सहमतिपछि खुल्यो नेसंविमा लागेको ताला
दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा लागेको ताला खुलेको छ ।
संसदीय समितिमा चयन भएनन् सभापति
लुम्बिनी प्रदेशमा विषयगत समितिका सभापति चयनमा सकस देखिएको छ। प्रदेश सभामा रहेका छ वटा समितिमा सभापति बाँडफाँटका लागि नेताहरूको पटक पटक बैठक भए पनि सभापति चयन हुन सकेको छैन। दुई पटक सरकार परिवर्तन भइसक्दा पनि विषयगत समितिका सभापति चयन हुन सकेका छैनन्। प्रदेश सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोष पाण्डेयले प्रतिपक्षी दल एमालेलाई पनि समेटेर लैजाने सरकारको मनसायका कारण सभापति चयनमा ढिलाइ भएको बताउनुभयो।
बाल सुधार गृहमा झडप : एकको निधन, १० घाइते
बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु वाल सुधार गृहमा रहेका दुई समूहबिच झडप भएको छ । आज राती भएको झडपमा एक जनाको निधन भएको छ भने १० जना गम्भीर घाइते भएको बाल सुधार गृहका इन्चार्ज विमला काउचा मगरले जानकारी दिनुभयो ।
गुल्मीमा प्रहरीद्वारा गाँजा फडानी
जिल्ला प्रहरी कार्यालय गुल्मीले रेसुङ्गा नगरपालिकाको दुई स्थानमा गाँजा फडानी गरेको छ । रेसुङ्गा नगरपालिका–१ को क्याम्पसरोड र वडा–९ को चौदिलामा प्राकृतिक रूपमा उम्रिएका गाँजाका बोटहरू फडानी गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
ट्राफिक प्रहरीलाई सहयोगी सामग्री हस्तान्तरण
केही समय यता आएर कोहलपुर क्षेत्रमा सडक दुर्घटना बढ्दैगएकाले न्यूनीकरण तथा ट्राफिक सचेतना प्रवाह गर्न ट्राफिक प्रहरीलाई सहयोगी सामग्री हस्तान्तरण गरिएको छ ।
शान्ति प्रक्रियाका बाँकी काम छिटो टुङ्ग्याउन माग
अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले शान्तिको अपिल गर्दै प्रदर्शन गरेको छ ।
कानुनी पहिचानका लागि सामुदायिक सचेतना
मधेश तथा ग्रामीण क्षेत्रमा नागरिकता र जन्मदर्ताको महत्वबारे स्थानीयलाई बुझाउनुपर्ने भन्दै सामुदायिक सचेतना कार्यक्रम सुरु गरिएको छ ।
संविधान कार्यान्वयन नभएको गुनासो
संविधान निर्माण भए पनि कार्यान्वयनमा सरकारले ध्यान नदिएको सरोकारवालाले गुनासो गरेका छन् । नेपालगन्जका नागरिक अगुवाहरूले सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराएका हुन् ।
प्राचीन तिलौराकोट दरबार क्षेत्रभित्र सरसफाइ
गौतम बुद्धका पिता राजा शुद्धोधनको प्रशासनिक राजदरबार क्षेत्र प्राचीन तिलौराकोटमा सरसफाइको काम सुरु गरिएको छ ।
दसैँ खर्च जुटाउँदै राउटे समुदाय
जङ्गलमा फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका प्रतिनिधिहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग भेट गरेर दसैँ खर्च जुटाइदिन आग्रह गरेका छन् ।
माओवादीकाे रुपान्तरण अभियान : विपन्नलाई घर
नेकपा माओवादी केन्द्रको तीनमहिने रुपान्तरण अभियान अन्तर्गत श्रमदान गरी विपन्नको घर निर्माण गरिएको छ ।
३२ थान मोबाइलसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्ज विमानस्थलबाट अवैधरुपमा राजधानी लैजान लागिएको ३२ थान मोबाइल सेट सहित चार जना भारतीय नागरिकलाई पक्राउ परेका छन् ।
टिमुर उत्पादनमा कमी
जिल्लाबाट आव २०७८/७९ मा दुई लाख ४१ हजार सात सय ४२ किलो बिक्री भएको थियो । आव २०७९/८० मा एक लाख पाँच हजार नौ सय छ किलो मात्रै टिमुर बिक्री भएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिनुभयो ।
गुफा घुम्ने बढे
गुल्मीको धुर्कोट र इस्मालाई जोड्ने झोलुङ्गे पुल निर्माण भएसँगै विचित्र गुफा हेर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ। इस्मा गाउँपालिका–६ र धुर्कोट गाउँपालिका–५, बस्तु जोड्ने गरी पुल निर्माण भएपछि बस्तुमा रहेको पर्यटकीय स्थल विचित्र गुफा हेर्न आउनेको सङ्ख्या बढेको हो।
पाल्पामा जिपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
पाल्पामा जिपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक बगनासकाली गाउँपालिका ७ का २८ वर्षीय सुधन भट्टराईको मृत्यु भएको हो ।
गुल्मी कारागारबाट दुई कैदीबन्दीको कैद मिनाहा
संविधान दिवसको अवसरमा जिल्ला कारागारबाट दुई जना कैदीबन्दीले कैद सजाय मिनाहा पाएका गुल्मी कारागारका प्रमुख जेलर रेश्मीराज पन्थीले जानकारी दिनुभयो ।
संविधान दिवसको अवसरमा रक्तदान
संविधान दिवसको अवसरमा रुकुम पश्चिममा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ।
संविधान दिवस : बाँके कारागारबाट २३ जना कैदी छुटे
संविधान दिवसका अवसरमा सरकारले छ सय ७० जना कैदीको बाँकी कैद माफी मिनाहा गरेसँगै बाँके कारागारबाट २३ जना कैदी छुटेका छन्।
कानुन विपरीत विद्यालय बन्द नगर्न छत्रकोटको अपील
गुल्मीको छत्रकोट गाउँपालिकाले कानुन विपरीत विद्यालय बन्द नगर्न अपील गरेको छ।
कपिलवस्तुमा संविधान दिवसको अवसरमा विविध कार्यक्रम
कपिलवस्तुमा संविधान दिवस २०८० को अवसरमा विविध कार्यक्रम गरी मनाइएको छ।सो अवसरमा कपिलवस्तु अस्पतालका विरामी तथा बाल मन्दिरमा रहेका बालबालिकालाई फलफूल वितरण गरिएको हो।
कपिलवस्तु कारागारबाट आठ कैदी रिहा
संविधान दिवसको अवसरमा कपिलवस्तु कारागारमा रहेका आठ जना कैदी रिहा भएका छन् । कैद मिनाहा भएका सबै कपिलवस्तुका रहेका छन् ।
अदालतमा मुद्दाको चाप
आर्थिक वर्ष २०७९/८० मा बाँके जिल्ला अदालतमा तीन हजार ७८९ वटा मुद्दा दर्ता भएका छन् । अघिल्लो आव २०७८/७९ बाट तीन हजार १५६ वटा मुद्दा जिम्मेवारीमा आएका थिए । गत आवमा कुल छ हजार ९४५ मुद्दामध्ये तीन हजार ७१५ वटा मुद्दाको टुङ्गो लागेको छ । तीन हजार २३० वटा मुद्दाको जिम्मेवारी चालु आवका लागि सरेको अदालतको वार्षिक तथ्याङ्कमा उल्लेख गरिएको छ । अदालतमा विशेष गरी पारिवारिक विवाद अन्तर्गत सम्बन्धविच्छेद, अंशबन्डा, खाना खर्चसम्बन्धीका मुद्दा वार्षिक रूपमा बढी दर्ता हुने गरेको बाँके जिल्ला अदालतका स्रेस्तेदार सरोजनिधि वाग्लेले जानकारी दिनुभयो ।
रामपुर खुल्याे फनपार्क
पाल्पामा दुई करोड रुपियाँको लगानीमा फन पार्क सञ्चालनमा आएको छ । आइकोनिक ग्रुप प्रा.लि.ले रामपुर नगरपालिका–५, मटेरीमा रामपुर फनपार्क सञ्चालनमा ल्याएको हो ।
चेकजाँच स्थलमै ट्राफिक प्रशिक्षण
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले सवारी चेकजाँच स्थलमै प्रशिक्षण दिने गरी अभियान चलाएको छ ।