बिक्दैनन् वीरबहादुरका बिरुवा
राजनीतिसँगै कृषि पेसामा पनि क्रियाशील वीरबहादुर कार्की आफ्नै नर्सरीमा उत्पादन भएका बिरुवाले बजार नपाउँदा चिन्तित हुनुहुन्छ । जिल्लाको सदरमुकाम तम्घासअन्तर्गत रेसुङ्गा नगरपालिका–९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका सुन्तला, कागती, टिमुर, अनार, किवी, चियापत्ती, अम्बा, कुरिलो र धुपीलगायत दर्जनौँ बिरुवाले बजार पाउन सकेका छैनन् । ५६ वर्षीय कार्कीले विगत १६ वर्षदेखि तम्घासमा रेसुङ्गा मदाने जडीबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर बिरुवा उत्पादन गर्दै आउनुभएको छ ।
दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु
दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । दंगीशरण गाउँपालिकाको फरक फरक दुई स्थानमा चट्याङ लागेर दुई जनाको मृत्युु भएको हो ।
पूर्व मन्त्रीको नेतृत्वमा सडक भत्काइयो
कपिलवस्तुको विजयनगर गाउँपालिकाले मर्मत सम्भार गरेको सडक पूर्वमन्त्री नेतृत्वको टोलीले भत्काएको छ । विजयनगर गाउँपालिकाले वडा –६ थानखजहनी सडक ग्राभेल गरी मर्मत सम्भार गरेको सडक लुम्बिनी प्रदेशमा पूर्व उद्योग, पर्यटन तथा यातायातमन्त्री जानकी यादवसहितको टोलीले भत्काएको हो ।
तानसेन नगरपालिकाको प्राथमिकतामा पर्यटन
तानसेन नगरपालिकाले केही नयाँ योजनासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । तानसेन नगरपालिकाको १३ औं नगरसभामा नगर उपप्रमुख प्रतिक्षा सिंजालीले पर्यटन पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
विप्लव नेतृत्वको माओवादीद्वारा बानियाँको घर कब्जा
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले भैरहवामा रमानन्द बानियाँको घर कब्जामा लिएका छन् । शनिबार दिउँसो बानियाँको घर घेराउ गर्दै उनीहरुले कब्जामा लिएका हुन् ।
कोहलपुरमा पुस्तक चर्चा तथा रचना वाचन कार्यक्रम
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा शनिबार पुस्तक परिचर्चा तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ।
लम्पी–स्किन रोगले एकसय १० गाईगोरु मरे
गाईगोरुमा फैलिएको ‘लम्पी स्किन’ सङ्क्रमणका कारण पाल्पामा १ सय १० पशु चौपाया मरेका छन् । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाका अनुसार सो रोगले यहाँका चार हजार बढी पशु प्रभावित भएका छन् ।
एकल लोक गायन प्रतियोगिताको उपाधि चन्द्रालाई
तेस्रो लुम्बिनी एकल लोक गायन प्रतियोगिताको उपाधि बर्दियाकी चन्द्रा पोख्रेलले जित्नुभएको छ । प्रदेशभित्र रहेका गुमनाम प्रतिभा खोज्ने उद्देश्यसाथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशले प्रतियोगिता आयोजना गरेको हो ।
नेपालगञ्ज उपमहानगरको बजेट १ अर्ब ६७ करोड रुपियाँ
नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि डेढ अर्ब बढीको बजेट ल्याएको छ । शनिबार १३ औँ नगर सभामा उपप्रमुख कमरुद्धिन राईले १ अर्ब ६७ करोड ५६ लाख एक हजार ५८७ रुपियाँको अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो ।
डुबानबाट जोगाउन तीन स्थानमा तटबन्ध निर्माण कार्य सुरु
राप्तीनदीमा आउने बाढीबाट जोखिममा रहेकाहरूलाई जोगाउन बाँकेको राप्तीसोनारी ७ खल्ला झगडियालगायत तीन स्थानमा तटबन्ध निर्माण कार्य सुरु गरिएको छ ।
चिकित्सक र स्वास्थ्यकर्मीलाई सर्पदंश व्यवस्थापन तालिम
अत्यधिक गर्मीका कारण जमिनमुनिका सर्पहरू बाहिर निस्कँदा सर्पदंशका घटना बढेपछि नेपालगञ्जमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सर्पदंश व्यवस्थापनसम्बन्धी तालिम दिन सुरु गरिएको छ ।
विपतकाे योजना बनाउँदै प्रदेश सरकार
यो वर्षको मनसुन भित्रँदै गर्दा लुम्बिनी प्रदेश सरकारले प्राकृतिक विपत् व्यवस्थापनसम्बन्धी योजना बनाउन थालेको छ। लुम्बिनी प्रदेशका जिल्लालाई लक्षित गरेर मनसुनजन्य विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्न थालिएको हो। आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय विपत् व्यवस्थापन तथा मनुसनजन्य विपत् पूर्वतयारीमा जुटेको छ। लुम्बिनी प्रदेशका १२ वटा जिल्लामध्ये पहाडी जिल्ला अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठान, रोल्पा, रुकुमपूर्वका जिल्ला पहिरोको जोखिममा छन्।
सात वर्षपछि हुन थाल्यो कालोपत्रे
निर्माण व्यवसायीको चरम लापरबाहीले सात वर्षदेखि अलपत्र बनेको सडकको काम बल्ल सुरु भएको छ। १५ महिनाभित्र सडक कालोपत्रे गर्ने गरी सात वर्षअघि सम्झौता भए पनि ठेकेदारको कारणले लामो समयसम्म काम अलपत्र बनेको थियो। सात वर्षसम्म अलपत्र बनेको जिल्लाको सदरमुकाम तानसेनदेखि उत्तरतर्फ जाने चिलाङ्दी–चापपानी–राम्दीसम्मको सडकमा कालोपत्रे गर्न सुरु गरिएको हो। २०७३ असोज १९ गते सम्झौता भएको सडक निर्माणको जिम्मा वाइपी जयरक्तकाली जेभी पुलचोक ललितपुरले लिएको थियो तर सम्झौता अनुसार काम नगरी ठेकेदारले कालोपत्रेको काम सात वर्षसम्म अलपत्र पारेको स्थानीय बासिन्दाको भनाइ छ।
आत्मनिर्भर बनाउन युवकयुवतीलाई सीपमूलक तालिम
बाँकेको राप्तीसोनारी गाउँपालिकाका नौ वटै वडाका १३८ जना युवकयुवतीलाई रोजगारीमा लगाई आत्मनिर्भर बनाउन एकै पटक सीपमूलक तालिम दिइएको छ ।
गाउँसभामा जनप्रतिनिधिको विरोध
बाँकेको डुडुवा गाउँपालिकामा गाउँसभाका दिन जनप्रतिनिधिहरु नै आन्दोलनमा उत्रिएका छन् । नेकपा (एमाले) बाट निर्वाचित वडा ५ का वडाध्यक्ष झंकर थापा, वडा ६ का अध्यक्ष मोहनराम मिश्रसहित तीन जना कार्यपालिका सदस्य, वडा सदस्यहरु वडाबासीसहित शुक्रबार आन्दोलनमा उत्रिएका हुन् ।
तानसेनमा खानेपानीको हाहाकार
तानसेन नगरपालिका र तानसेन खानेपानी उपभोक्ता समितिबीच विवाद उत्कर्षमा पुगेको छ ।
शिक्षा अधिकृतलाई हातपात गरेको आरोपमा वडा अध्यक्ष पक्राउ
वडा अध्यक्ष वलीलाई घोराही उपमहानगरपालिका-१० बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभयो ।
गोठदेखि ओठसम्मका कार्यक्रम सार्वजनिक
विभिन्न लोकप्रिय कार्यक्रमहरू समेटेर लुम्बिनी प्रदेशका स्थानीय तहले नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। हालसम्म लुम्बिनीका दुई उपमहानगरपालिका, एक नगरपालिका र केही गाउँपालिकाले आफ्ना नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। बुटवल उपमहानगरपालिका रुपन्देही, घोराही उपमहानगरपालिका दाङ, रेसुङ्गा नगरपालिका गुल्मी तथा गुल्मीका केही गाउँपालिकाले हालसम्म नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। नीति तथा कार्यक्रममा स्थानीय तहले केही नयाँ र लोकप्रिय कार्यक्रमहरू समावेश गरेका छन्। रात्रिकालीन बजार सञ्चालन गर्ने, अविवाहित ४० वर्ष नाघेका महिला र ४५ वर्ष उमेर नाघेका पुरुषलाई भत्ता उपलब्ध गराउने, किसानलाई मोबाइलबाटै सूचना उपलब्ध गराउनेदेखि बाँदर धपाउनेलगायतका कार्यक्रमहरू समावेश गरिएका छन्।
समयभन्दा पहिले सकिँदै पुल निर्माणको काम
बाँकेमा लुम्बिनी प्रदेश सरकार अन्तर्गत निर्माणाधीन अधिकांश पुलको निर्माण कार्य सुस्त रहेको अवस्थामा दुई वटा पुल निर्धारित समयभन्दा पहिले नै सम्पन्न हुनेभएको छ ।
शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन प्राथमिकतामा
बुटवल उपमहानगरपालिकाले स्वास्थ्य र शिक्षा, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।
भैरहवा भन्सार कार्यालयमा प्रज्ञापनपत्र भर्ने बढे
भैरहवा भन्सार कार्यालयले गत जेठ १६ गतेदेखि एक सयभन्दा बढी मूल्यको समान ल्याउँदा अनिवार्य भन्सार महसुल लिने व्यवस्थामा कडाइ गरेपछि प्रज्ञापनपत्र भर्नेको सङ्ख्या बढेको छ ।
महिलालाई पञ्चेबाजा बजाउने तालिम
गुल्मीको मदाने गाउँपालिकाले स्थानीय महिलालाई पञ्चेबाजा बजाउन तालिम दिएको छ । आत्मनिर्भर बनाई स्वरोजगार बनाउने तथा परम्परागत रूपमा रहेको लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ सो तालिम महिलालाई प्रदान गरिएको हो ।
लिफटिङ खानेपानीको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने
चन्द्रकोट गाउँपालिकाले गाउँपालिका लिफटिङ प्रविधिबाट सञ्चालन भएका खानेपानी समितिको विद्युत्त महसुलमा २५ प्रतिशत छुट दिने नीति लिएको छ।
ऐरावती पूर्णखोप सुनिश्चितता पालिका घोषणा
जिल्लाको ऐरावती गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको छ । बुधबार एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।