• ३० वैशाख २०८२, मङ्गलबार

मानव बेचविखनविरुद्धको दिवसमा प्रभातफेरी

blog

कपिलबस्तुमा मानव बेचविखनविरुद्ध आयोजना गरिएको कार्यक्रम । तस्विरः नारद कोहार

नारद कोहार

तौलिहवा, भदौ २० गते । मानव बेचविखनविरुद्धको १७ औं राष्ट्रिय दिवस कपिलबस्तुमा पनि मनाइएको छ । ‘सामाजिक न्याय र आर्थिक सशक्तिकरणः मानव बेचबिखनको निर्मुलन’ नाराका साथ सो दिवस मनाउँदै आज प्रभातफेरी गरिएको छ ।  

दिवसका अवसरमा कपिलवसतुको तौलिहवामा प्ले कार्डसहित प्रभातफेरी निकालिएको हो । प्रभातफेरी कार्यक्रममा प्रशासन चोक हुदै तौलिहवा बजारको परिक्रमागरी कपिलवस्तु नगरपालिकाको सभाकक्षमा कार्यक्रम गरिएको छ ।

प्रभातफेरीमा कपिलवसतु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल, प्रजिअ शंकरहरि आचार्य, सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीलगायतको सहभागिता रहेको थियो । सुरक्षाकर्मी, शान्ति पुनस्र्थापना केन्द्र, आफन्त नेपाल, साथी संस्था र ओरेकका प्रतिनिधि मानवअधिकारकर्मीको सहभागिता थियो । 

नगर प्रमुख पौडेलले मानव बेचबिखन बिरुद्ध सबैले मिलेर काम गर्नु पर्ने बताउनुभयो । प्रजिअ आचार्यले नेपालमा गरीबि, अशिक्षा, पछौटेपनलगायतका कारण प्रलोभनमा परी किशोरीहरु दलालको चंगुलमा फस्ने गरेको बताउनुभयो ।