• २३ भदौ २०८१, आइतबार

पोखरा जाने हेलिकोप्टर दाङ पुगेपछि...

blog

देउखुरीको राप्ती गाउँपालिकास्थित आदर्श नमुना माध्यमिक विद्यालयको प्रांगणमा आकम्मिक अवतरण गरेको हेलिकोप्टर । तस्बिर : लीलाधर ओली

लीलाधर ओली 

घोराही, भदौ २७ गते । मौसम खराबीका कारण दाङमा हेलिकोप्टरको आकस्मिक अवतरण भएको छ ।

हुम्लाबाट पोखरा जाँदै गरेको कैलाश हेलिकोप्टर सर्भिस कम्पनीको हेलिकोप्टर आज बेलुका सवा सात बजे राप्ती गाउँपालिकास्थित आदर्श नमुना माध्यमिक विद्यालयको  प्रांगण लालमटियामा मौसम खराबको कारण आकस्मिक अवतरण गरेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । 

पाइलटसहित पाँचजना सवार रहेको इलाका प्रहरी कार्यालय भालुवाङ प्रहरी निरीक्षक उज्ज्वल सिंहले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार हुम्लाबाट बुकिङमा पोखरा जान लागेका यात्रुहरुलाई लैजाने क्रममा मौसम खराबीका कारण  दाङमा अवतरण गरेको हो । प्रहरी निरीक्षक सिंहका अनुसार बिहीबार बिहान मात्रै हेलिकोप्टर पोखराका लागि उड्ने छ ।

देउखुरीको राप्ती गाउँपालिकास्थित आदर्श नमुना माध्यमिक विद्यालयको प्रांगणमा आकम्मिक अवतरण गरेको हेलिकोप्टर ।