा पूर्ण विद्युतीकरण गर्नेगरी सरकारले तीव्र गतिमा काम गरिरहेको बताउनुभएको छ ।
चाडपर्व लक्षित बजार अनुगमनमा तीव्रता
कपिलवस्तुमा चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिएको छ । जिल्लाको सदरमुकाम तौलिहवामा स्थानीय प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र कपिलवस्तु नगरपालिकाले संयुक्त रूपमा बजार अनुगमन गरेको हो ।
नेपालगञ्जका विद्यालयमा बिहीबार सार्वजनिक बिदा
नेपालगञ्ज उपमहानगरपालिकाले बिहीबार नेपालगञ्ज क्षेत्रभित्र रहेका सम्पूर्ण विद्यालयहरूलाई सार्वजनिक बिदा दिएको छ ।
रुपन्देहीमा बजार अनुगमन तीव्र, दुई दर्जन व्यवसायी कारबाहीमा
चाडपर्वमा मात्र अनुगमन हुन्छ भन्ने मान्यतालाई तोड्दै रुपन्देहीमा बितेको एक वर्षमा २८ पटक बजार अनुगमन भएको छ । जिल्ला बजार अनुगमन समितिले गत वर्षको साउनदेखि यता २८ पटक बजार अनुगमन गरेको हो ।
बेलहिया र लुम्बिनीमा पर्यटकलाई स्वागत
स्थल नाका हुँदै नेपाल आएका विदेशी पर्यटकहरूलाई बुधबार बेलहिया नाकामा भव्य स्वागत गरिएको छ । ४४औं विश्व पर्यटन दिवसको अवसरमा स्थलमार्ग हुँदै आएका पहिलो पाँच जना पर्यटकलाई बेलहिया नाकामा स्वागत गरिएको हो ।
बस्तीमा आतङ्क मच्चाउने पाटे बाघ मृत फेलापर्याे
बाँके राष्ट्रिय निकुञ्जको नजिकै रहेका बाँकेको राप्तीसोनारी गाउँपालिकाका केही बस्तीमा केही दिनदेखि आतङ्क मच्चाउँदै आएको पाटे बाघ एक्कासि मृत अवस्थामा फेला परेको छ ।
सहकारीमा बेथिति, बचतकर्ता समस्यामा
लुम्बिनी प्रदेशको विभिन्न जिल्लामा सञ्चालित सहकारीमा बेथिति बढेको छ । सहकारी ठगीका घटना बढेसँगै बचतकर्ता तथा उपभोक्ताहरू चिन्तित बनेका छन् । लुम्बिनी प्रदेश सहकारी बोर्डले एकसाता लगाएर रुपन्देही जिल्लामा सञ्चालित सहकारीको अनुगमन गरेको छ । उक्त अनुगमनको प्रतिवेदन तयार पारेर ठोस् निर्णय गर्ने सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।
कटान नियन्त्रण सरकारको प्राथमिकतामा छ : मन्त्री बस्नेत
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नदी कटान नियन्त्रणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।
एमाले अध्यक्ष ओली प्युठान आउनुहुँदै
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प्युठान आउनुहुने भएको छ । नौवहिनी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्न अध्यक्ष ओली प्युठान आउन लाग्नुभएको हो ।