शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत १२ गते । काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका वडा नं. ११ को हिलेडोल क्षेत्रमा अनधिकृतरुपमा बनाइएका संरचना भत्काइएको छ । महादेव खोला किनारमा खोलाको मापदण्ड मिचेर बनाइएका संरचना भत्काइएको हो ।
अनधिकृत रूपमा निर्माण गरिएका टहरा तथा खोला मिचेर बनाइएका संरचना हटाउन यसअघि गरिएको आग्रह बेवास्ता भएपछि उपत्यका विकास प्राधिकरणले बिहीबार बिहान डोजर प्रयोग गरेर भत्काएको हो।











