ओझेलमा लुम्बिनी प्रदेश प्रहरी अस्पताल
लुम्बिनी प्रदेश प्रहरी अस्पताल २०५५ सालमा स्थापना भएको हो । द्वन्द्वकालको चपेटामा पर्दासमेत यसले निरन्तर सेवा प्रदान गरेको थियो ।
किशोरावस्थामै गर्भवती हुनेको सङ्ख्या घटेन
कम उमेरमा गर्भधारण गर्ने किशोरीको सङ्ख्यामा कमी आएको छैन। जिल्लाका १० पालिकामा कुल गर्भपतन गर्ने महिलामा १० प्रतिशत किशोरी रहेका पाइएको छ। स्थानीय तह, प्रदेश तथा सङ्घीय सरकारका विभिन्न निकायले बालविवाह न्यूनीकरण गर्न विभिन्न कार्यक्रम गरे पनि बालविवाह घट्न नसक्दा २० वर्ष नपुगी गर्भवती हुने किशोरीको सङ्ख्या बढेको हो।
जलाधार संरक्षणका लागि पोखरी निर्माण
जलाधार संरक्षण तथा वन्यजन्तुका लागि ३८ वटा सुक्खा पोखरी निर्माण गरिएको छ। डिभिजन वन कार्यालयले पछिल्ला तीन वर्षमा जिल्लाका विभिन्न स्थानमा ३८ वटा पोखरी निर्माण गरेको जनाएको छ। कार्यालयका सूचना अधिकारी मुना शर्माका अनुसार आर्थिक वर्ष २०७७/७८ मा तीन, आव २०७८/७९ मा संरक्षित वन अन्तर्गत १०, पीडितसँग प्रदेश सरकार कार्यक्रम अन्तर्गत पाँच र वन्यजन्तुका लागि पोखरी निर्माण कार्यक्रम अन्तर्गत पाँच गरी २० वटा पोखरी निर्माण गरिएको हो।
घोराहीमा फोहोरबाट ग्यास उत्पादन
घोराही उपमहानगरपालिका–१६, गुरुवागाउँ निवासी लक्ष्मी चौधरीलाई घरमा खाना बनाउँदा बनाउँदै ग्यास सकिने र सकिँदा बजार गएर ल्याउनुपर्ने समस्या हटेको छ। घर छेउमै स्थापना भएको बायो ग्यास उद्योगले पाइपका माध्यमबाट घरमै ग्यास दिन थालेपछि समस्या हटेको उहाँ बताउनुहुन्छ। विगत डेढ महिनादेखि उद्योगले बायो ग्यास दिन थालेपछि दैनिक भान्सामा काम गर्ने आफू जस्तै महिला दिदीबहिनीलाई सहज भएको लक्ष्मी बताउनुहुन्छ।
महिला उद्यमीलाई अभिमुखीकरण
गुल्मीको एक स्थानीय तहले महिला उद्यमीहरूका लागि अभिमुखीकरण गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिकाले नगरपालिकाभित्र रहेका महिला उद्यमीहरूलाई एक दिने नगरस्तरीय अभिमुखीकरण गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख कल्पना पाण्डेले जानकारी दिनुभयो ।
उद्यममा जम्दै तानसेन नगरपालिकाका महिला
तानसेन नगरपालिका –४ कि भुना थापालाई उद्यमी महिला भनेर सम्बोधन गर्दा खुसीले मन प्रफुल्ल हुनेगर्छ । आफ्नो होजियरी फर्म यो अवस्थामा आइपुग्ला भनेर उहाँलाई विश्वास थिएन । तर गरेपछि हुन्छ भन्ने अनुभव भएको उहाँको भनाइ छ ।
गर्मीमा पौडी खेल्न जाँदा डुबेर मृत्यु हुनेको सङ्ख्या बढ्यो
पाल्पाको कालीगण्डकी नदी र तिनाउ नदीमा पौडी खेल्दा डुबेर मृत्यु हुनेको सङ्ख्या बढेको छ। पौडी खेल्न पोख्त नभएका र साथीभाइको लहैलहैमा पौडिन खोज्दा नदीमा डुबेर मृत्यु हुनेको सङ्ख्या बढेको हो।
अतिरिक्त हुलाक खारेजीको विरोधमा प्रदर्शन
अतिरिक्त हुलाक खारेजीको विरोधमा जिल्ला प्रशासन आगाडि प्रदर्शन गरिएको छ । सरकारले बजेट वक्तव्यमार्फत अतिरिक्त हुलाक कार्यालय खारेजीको घोषणा गरेपछि कर्मचारीहरू विरोधमा उत्रिएका हुन् ।
जोगाउनै गाह्रो भयो बुद्धकालीन कालानमक धान
अमरनाथ कुर्मीको घरमा यो वर्ष कालानमक चामलको भात पाकेको छैन । पाकोस् पनि कसरी रु मर्चवारी–६ स्थित उहाँको खेतमा अघिल्लो वर्षदेखि कालानमक रोपिएकै छैन । उहाँले भन्नुभयो, “कुनै समय साँझ–बिहान कालानमक चामलको भात खाने हाम्रा लागि अब त त्यो चामल बिरानो बन्न थाल्यो ।”
बाँकेका सबै पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
बाँके जिल्लाका आठ वटै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । यसअघि सात वटा पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको थियो ।
चट्याङ लागेर एकको मृत्यु
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका –१ भटुकेमा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ ।
बौद्धिक अपाङ्गताका अभिभावक सङ्घ गुल्मीको नयाँ नेतृत्व चयन
बौद्धिक अपाङ्गताका अभिभावक सङ्घ गुल्मीको अध्यक्षमा राजकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । मङ्गलबार बौद्धिक अपाङ्ग पुनः स्थापना केन्द्रको सभा हल तम्घासमा भएको बौद्धिक अपाङ्गताका अभिभावक सङ्घ जिल्ला कार्य समितिको छैटौँ अधिवेशन तथा दसौँ साधारण सभाबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
शान्ति र सद्भावका लागि लुम्बिनीमा योग अभ्यास
अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर बुद्ध जन्मस्थल लुम्बिनीमा मङ्गलबार शान्ति र सद्भावका लागि योग अभ्यास गरिएको छ। योग अभ्यासको एक समारोहबिच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र भारतीय राजदूत नवीन श्रीवास्तवको उपस्थितिमा लुम्बिनीमा शान्ति र सद्भावका लागि योग दिवस मनाइएको हो। लुम्बिनी विकास कोष, भारतीय राजदूतावास र पतञ्जली नेपालको आयोजनामा लुम्बिनीमा भएको अन्तर्राष्ट्रिय योग दिवस २०२३ लाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सम्बोधन गर्नुभयो।
विद्युत् नहुँदा बढ्यो सास्ती
रुपन्देहीमा विगत एक महिनादेखि बढेको गर्मीले जनजीवन नराम्रोसँग प्रभावित भएको छ। त्यसमाथि लो भोल्टेज र छिनैभरमा आउने र जाने (विद्युत् ट्रिपिङ) समस्याले स्थानीयले ठुलो सास्ती भोग्नु परेको छ। एकातिर असारको चर्को र उखरमाउलो गर्मी र अर्कातिर विद्युत्को अनियमितताले पङ्खासमेत नचल्दा ठुलो समस्या परेको स्थानीय बासिन्दाले बताएका छन्। लो भोल्टेजका कारण अहिले पङ्खा नचल्ने मात्र होइन, फ्रिजसमेत चलाउन समस्या परेको छ। पानी तान्ने मोटर लो भोल्टेजकै कारण बिग्रिएको बुटवलका स्थानीयको गुनासो छ। पछिल्लो समय बुटवलमा लो भोल्टेजको समस्या बढ्दै गएको छ।
कृषिमा समस्याप्रति कृषकको आक्रोश
केरा चोरी हुने समस्या र अर्कोतिर केरा खेतीका लागि सिँचाइको व्यवस्था नभएपछि कपिलवस्तुको विजयनगर गाउँपालिकाकी एक महिला कृषकले केराबारीमा आगो लगाएर आक्रोश पोख्नुभएको छ । विजयनगर गाउँपालिका–६, थरौलीमा करिब सात सय केरा बोट आगो लगाएर नष्ट गरिएको छ । चार लाख लगानी गरी लगाइएको आठ कट्ठा क्षेत्रफलको केरा खेती नष्ट गरिएको हो । कृषक लालसरी घर्तीमगरले रातभरि चौकीदार बस्न सकिँदैन भन्दै बिक्री गर्नयोग्य केरा रातभरिमा चोरी हुने गरेको पीडा सुनाउनुभयो ।
कृषकलाई अनुदानमा कृषि औजार वितरण
कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले दाङको घोराही उपमहानगरपालिकाले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ ।
राजापानी वनमा गिद्ध आहार केन्द्र बन्ने
कपिलवस्तुको बाणगङ्गा नगरपालिका -३ राजापानी सामुदायिक वनमा गिद्ध आहार केन्द्र बनाउने तयारी भएको छ । सामुदायिक वनले स्थानीय सरकार, सङ्घ संस्थाको सहयोगमा आहार केन्द्र सञ्चालन गर्ने तयारी गरेको वनका अध्यक्ष सिता देवी पौडेलले बताउनुभयो ।
सिर्जनात्मक लेखन कार्यशाला आयोजना
बाँकेको कोहलपुर -१ स्थित जनज्ञान ज्योति माध्यमिक विद्यालयका विद्यार्थीलाई कविता लेख्ने र वाचन गर्ने सिप प्रदान गर्न सिर्जनात्मक लेखन कार्यशालाको आयोजना गरिएको छ ।
हाजिर नगराउने र गर्न नजाने प्रवृत्ति अब अन्त्य हुन्छ : मन्त्री मोदी
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले हाजिर नगराउने र गर्न नजाने प्रवृत्ति अब अन्त्य हुने बताउनुभयो ।
नातिलाई छोरा बनाएर नागरिकता बनाउने पक्राउ
दाङमा नातिलाई छोरा बनाएर नागरिकता बनाइदिने हजुरबुवासहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । राजपुर गाउँपालिका–५, सिमलखुट्टी निवासी ज्ञानबहादुर विकले आफ्ना नाति विवेक विकलाई नागरिकता बनाइदिएको उजुरी परेपछि हजुरबुवासहित साक्षी बस्नेहरूलाई समेत प्रहरी अनुसन्धानका लागि पक्राउ गरेको छ ।
घरदेखि अस्पतालसम्म निःशुल्क एम्बुलेन्स सेवा
बिरामीलाई छिटो र सहज रूपमा अस्पताल पु-याउन नेपालगन्ज उपमहानगरपालिकाले घरदेखि अस्पतालसम्म चौबिसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टले उपमहानगरभित्रका गरिब, असहाय, प्रसूति सेवा लिने महिला, अपाङ्गता भएका, ज्येष्ठ नागरिक र आकस्मिक सेवाका बिरामीलाई घरदेखि अस्पतालसम्म पु-याउन साउन १ देखि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरिएको बताउनुभयो ।
अन्तरजातीय विवाहको पीडा : न विवाह दर्ता न जन्मदर्ता
बैजनाथ गाउँपालिका –४ पिपलडाँडाका सुनिता परियारको विवाह भएको १२ वर्ष भयो । छिन्चु माइतीघर भएकी उहाँको बैजनाथ–४ का रामबहादुर थापासँग भागी विवाह भएको थियो ।
पौडी खेल्दा डुबेर दुई जनाको मृत्यु
पाल्पामा डुबेर दुई जनाको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिकाको तिनाउ नदी र रैनादेवी छहराको जलुके झर्नामा पौडी खेल्ने क्रममा डुबेर एकै दिन दुई जना युवाको मृत्यु भएको हो ।
अन्तर्राष्ट्रिय योग दिवस कार्यक्रम (लुम्बिनीबाट प्रत्यक्ष प्रसारण)
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना गरिएको कार्यक्रमको प्रत्यक्ष प्रसारण