अवैध पटका बरामद गरी नष्ट
दाङमा सशस्त्र प्रहरीले पटका बरामद गरी नष्ट गरेको छ । शुक्रबार र शनिबार गरी पूर्वपश्चिम राजमार्गको धानखोला लमही सडकखण्डमा चेकजाँचको क्रममा पटका फेला पारी बरामद गरिएको थियो ।
बाढी पीडितलाई मन्त्रीको राहत
दाङ देउखुरीका बाढी पीडितलाई सहरी विकास मन्त्री मेटमणि चौधरीले राहत उपलब्ध गराउनुभएको छ । देउखुरीका चारवटै स्थानीय तहमार्फत् एकद्वार प्रणालीबाट वितरण हुने गरी राहत पालिकालाई हस्तान्तरण गरिएको हो ।
भाइरल ज्वरो र रुघाखोकीबाट बालबालिका प्रभावित
केही दिनअघिको अविरल वर्षासँगै मौसम परिवर्तन हुँदा बाँके जिल्लाका विभिन्न बस्तीमा भाइरल ज्वरो, रुघाखोकी र निमोनियाका बिरामी बढ्दै गएका छन्। असोजको सुरुदेखि नै कहिले अत्यधिक गर्मी र कहिले वर्षा भएकाले ज्वरो बढेको बताइएको छ। केही दिनयताको अविरल वर्षाका कारण ज्वरो, रुघाखोकी र निमोनियाका बिरामीको सङ्ख्या थप बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
सोनवर्षा बाँध तत्काल मर्मत गर्न स्थानीयको माग
करिब एक साताको अविरल वर्षाका कारण आएको बाढीले नरैनापुर सोनवर्षामा भत्काएको बाँध तत्काल मर्मत गर्न स्थानीयले माग गरेका छन् । सो बाँधलगायत नरैनापुर क्षेत्रमा आएको बाढी र डुबानको स्थलगत निरीक्षण गर्न नरैनापुर पुग्नु भएका बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीसहितको टोलीसँग पीडित स्थानीयले सो माग गरेका हुन् ।
गुल्मीका ३५ मतदानस्थल अति संवेदनशील
गुल्मीका ३५ मतदानस्थल अति संवेदनशील सूचीमा परेका छन्।
भत्केका भौतिक संरचनामा अध्ययन गर्न बाध्य विद्यार्थी
बाँकेको बैजनाथ गाउँपालिकामा रहेको लक्ष्मी प्रथामिक विद्यालयको भौतिक पूर्वाधारहरुको अवस्था दयनिय बनेको छ । बाँकेको बैजनाथ गाँउपालिका वडा नम्बर ८ गुरदयालपुरको श्री लक्ष्मी प्रथामिक विद्यालयको अवस्था पनि डरलाग्दो छ ।
नेपाली नागरिकलाई नागरिकता दिन्छौं : गृहमन्त्री खाण
नेपाल सरकारका गृहमन्त्री एवम् सत्ता गठबन्धन रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधि सभा उम्मेदवार बालकृष्ण खाणले नेपालमा जन्मिएका नागरिकले नागरिकता पाउनुु संवैधानिक अधिकार भएकाले सबै नागरिकलाई नागरिकता दिइने बताउनुभएको छ ।
नागरिकता बनाउन भीड
जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिकता बनाउनेको भीड लागेको छ। गुल्मी घर भई जिल्लाबाहिर पेसा व्यवसाय र अध्ययन गर्ने विद्यार्थीहरू दशैँ बिदामा घरमा आएको मौका छोपेर नागरिकता बनाउन आएकाले पनि भीडभाड बढेको हुनसक्ने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ। जिल्लामा मङ्गलबारबाट नागरिकता बनाउनेको बढी भीडभाड भएको जनाएको छ। दैनिक ४० वटा नागरिकता वितरण गर्ने क्षमता भएको जिल्ला प्रशासनबाट अहिले एकै दिन १४८ सम्म नागरिकता वितरण हुने गरेको
प्रदेश सभातर्फ नयाँ अनुहार
दाङमा प्रदेश सभाका छवटा निर्वाचन क्षेत्रमा मुख्य दलहरूले अधिकांश नयाँ अनुहार उम्मेदवार दिएका छन्। साना पार्टी र स्वतन्त्रबाट पनि नयाँ अनुहार नै छन्। दाङ निर्वाचन क्षेत्र नं. १ (क) मा इन्द्रजित चौधरी र क्षेत्र नं. ३ (क) मा डिल्लीबहादुर चौधरीबाहेक अन्य क्षेत्रहरूमा सबै नयाँ अनुहार छन्। लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रहनुभएका इन्द्रजित चौधरी गठबन्धबाट माओवादी केन्द्र र पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी गठबन्धनअन्तर्गत कांग्रेसबाट सोही क्षेत्रमा दोहोरिनुभएको छ। डिल्लीबहादुरसँग एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डे निर्वाचनमा भिड्दै हुनुहुन्छ। तुलसीपुर उपमहानगरपालिकाका पूर्वनगरप्रमुख पाण्डे पहिलो पटक प्रदेश सभा निर्वाचन लड्दै हुनुहुन्छ। यस क्षेत्रमा ६६ हजार ४८६ मतदाता छन्। जसमध्ये ३२ हजार १६६ पुरुष तथा ३४ हजार ३२० महिला मतदाता छन्। २१ मतदान स्थल र ७४ मतदान केन्द्र छन्। यस क्षेत्रमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ३, ४, ५, ६, ७, ८, ९, १२, १३, १४ र १५ वडा पर्दछन्।
डेङ्गु सङ्क्रमित चार गुणाले बढे
पाल्पा जिल्लामा गएको भदौ महिनाको तुलनामा असोज महिनामा चार गुणाले डेङ्गु सङ्क्रमित बढेका छन्। चालू आर्थिक वर्षको भदौ महिनामा १३४ जनामा डेङ्गु सङ्क्रमण भएकोमा असोज महिनाको हालसम्म ४२९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।
पूर्वमन्त्री र उद्योगपतिको टक्कर
आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता) पश्चिमतर्फ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा उद्योगपति विनोद चौधरी र राष्ट्रिय राजनीतिका खेलाडी हृदयेश त्रिपाठीबीच मुख्य प्रतिपस्र्धा हुने आकलन गरिएको छ। सत्ता साझेदार गठबन्धनका उम्मेदवारका रूपमा रहनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति चौधरी र नेकपा एमालेको समर्थनमा उम्मेदवार बन्नुभएका जनता प्रगतिशील पार्टीका केन्द्रीय अध्यक्ष त्रिपाठीबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको हो। जनता प्रगतिशील पार्टीका त्रिपाठी नवलपरासी पश्चिमको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा अहिलेसम्म लगातार छवटा निर्वाचनमा सहभागी भई पाँच पटकसम्म विजयी हुनुभएका नवलपरासीका पुराना राजनीतिक खेलाडी हुनुहुन्छ। उद्योगपति चौधरी दुई पटक समानुपातिक सांसद बन्नुभएको छ।
मौसम खुलेपछि किसान धान काट्न खेतमा
लामो समय झरी लागेर दुई दिनदेखि मौसम खुल्न थालेपछि किसानलाई धान भित्र्याउने चटारो शुरु भएको छ । बुधबारदेखि मौसममा केही सुधार आएपछि किसानहरुलाई धान काटेर भित्र्याउने चटारो शुरुभएको हो ।
मुख्यमन्त्रीसहितको टोली पहिरोपीडितलाई भेट्दै
पहिरोले बढी क्षति भएको जिल्लाका दुई स्थानमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीसहितको टोलीले स्थलगत अवलोकन गरेको छ । वर्षाले बढी क्षति पुगेको माण्डवी गाउँपालिका–२ धनचौर र ऐरावती गाउँपालिका–४ तिग्रापातालको बस्तीमा पुगेर टोलीले अवलोकन गरेको हो ।
लुम्बिनी शान्तिदीपबाट ओलम्पिक टर्च र्याली शुरु
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरुले लुुम्बिनीबाट ओलम्पिक टर्च र्याली लिएर बिहीबार पोखरातर्फ प्रस्थान गरेका छन् । लुुम्बिनी विकास कोषका सदस्य सचिव सानुुराजा शाक्यले ओलम्पिक टर्च ¥यालीका संयोजक उमेश मास्केलाई शान्तिदीपबाट टर्च बालेर हस्तान्तरण गर्नुभएको हो ।
आगलागीबाट झण्डै ५५ लाख रूपियाँको क्षति
गुल्मीको रेसुङ्गा नगरपालिकास्थित एक घरमा विद्युत लाइन सर्ट भई आगलागी हुँदा झण्डै ५५ लाख रूपियाँ बराबरको क्षति भएको छ । बुधबार साँझ भएको उक्त आगलागीको घटनामा मानवीय र चौपायाको क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।
सङ्कटमा एसियाकै ठूलो शालिग्राम
एसियाकै ठूलो शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण अवस्थामा पुगेको छ। गुल्मी, पर्वत र स्याङ्जाको सङ्गमस्थल सेतीवेनीमा रहेको शिला शालिग्राम कालीगण्डकी नदीको कटानले जीर्ण अवस्थामा पुगेको हो। कालीगण्डकी नदीले गुल्मीतर्फबाट कटान गर्दै लगेको र शिला शालिग्रामको वरपर लगाइएको पर्खाल पनि भत्किएपछि शिला शालिग्राम संरक्षणमा सरोकारवाला कसैको ध्यान जान सकेको छैन।
हराए बाउन्न पोखरी, त्रिपन्न टाकुरी
सिस्ने गाउँपालिकाका दुईवटा वडा मिलेर रुकुमकोट बनेको छ। वडा नं. ५ र ६ का अग्ला पहाडका बीचको सुन्दर ठाउँ रुकुमकोट सानो उपत्यका पनि हो। जुन उपत्यका ५२ पोखरी, ५३ टाकुरीको उपनामले पनि चिनिन्छ। अहिले पोखरी र टापु हराएर घरैघर बनेका छन्। पोखरी अतिक्रमण गरी खेतीपाती गर्न थालिएको छ। २०१९ सालमा सल्यानबाट अलग्गिएर रुकुम छुट्टै जिल्ला बन्ने क्रममा रुकुमकोट क्षेत्रलाई ५२ पोखरी, ५३ टाकुरी हो भनेर तत्कालीन सरकारलाई जानकारी गराइएको बूढापाकाको भनाइ छ।
गठबन्धनको बागी उम्मेदवारी फिर्ता भएन
कपिलवस्तुमा तीन जनाको उम्मेदवारी फिर्ता भएको छ । उम्मेदवार फिर्ता लिनेमा १ जना प्रतिनिधि सभा सदस्यको उम्मेदवार र दुई जना प्रदेश सभा सदस्य पदका उम्मेदवार रहेको मुख्य निर्बाचन अधिकृत तेजनाथ प्रकाश अधिकारीले बताउनुभयो ।
गुल्मीमा चार जनाको उम्मेदवारी फिर्ता
गुल्मीमा चार जनाले उम्मेदवारी फिर्ता लिनुभएको छ । आगामी मङ्सिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यस जिल्लामा छ सांसदका लागि ६६ जनाले उम्मेदवारी दिएका मध्ये चार जनाले उम्मेदवारी फिर्ता लिनुभएको हो ।
अर्घाखाँचीमा ४ जनाको उम्मेदवारी फिर्ता
उम्मेदवारी फिर्ता लिनेमा प्रदेश (क) बाट नेकपा माओवादीतर्फका उम्मेदवार ठाकुरकुमार विक, प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवार महेश पन्थ, एक मात्र संघको क्षेत्र रहेको अर्घाखाँचीमा स्वतन्त्रबाट पशुपति ढकाल र राजमोबाट प्रदेश (ख) बाट जिवलाल पौडेलले उम्मेदवारी फिर्ता लिनुभएको सहायक निर्वाचन अधिकृत महेश खनालले जानकारी दिनुभयो ।
निरन्तर झरीले धानखेतीमा क्षति
केही दिनदेखि परेको बेमौसमी झरीका कारण पाकेको धानबाली काट्न नपाउँदा किसानहरु चिन्तित बनेका छन्।रुपन्देहीका सैनामैना नगरपालिका, कन्चन, गैडहवा सियारी गाउँपालिका लगायत ठाउँमा छिटो पाक्ने धान पाकिसकेको छ । तर निरन्तर परिरहेको झरीका कारण किसानहरुले धान काट्न पाएका छैनन् ।
पाल्पामा दुई जनाद्वारा उम्मेदवारी फिर्ता
प्रतिनिधिसभा र प्रदेशसभा गरी ४७ जनाले उम्मेदवारी दिएकामा बुधबार दुई जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बाढी र डुबानले दाङमा २५ सय घरमा क्षति
दाङमा बाढी र डुवानका कारण २५ सय घरमा क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार जिल्लाभर दुई हजार ३१२ घरमा आंशिक र १९९ घरमा पूर्ण रुपमा क्षति भएको हो।
बाढीपीडितलाई डेंगु र मलेरियाको जोखिम
सात दिनको अविरल बर्षाका कारण आएको बाढी र डुबानबाट विस्थापित भई विद्यालय र त्रिपालमुनि बस्दैआएका बाँकेका बाढीपिडीतलाई डेंगु र मलेरियाको उच्च जोखिम रहेको छ ।