दिवंगतको सम्झनामा 'ताराली'
नेवार समुदायले एक वर्षभित्र दिवङ्गत भएका व्यक्तिको सम्झनामा 'ताराली' (तायमचा) निकालेका छन् ।
बाल्टिनको पानीमा डुबेर बालिकाको मृत्यु
बाल्टिनको पानीमा डुबेर पाल्पामा एक जना बालिकाको मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरले दक्ष अग्निनियन्त्रक उत्पादन गर्ने
नेपालगन्ज उपमहानगरभित्र आगलागी नियन्त्रणमा सहजताका लागि नेपालगन्ज उपमहानगरले दक्ष अग्नि नियन्त्रक उत्पादन गर्न तालिम दिन सुरु गरेको छ ।
नौबस्ता औद्योगिक क्षेत्रको जग्गा निर्माण अलपत्र
उहाँले आवेदन दिएको सात वर्ष बित्दासमेत औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणको काम सुरु हुन नसकेपछि निवेदन दिएका सय बढी उद्योगी व्यवसायीहरु निराश बनेको बताउनुभयो ।
बालिका मृत्यु प्रकरण : स्वास्थ्यकर्मीको पहिलो चरणको बयान सकियो
गत मङ्गलबार गुल्मी अस्पतालमा उपचाररत बालिकाको मृत्यु भएपछि गठित छानबिन समितिले उपचारमा खटिएका स्वास्थ्यकर्मीको पहिलो चरणको बयान सकेको छ ।
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
शुक्रबार बिहानैदेखि मौसम खुल्न नसकेका कारण विमान दुई घण्टा काठमाडौंमै होल्ड गरेको तर मौसम सुधारमा सम्भावना नदेखिएकाले उडान रोकिएको हो ।
खोरमै आएर खान्छ बाघले बाख्रा
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दाङ जिल्लाको बबई गाउँपालिका क्षेत्रमा पटक पटक बाघले गोठमै आएर बाख्रा मार्ने गरेको छ। पछिल्लो पटक मङ्गलबार बाघले बबई गाउँपालिका–२, जहरेबास ट्वाङखोलामा १३ वटा बाख्रा मारेको छ। बबई गाउँपालिका वडा नं. २, जहरेबास ट्वाङखोलाका छविलाल खत्रीका १३ वटा बाख्रा जङ्गलमा चराउन गएको समयमा बाघले मारेको हो।
जनै धागो बेचेरै वार्षिक ४० लाख आम्दानी
बुटवलका बुद्धिप्रसाद शर्माले वैदिक जनै, रक्षाबन्धन, लाखबत्ती, अनन्त डोरोलगायतका सामग्री उत्पादन गरेरै वार्षिक ४० लाख रूपियाँसम्म आम्दानी गर्दै आउनुभएको छ । राधा जनै धागो उद्योग स्थापना गरेर शर्माले उत्पादन गर्दै आएको जनैलगायतका सामान नेपाल तथा विदेशमा समेत निर्यात गर्न सफल हुनुभएको छ । वैदिक जनै र शास्त्रीय धागो बेचेर पनि लाखौँ कमाउन सकिन्छ भन्ने उदाहरण बनेका बुद्धिप्रसाद शर्मा सबैका लागि प्रेरणाका स्रोत पनि बन्नुभएको छ ।
बुटवलमा परम्परागत सांस्कृतिक गाईजात्रा
रुपन्देहीको बुटवलमा परम्परागत सांस्कृतिक गाईजात्रा मनाइएको छ । बुटवल उपमहानगरपालिका –१ मा गाईजात्रा निकालिएको हो ।
रेसुङ्गा नगरपालिकाको शतप्रतिशत प्रगति
गुल्मीको रेसुङ्गा नगरपालिकाले एक वर्षमा करिब शतप्रतिशत प्रगति गरेको छ । यस नगरपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रगति प्रतिवेदनअनुसार करिब शतप्रतिशत प्रगति गरेको पाइएको छ ।
ज्येष्ठनागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा
दाङको राप्ती गाउँपालिकाले ज्येष्ठनागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । निःशुल्क रूपमा एम्बुलेन्स सञ्चालन हुने भएपछि राप्ती गाउँपालिकामा बसोबास गर्ने ८० वर्षदेखि माथि उमेर समूहका ज्येष्ठनागरिक, क र ख वर्गका अपाङ्गता भएका व्यक्ति, प्रसूति सेवाका लागि गर्भवती तथा सुत्केरी महिला, सडक दुर्घटनाका घाइते, सडक सहयोगापेक्षी मानवलाई सहज हुने भएको छ ।
प्युठानमा माओवादी केन्द्रको रूपान्तरण अभियान
प्युठानमा नेकपा माओवादी केन्द्रले तीन महिने पार्टी रूपान्तरण अभियान सञ्चालन गरिरहेको छ । जिल्लाका नौ वटै स्थानीय तहमा पार्टी नेताहरूले घरदैलोमा पुगेर जनतासँग प्रत्यक्ष साक्षात्कार गरिरहेको छ ।
पैसा नभएकै कारण उपचार नपाएर कोही मर्नु पर्दैन : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले कुनै पनि गरिब र विपन्न नेपालीलाई पैसा नभएकै कारण उपचार नपाएर मर्न नदिने बताउनुभएको छ ।
एमसिसीले थाल्यो जग्गा अधिग्रहण प्रक्रिया
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले पाल्पामा विद्युत् प्रसारणको टावर बनाउन जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाएको छ। एमसिसी परियोजना अन्तर्गत नेपालको विकास समिति (एमसिए नेपाल) ले पाल्पाका दुई वटा पालिकामा जग्गा अधिग्रहणको काम सुरु गरेको हो।
स्थानीय पाठ्यक्रम लागु
प्युठानको मल्लरानी गाउँपालिकाले चालु शैक्षिक सत्रबाट स्थानीय पाठ्यक्रम लागु गरेको छ। पालिकाले स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक समेत छपाइ गरी पालिकाभित्रका विद्यालयमा पठनपाठन सुरु गरेको छ। गाउँपालिकाका शिक्षा शाखा प्रमुख ठाकुर आचार्यका अनुसार कक्षा १ देखि ८ सम्मकै पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरेर लागु गरिएको हो। गाउँपालिकाभित्र रहेका २३ वटा सामुदायिक र एउटा संस्थागत विद्यालयमा स्थानीय पाठ्यपुस्तकको पढाइ हुने गरेको छ।
बाँझो जमिनमा खेती लगाउन पहल
ग्रामीण भेगबाट बजार झर्नेको सङ्ख्या वृद्धि भएसँगै गाउँपाखामा रहेका उर्वर भूमि बाँझो हुने क्रम बढिरहेको छ । पुराना कलाले भरिएका ढुङ्गाको छानो भएका परम्परागत शैलीका घर जीर्ण अवस्थामा पुगेका छन् । गाउँमा बसेका गाउँले पनि किसानीप्रति त्यति लगाव भएका पाइँदैन । दुःखसुख गरेर उत्पादन गरेको अन्नबाली बाँदर र बँदेलले खाँदा किसानमा झन् निराशा पैदा भएको छ । खेतीयोग्य जमिन बर्सेनि बाँझो जमिनमा परिणत हुन थालेपछि पालिकालाई आत्मनिर्भर बनाउने सोचसहित भूमिकास्थान नगरपालिकाले बाँझो जमिनको खोजी गरेको छ । नगरभित्रका खेतीयोग्य बाँझो जमिनमा नगरले नै कागती खेती, आलु खेती, कफी खेती, सुन्तला खेतीलगायतका आयआर्जन दिने बिरुवाका लागि सम्भाव्यता अध्ययन सुरु गरेको छ ।
रेसुङ्गा विमानस्थलमा शुक्रबारदेखि नियमित उडान हुने
मौसममा क्रमशः सुधार आएसँगै गुल्मीको रेसुङ्गा विमानस्थलमा आउने शुक्रबारदेखि पुनः नियमित उडान हुनेभएको छ । मौसममा सुधार आएसँगै रेसुङ्गा विमानस्थलमा नेपाल एयरलाइन्सले टिकट खुल्ला गरेको छ ।
प्रमुख प्रहरी नायब उपरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय बुटवल, रुपन्देहीका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बेपत्ताको पहिचान नहुँदा अवसरबाट वञ्चित
१० वर्षे जनयुद्धका क्रममा बेपत्ता पारिएकाहरूको पहिचान नहुँदा अवसरबाट वञ्चित भएको गुनासो गरेका छन् । तुलसीपुर उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटी दाङले आज आयोजना गरेको कार्यक्रममा पीडित परिवारका सदस्यले सो गुनासो गर्नुभएको हो ।
अतिक्रमण गरी बनाइएका घर टहरा भत्काइयो
नेपालगन्ज वडा २ स्थित दैलेखी बङ्गला कब्जागरी निर्माण गरिएका अवैध घर टहरा नेपालगन्ज उपमहानगरले डोजर लगाएर आज भत्काएको छ ।
पाल्पा दुर्घटना अपडेट: मृतकको पहिचान खुल्यो
तानसेन–तम्घास सडक खण्ड अन्तर्गतको पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो च्यापिँदा मृत्यु हुने एक महिलासहित तीन जना रहेको प्रहरीले जनाएको छ । घटनामा परी गुल्मी प्रहरीमा कार्यरत प्रहरी हवलदार तानसेन–११, का यमबहादुर बोहराको मृत्यु भएको छ ।
जन सरोकारका विषयमा काँग्रेस केन्द्रित हुनु पर्छ: महामन्त्री शर्मा
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेस मिसन चौरासीको कुराभन्दा जन सरोकारका र चासोका विषयमा केन्द्रित हुनु पर्ने बताएका छन् । नेपाली काँग्रेस कपिलवस्तुले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताएका हुन् । काँग्रेसले निर्दोष मान्छेलाई फसाउन र भ्रष्ट्राचारीलाई जोगाउन नहुने उहाँले बताउनुभयो ।
पाल्पामा पहिरोले स्कार्पियो पुरिँदा तीन जनाको मृत्यु
पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिँदा तीन जनाको मृत्यु भएको छ । तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कारर्पियो बुधवार बिहान ढुङ्गासहितको पहिरोले पुरिएर हो
जनप्रतिनिधि र कर्मचारीकै घरमा छैन शौचालय,सुविधा रोक्का गर्ने तयारी
कपिलवस्तुको विजयनगर गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले शौचालय नबनाएपछि सेवा सुविधा रोक्का गरिने जनाएको छ। गाउँपालिका खुला दिशामुक्त भएको पाँच वर्ष बित्दा पनि जनप्रतिनिधि र कर्मचारीले शौचालय नबनाएको पाइएको छ। गाउँपालिकामा कार्यरत कर्मचारी र वडा सदस्यसहित जनप्रतिनिधिकै घरमा शौचालय छैन। केही दिनअघि गाउँपालिकाकै खानेपानी तथा सरसफाइ अनुगमन टोलीले सो तथ्य फेला परेको हो।