मानव बेचविखनविरुद्धको दिवसमा प्रभातफेरी
मानव बेचविखनविरुद्धको १७ औं राष्ट्रिय दिवस कपिलबस्तुमा पनि मनाइएको छ । ‘सामाजिक न्याय र आर्थिक सशक्तिकरणः मानव बेचबिखनको निर्मुलन’ नाराका साथ सो दिवस मनाउँदै आज प्रभातफेरी गरिएको छ ।
सम्झौता समय सकियो, प्रगति ४२ प्रतिशत मात्रै
राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुंगा–बेनी सडक स्तरोन्नतिको काम ठप्प भएपछि पर्वतबाट प्रतिनिधि सभाका सदस्य तथा नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले सडकको अनुगमन गर्नुभएको छ ।
फलफूलका विरुवा हुर्काउँदै सामुदायिक वन
कपिलवस्तुको बाणगंगा नगरपालिका –९ मा रहेको खोजीपुर सामुदायिक वनले फलफूल खेतीलाई प्राथमिकता दिएको छ । सामुदायिक वनले विपन्न समुदायको आर्थिक विकासमा टेवा पुगाउन पहिलो पटक फलफूलका बोट बिरुवा लगाइएको उपभोक्ता समितिका अध्यक्ष दिपककुमार थापाले बताउनुभयो ।
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातक तहको भर्ना सुरु
नेपालगन्जमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयले पहिलो पटक स्नातक तहमा आइटी विषय अध्ययनका लागि भर्ना सुरु गरेको छ ।
तीज गीत प्रतियोगिता हुने
गुल्मीको एक सहकारीले महिलाहरूलाई सहकारी जागरण सिर्जना गर्ने उद्देश्यले तीज गीत प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
शिक्षाको गुणस्तर बढाउन व्यावहारिक ज्ञान आवश्यक
शिक्षा क्षेत्रको गुणस्तर विकासका लागि शिक्षकको व्यवस्थापनमा लगानी गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।
३४ हजारभन्दा बढी बिरुवा रोपियो
गुल्मीका विभिन्न स्थानमा ३४ हजारभन्दा बढी बिरुवा रोपिएको छ । गत असार १५ गतेदेखि हालसम्म जिल्लाका सामुदायिक वन क्षेत्र तथा राष्ट्रिय वन क्षेत्रमा विभिन्न कार्यक्रम अन्तर्गत ३४ हजार ९०९ बिरुवा रोपिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी मुना शर्माले जानकारी दिनुभयो ।
तीन पाङ्ग्रे हाते साइकल पाएपछि खुसी मनकुमारी
नेपालगन्ज २० गायत्रीनगरकी ३८ वर्षीया मनकुमारी नेपालीको जन्मेदेखि नै दुवै खुट्टा कमजोर, सानो र नचल्ने हुँदा हिँडडुल गर्न सक्नु भएको छैन ।
संरक्षित क्षेत्रमा वृद्धि हुँदै प्रकृतिका कुचीकार गिद्ध
शान्तिनगर –२ सिमसुन्दरपुरका ८० वर्षीय टोपबहादुर खत्रीले नजिकैको वन क्षेत्रमा सयौँको सङ्ख्यामा गिद्ध देख्नुहुन्थ्यो । तर अहिले ती गिद्ध देखिँदैनन् । प्रकृतिको कुचीकारका रूपमा रहेका गिद्धलाई गुलेली, ढुंगाले हान्ने मात्र नभई भ्याक्सिन लगाएका सिनो खाएर गिद्ध मरिरहेका छन् ।
स्वास्थ्यजन्य फोहोरमाथि उपमहानगरपालिकाको निगरानी
नेपालगन्ज उपमहानगरपालिकाभित्र रहेका विभिन्न अस्पताल र निजि क्लििनिकहरुले स्वास्थ्यजन्य फोहोरको उचित व्यवस्थापन नगर्ने र जहाँ पायो त्यहि फाल्ने गरेका छन् ।
गुणीय चक्र सम्मेलन हुने
विद्यार्थीले आफ्नो समस्या आफैं समाधान गर्नसक्ने क्षमताकाे विकास गर्न विद्यार्थी गुणीय चक्र सम्मेलन आयोजना हुने भएको छ ।
तरिका फेरेर मानव तस्करी हुँदै
अघिल्लो वर्ष एक अधबैँसे महिला र युवती साँझको समयमा जमुनाहा नाका हुँदै भारततर्फ जाँदै थिए । सीमामा रहेका बेचबिखनविरुद्धका सामाजिक अभियन्तालाई शंका लागेर रिक्सा रोक्न खोजे । अभियन्ताले केरकार गर्दैगर्दा अधबैसे महिला रिक्सा छाडेर भागिन् ।
सर्पको टोकाइबाट सुत्केरी महिलाको मृत्यु
रुकुमपश्चिममा सर्पको टोकाइबाट एक सुत्केरी महिलाको ज्यान गएको छ । चौरजहारी नगरपालिका –१३ की २२ बर्षीया विनीता विष्टको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो ।
आज मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस
कपिलवस्तुमा १७ औँ मानव बेचबिखन तथा ओसारपसार विरुद्ध राष्ट्रिय दिवस मनाइएको छ । कृष्णनगर नगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मानव बेचबिखन विरुद्ध अभियान चलाउने सङ्घ संस्थाको सहभागितामा सचेतनामूलक र्याली गर्दै दिवस मनाइएको छ ।
खजुरामा रक्तसञ्चार केन्द्र स्थापना
पश्चिम नेपालकै एक मात्र क्यान्सर अस्पताल बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा पहिलो पटक रक्तसञ्चार सेवा केन्द्र स्थापना गरिएको छ ।
गिद्धको बासस्थान लोप हुँदै
प्राकृतिक कुचीकार भनेर चिनिने पन्छी गिद्धको बासस्थान लोप हुँदै गएको छ । जिल्लाको विभिन्न स्थानमा लामो समयदेखि गिद्धले गुँड (बासस्थान) बनाएका ठुला र अग्ला रुख मासिँदा गिद्ध नै लोप हुने हो कि भन्ने चिन्ता बढेको छ ।
आधा लाखलाई राष्ट्रिय परिचयपत्र
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले राष्ट्रिय परिचयपत्र वितरण अभियान गरी हालसम्म ५५ हजार तीन सय ४१ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरेको छ । राष्ट्रिय परिचयपत्रका बारेमा सर्वसाधारणलाई कम जानकारी भएको र सेवा लिन आउनेको सङ्ख्या पनि उत्साहजनक नभएपछि प्रशासनले वडास्तरमै अभियान सञ्चालन गरेको हो ।
एमाले लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल विजयी
नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित हुनुभएको छ । वर्तमान अध्यक्ष समेत रहनुभएका कँडेलले एमाले केन्द्रीय सदस्य प्युठानका हरि रिजाललाई दुई मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो ।
विद्युतीय सवारीप्रति बढ्दै आकर्षण
घोराही निवासी वसन्त जोशी करिब एक वर्षदेखि विद्युतीय गाडी चढ्दै आउनुभएको छ । निजी प्रयोजनका लागि विद्युतीय कार किन्नुभएका जोशीलाई विद्युतीय गाडी किनेपछि तेल सकिएला र मूल्य बढ्ला भन्ने चिन्ता छैन ।
घुम्ती शिविरले ज्येष्ठ नागरिक खुसी
रुपन्देहीको कञ्चन गाउँपालिकाले आयोजना गरेको १० दिने घुम्ती शिविरबाट सहज रूपमा सेवा पाएपछि ज्येष्ठ नागरिक खुसी भएका छन् । घुम्ती शिविरबाट एक हजार १४० ज्येष्ठ नागरिकलाई परिचयपत्र
मातृत्व र पितृत्व ठेगान नभएकालाई नागरिकता
गुल्मीमा मातृत्व र पितृत्व ठेगान नभएका ६३ वर्षीय पुरुषलाई नागरिकता प्रदान गरिएको छ । हालसम्म मातृत्व र पितृत्व ठेगान नभएका रेसुङ्गा नगरपालिका–९ को चारीखोलामा बस्दै आउनुभएका ६३ वर्षीय बलबहादुर नेपालीलाई जिल्ला प्रशासन कार्यालय गुल्मीले नागरिकता प्रदान गरेको छ ।
वृक्षरोपणमा होडबाजी संरक्षणमा छैन चासो
जब असार लाग्छ, पाल्पामा वृक्षरोपण गर्ने होडबाजी चल्छ । विभिन्न सङ्घसंस्था, समूह तथा सरकारी निकाय असार लागेपछि भदौ महिनासम्म विभिन्न जातका बिरुवा रोप्छन् । यसरी रोपिएका लाखौँ बिरुवाको अवस्थाबारे भने कसैलाई अत्तोपत्तो हुँदैन ।
लुम्बिनी एमालेमा आज मतदान हुँदै
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नयाँ नेतृत्वको लागि आज बिहानबाट मतदान हुने भएको छ । सोमबार रातीसम्मै सहमतिको लागि नेताहरूले गरेको प्रयास सफल हुन नसकेपछि मङ्गलवार बिहानदेखि मतदान हुन लागेको हो ।
ऐतिहासिक भगवती जात्राको तयारी
नेपाल–अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा ऐतिहासिक भगवती माताको रथ यात्रा गर्ने तयारी गरिएको छ । नेपाल–अङ्ग्रेज युद्धका बेला नेपाली फौजले जितगढी किल्लामा विजय हासिल गरेको सम्झनामा भगवतीको रथयात्रा गर्ने परम्परा छ ।