• १ जेठ २०८२, बुधबार

आत्महत्याका घटना रोक्न सचेतना र्‍याली

blog

विश्व आत्महत्या रोकथाम दिवसमा आज निकालिएको र्‍याली । तस्बिर : गोकर्ण पौडेल

गोकर्ण पौडेल 

तुलसीपुर, भदौ २४ गते । विश्व आत्महत्या रोक थाम दिवसका अवसरमा आज सचेतना र्‍याली निकालिएको छ । ‘आशा जगाऔँ, जीवन बचाऔँ’ नाराका साथ दिवसमा सो र्‍याली निकालिएको हो ।

तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्धन शाखाको आयोजनामा नगरप्रमुखसहितको नेतृत्वमा बजार परिक्रममा गरिएको छ । जीवन अमूल्य छ, सामाजिक जीवन जिऔँ, अति महत्त्वाकाङ्क्षा त्यागौँ, प्ले कार्डसहित बजार परिक्रममा गरिएको थियो । 

र्‍यालीको समापन गर्दै नगरप्रमुख टीकाराम खड्काले पारिवारिक र सामाजिक जीवनशैली अपनाउन सके आत्महत्या न्यूनीकरण हुँदैजाने बताउनुभयो । उहाँले नागरिकलाई मानसिक रूपमा स्वस्थ राख्न योग र नैतिक शिक्षामा विशेष जोड दिइएको बताउनुभयो । 

नगरप्रमुख खड्काले मानसिक रूपमा कुनै समस्या भए, घरपरिवारका सदस्यमाझ राखेमा समाधान हुने बताउनुभयो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका विधायन समितिका संयोजक भीमबहादुर योगीले तीव्र महत्त्वाकाङ्क्षा त्यागे सरल र सामान्य जीवनशैली अपनाउन सके आत्महत्या न्यूनीकरण हुने बताउनुभयो ।