आत्महत्याका घटना रोक्न सचेतना र्याली
विश्व आत्महत्या रोक थाम दिवसका अवसरमा आज सचेतना र्याली निकालिएको छ । ‘आशा जगाऔँ, जीवन बचाऔँ’ नाराका साथ दिवसमा सो र्याली निकालिएको हो ।
गाउँमा आत्महत्या न्यूनीकरण गर्न प्रहरी अभियान
बाँकेमा पछिल्लो समय आत्महत्याका घटनामा वृद्धि हुन थालेपछि प्रहरीले गाउँमा न्युनिकरण अभियान चलाएको छ । जिल्ला प्रहरी कार्यालय बाँके मातहतका प्रहरी इकाईहरुले आत्महत्या न्यूनिकरणको अभियान चलाएका हुन् ।
भेरी अस्पतालमा 'हिस्टो प्याथोलोजी' सेवा
उहाँले यसका लागि क्यान्सर रोग जाँच गर्न आवश्यक पर्ने मेसिन ल्याउने प्रक्रिया सकिएको बताउनुभयो ।
जिल्लास्तरीय तेक्वान्दाे प्रतियोगिता सम्पन्न
पाल्पामा जिल्ला स्तरीय तेक्वान्दाे प्रतियोगिता सम्पन्न भएको छ ।
बगनासकालीलाई पर्यटकीय गन्तव्य बनाउँछौँ
पाल्पा जिल्लाका १० वटा स्थानीय तहमध्ये बगनासकाली गाउँपालिका पनि एक हो। सदरमुकाम तानसेनदेखि सात किलोमिटर उत्तरपूर्वमा रहेको गाउँपालिकाको केन्द्र चिर्तुङ्गधारा हो। गाउँपालिकाको नामकरण बगनास पर्वत, बगनासथोक, बगनासदेवी, बगनासे चापी तथा पवित्र कालीगण्डकीको संयोजनबाट भएको हो। यो गाउँपालिकामा विभिन्न कला, संस्कृति, भाषा, धर्म, जातजातिको समिश्रण रहेको छ। गाउँपालिकाको पूर्वमा रम्भा गाउँपालिका, पश्चिम तानसेन नगरपालिका, उत्तरमा का
सम्झनामा साहित्यकार राजापुरी
राजापुर साहित्य प्रतिष्ठानले शनिबार प्रसिद्ध साहित्यकार स्वर्गीय प्रकाश राजापुरीको ८५ औँ जन्मजयन्तीका अवसरमा श्रद्धाञ्जली समारोहको आयोजना गरेर उहाँको योगदानबारे चर्चा गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य महानन्द ढकालले स्वर्गीय राजापुरीको साहित्यिक व्यक्तित्वबाट आजको पुस्ताले प्रेरणा लिनुपर्ने बताउनुभयो ।
‘निजी विद्यालयले शिक्षामा गरेको लगानीको कदर भएन’
निजी विद्यालयले गुणस्तरीय शिक्षाका लागि पर्याप्तता लगानी गरेको तर राज्यले सोअनुसार कदर नगरेको वक्ताहरूले बताएका छन् ।
बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
बाँके जिल्लामा फेरि भाइरल ज्वरोका बिरामी बढेका छन्। केही दिनयता समय समयमा भइरहेको वर्षा र गर्मीका कारण जिल्लामा भाइरल फ्लु अर्थात् ज्वरो, रुघाखोकी, निमोनिया र झाडापखालाका बिरामीको सङ्ख्या बढेको विभिन्न अस्पतालले जनाएका छन्।
‘गरिबसँग स्थानीय सरकार’ कार्यक्रम लागु गरिँदै
नेपालगन्ज उपमहानगरपालिकाले ‘गरिबसँग स्थानीय सरकार कार्य‘गरिबसँग स्थानीय सरकार’ कार्यक्रम लागु गरिँदैम सञ्चालन कार्यविधि २०८०’ को मस्यौदा तयार पारेको छ । साझेदारी विकास कार्यक्रम सञ्चालन कार्यविधि २०७५ लाई प्रतिस्थापन गर्न बनेको ‘गरिबसँग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८०’ को मस्यौदा तयार पारिएको हो ।
औद्योगिक ग्राम निर्माण ढिलो
जिल्लाको विभिन्न स्थानमा औद्योगिक ग्राम निर्माणको काममा ढिलो भएको छ । तानसेन र रामपुर नगरपालिकामा औद्योगिक ग्राम निर्माणमा ढिलो भएको छ भने माथागढी र रिब्दीकोटमा औद्योगिक ग्राम निर्माणको काम सुरु नै भएको छैन ।
बस दुर्घटनामा सातको मृत्यु, तीसजना घाइते
बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा रोकिराखेको ट्रकमा बस ठोक्किएर दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
साक्षरता दिवसमा विद्यार्थीलाई सम्मान
५७ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा तुलसीपुर उपमहानगरपालिका सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।
बङ्गुरको नश्ल सुधार गर्दै शिवराज नगरपालिका
कपिलवस्तुको शिवराज नगरपालिकाले बङ्गुरको नश्ल सुधार गर्ने भएको छ । पालिकाका बङ्गुरपालक कृषकको उत्पादन वृद्धि गर्न पशु विकास शाखाले उन्नत जातको पाठापाठी वितरण गरेको छ ।
कर वृद्धिको विरोधमा राजापुर नगरपालिकामा तालाबन्दी
एकीकृत सम्पत्ति कर एवं अन्य करको विरोध गर्दै राजापुर नगरपालिकामा तालाबन्दी भएको छ। कर वृद्धिको विरोधमा विभिन्न राजनीतिक दलले शुक्रबार नगरपालिका कार्यालयमा तालाबन्दी गर्नुका साथै राजापुर बजारसमेत बन्द गराएका छन्।
‘गरिबसँग स्थानीय सरकार’ कार्यक्रम गरिंदै
नेपालगन्ज उपमहानगरपालिकाले ‘गरिबसँग स्थानीय सरकार’ कार्यक्रम सञ्चालन गर्नेभएको छ । कार्यक्रम सञ्चालन गर्नका लागि ‘गरिबसँग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८०’ मस्यौदा तयार गरिएको छ ।
७३ जनाद्वारा सम्बन्ध विच्छेदको मुद्दा दर्ता
गुल्मी अदालतमा गत आर्थिक वर्षमा ७३ जना पुरुषले श्रीमतीसँग सम्बन्ध विच्छेद गरिपाउँ भनी मुद्दा दर्ता गराएका छन् ।गत आर्थिक वर्षमा सम्बन्ध विच्छेदसम्बन्धी परेका कुल ३८२ थान मुद्दामध्ये ७३ जना पुरुषले श्रीमतीसँग सम्बन्ध विच्छेद गरिपाउँ भनी मुद्दा दर्ता गरेको अदालतका तहसिलदार रामबहादुर कुँवरले जानकारी दिनुभयो ।
नदी कटानले निम्त्याएको समस्या
पालिकामा चिराई, विशवा र अर्रा नदीले खेतीयोग्य भूमि कटान गरेको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभयो ।
धानबालीमा गबारो कीराको प्रकोप
गबारोे कीराका कारण धान खेतमै सुक्न थालेपछि किसान चिन्तित भएका छन्।
‘लुम्बिनी गुरुयोजनाको काम पूरा हुन्छ’
लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले लुम्बिनी आउने पर्यटकको बसाइ लम्ब्याउन देवदह, तिलौराकोट, रामग्राम र कुदानमा विहार बनाउने बताउनुभएको छ ।
केरुङ्गेखोलामा पुल निर्माण अलपत्र
नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको कावासोतीस्थित केरुङ्गेखोलामा पुल निर्माण अलपत्र परेको छ । तीन वर्षदेखि उक्त पुलको काम अलपत्र अवस्थामा छ । कावासोती नगरपालिका–३ र ४ लाई जोड्ने गरी केरुङ्गेखोलामा निर्माणाधीन पुल अलपत्र परेको हो ।
रेबिजविरुद्धको भ्याक्सिन अभाव
रुपन्देहीको भैरहवास्थित जिल्ला भीम अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन अभाव भएको छ । कुकुरले टोकेर उपचारका लागि दैनिक ३० देखि ४० जनासम्म बिरामी आउने गरेको भीम अस्पतालमा भ्याक्सिन उपलब्ध छैन । सरकारीस्तरबाट निःशुल्क उपलब्ध गराइने उक्त भ्याक्सिन अस्पतालमा एक हप्तादेखि सकिएको हो । भ्याक्सिन नपाउँदा विपन्न वर्गका बिरामीलाई समस्या भएको छ ।
लुम्बिनी विकास कोषमा आर्थिक पारदर्शिता छैन : उपाध्यक्ष डा. लामा
लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले कोषभित्र आर्थिक पारदर्शिता नभएको बताउनुभएको छ ।
अल्मुनियम कन्टेनरले नेपाल फर्किएका आचार्य
कपिलवस्तु शिवराज नगरपालिका–११ जालिमवगियाका जीवन आचार्य २०७४ सालमा वैदेशिक रोजगारीको लागि कतार पुग्नुभएको थियो ।
लाखौँ मूल्य पर्ने चोरीको समान बरामद
बाँके जिल्लामा हाल आएर फेरि चोरी पैठारी गर्ने क्रम बढेको छ। भारतबाट भन्सार राजस्व छलेर अवैध रूपमा विभिन्न बाटोको प्रयोग गरेर चोरी गर्ने सक्रिय भएका छन्।