• ३० वैशाख २०८२, मङ्गलबार

उद्योग वाणिज्य सङ्घको मतगणना सुरु

blog

उद्योग वाणिज्य संघको मत गणना गरिदै । तस्विर : सिराज खान

सिराज खान

नेपालगन्ज, भदौ ३ गते । नेपालगन्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनको मतगणना सुरु भएको छ । केही बेरअघि सुरु भएको मतगणनामा सदस्यतर्फका उम्मेदवारको मतगणनाबाट गणना सुरु गरिएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन अधिकृत माधवकुमार शर्माका अनुसार बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतगणना प्राविधिक कारणले केही बेर अघिमात्रै सुरु भएको हो । बेलुकासम्म सबै परिणाम आउनेगरी मतगणना सुरु गरिएको छ । 

उहाँले मतगणनालाई छिटो सम्पन्न गर्न ८ ठाउँमा गणना सुरु गरिएको जनाउँदै पहिले सदस्यको मत गनिने र त्यसपछि पदाधिकारी र अन्तमा अध्यक्षको मत गणना गरिने बताउनुभयो । 

शनिबार सम्पन्न उद्योग वाणिज्य सङ्घको सो निर्वाचनमा ८३ प्रतिशत मत खसेको थियो । निर्वाचन समितिका अनुसार चार हजार ९३१ मतदातामध्ये चार हजार १३२ जनाले मतदान गरेका थिए ।

निर्वाचनमा व्यवसायीहरू दुई प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । साझा प्रजातान्त्रिक र समावेशी प्यानल प्रतिस्पर्धामा छन् । साझा प्रजातान्त्रिक समूहको नेतृत्व ललितकुमार रौनियारले गर्नुभएको छ । समावेशी प्यानलको नेतृत्व टङ्कबहादुर धामीले गर्नुभएको छ ।