नागरिकता पाएपछि स्थानीय युवा खुसी
बुवाआमाको नागरिकता भएर पनि नागरिकता नपाउनुभएका सिद्धार्थनगर नगरपालिका –४ का गणेश धोबीले आइतबार नागरिकता पाएपछि खुसी हुनुभएको छ ।
फोहोर व्यवस्थापनका लागि परम्परागत शैली परिवर्तनमा जोड
नेपालगञ्ज उपमहानगरपालिकाको फोहोर व्यवस्थापनका लागि फोहोरको कम प्रयोग, पुनः प्रयोग र प्रशोधित प्रयोगमा विशेष जोड दिइएको छ ।
राँझा–राजापुर मध्यमार्गी लोकमार्गका लागि बजेट विनियोजन
लुम्बिनी प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार मन्त्रालयले बाँके र बर्दियालाई जोड्न मध्यमार्गी लोकमार्गको निर्माण अघि बढाउन बजेट विनियोजन गरेको छ ।
बाँकेका आठ पालिकामा करिब ६ अर्बको बजेट
एक उपमहानगर र एक नगरपालिकासहित बाँके जिल्लाका आठ वटा पालिकाले आर्थिक वर्ष २०८०–०८१ का लागि करिब ६ अर्बको बजेट प्रस्तुत गरेका छन् ।
बर्दियाका ६ पालिकाले ल्याए बजेट
बर्दियाका आठ वटा पालिकाहरूमध्ये ६ पालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् भने २ वटा पालिका गेरुवा गाउँपालिका र मधुवन नगरपालिकाले नीति तथा कार्यक्रम मात्र प्रस्तुत गरेका छन् ।
नारायणगढ– बुटवल सडकखण्ड : घाम लाग्दा धुलो, पानी परे हिलो
चार लेनमा विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्ड घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेको छ । यसले गर्दा यात्रुले सास्ती भोग्दै आएका छन् ।
कोदोको रक्सी ब्रान्डिङ देखि कोरेली पाडीसम्म वितरण गर्ने योजना
प्युठानको नौ वटै स्थानीय तहले वार्षिक नीति कार्यक्रम तथा बजेट पेस गरेका छन् । आर्थिक वर्ष २०८०/०८१ मा खर्च गर्ने गरी बजेट ल्याएका हुन्। धेरैजसो स्थानीय तहको बजेट कृषि,शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रित छ।
हिंसापीडितलाई ‘सेफ हाउस’
भौगोलिक विकटता, अशिक्षा, गरिबी तथा दबाब र प्रभावका कारण अधिकांश मानिस न्यायिक प्रक्रियाबाटै वञ्चित छन्। रुकुमपूर्वमा खास गरी महिला तथा बालबालिका आफूमाथि भएको हिंसा सहन बाध्य छन्। उहाँहरू उजुरी लिएर प्रहरी र अदालतसम्म जान सकिरहेका छैनन्। केहीलाई कानुनी प्रक्रियाका बारेमा जानकारी नै छैन। कतिपय आर्थिक अभाव तथा पीडक पक्षको दबाबका कारण न्यायिक निकायसम्म पुग्दैनन्।
चर्कियो खानेपानी विवाद
तानसेन नगरपालिका र तानसेन खानेपानी उपभोक्ता समितिबिच विवाद उत्कर्षमा पुगेको छ। नगरपालिकाले उपभोक्ता समितिलाई अवैध भएको र तत्काल समितिको विधान कानुन अनुसार प्रमाणित गर्न निर्देशन दिएको छ। उपभोक्ता समितिले नयाँ उपभोक्ता समिति गठनको प्रक्रिया अघि बढाउन बार एसोसिएसन, पाल्पालाई जिम्मेवारी दिएको जनाएको छ। बार एसोसिएसनले निर्वाचन प्रक्रियासमेत अघि बढाएको छ तर तानसेन नगरपालिकाले निर्वाचन प्रक्रिया विधान प्रमाणित नभई अघि बढाउन नमिल्ने जनाएको छ।
बुटवलको बजेट २ अर्व ३६ करोड ५४ लाख
बुटवल उपमहानगरपालिकाले आर्थिक बर्ष २०८०–८१ का लागि २ अर्ब ३६ करोड ५४ लाख रुपियाँ बराबरको बजेट प्रस्तुत गरेको छ । आइतबार बसेको १३ औं नगरसभाको बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले २ अर्ब ३६ करोड ५४ लाख रुपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।
खहरे खोलाले बगाउँदा बाबुछोरीको ज्यान गयो
गुल्मीमा खोलाले बगाउँदा दुई जनाको ज्यान गएको छ । जिल्लाको मालिका गाउँपालिका –२ च्यानडाँडा निवासी ४१ बर्षीय लिलबहादुर घर्ती र उहाँकी ८ बर्षीया छोरी बिन्दु घर्तीको गए राति खहरे खोलाले बगाउँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घोराही उपमहानगरपालिकाको बजेट २ अर्ब १५ करोड
दाङको घोराही उपमहानगरपालिकाले आउँदो आर्थिक वर्षका लागि दुई अर्ब १५ करोड रुपियाँको बजेट ल्याएको छ । उपमहानगरले गतवर्षको तुलनामा बजेटको आकार घटाएर आउँदो आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न दुई अर्ब १५ करोड ५४ लाख ८३ हजार रुपियाँको बजेट ल्याएको हो ।
तिलोत्तमा नगरपालिकाको बजेट २ अर्ब ७३ करोड ८४ लाख
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपियाँको बजेट सार्वजनिक गरेको छ । नगरसभाको तेस्रो अधिवेशनको दोस्रो बैठकमा उपप्रमुख जागेश्वरदेवी चौधरीले बजेट पेश गर्नुभयो ।
तुलसीपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ७९ करोड
तुलसीपुर उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०–८१ को कूल बजेट एक अर्ब ७९ करोड ४५ लाख ६९ हजार आएको छ । पालिकाले गतवर्ष एक अर्ब ८६ करोड ४७ लाखको बजेट ल्याएको थियो । यो आर्थिक वर्षको बजेट गत वर्षभन्दा सात करोड १३ लाख कम आएको हो ।
तानसेन नगरपालिकाको बजेट १ अर्ब २ करोड ८ लाख
तानसेन नगरपालिकाले आगामी वर्षका लागि १ अर्ब २ करोड ८ लाख ६४ हजार ३ सय ६७ रुपियाँ बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८०–८१ का लागि पुँजीगततर्फ ४६ करोड ६६ लाख ३९ हजार ३६७ रुपैया रचालु खर्चतर्फ ५६ करोड १४ लाख २५ हजार रुपियाँ रहेको छ ।
दुई किलो सुनसहित कार चालक पक्राउ
लुम्बिनी सांस्कृतिक नगरपालिका १३ कालिदहबाट करिब दुई किलो सुनसहित कार र कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दूध र मासु उत्पादन गर्ने किसानलाई अनुदान
तुलसीपुर उपमहानगरपालिकाले मासु र दूध उत्पादन गर्ने किसानलाई नगद अनुदानको व्यवस्था गर्ने भएको छ ।
चट्याङ लागेर एक जनाको मृत्यु
गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ८ फल्लेनी निवासी अन्दाजी ४० वर्षकी विष्णु विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नवीन किशोर प्रधानले जानकारी दिनुभयो ।
जनप्रतिनिधिले एकैथरी पोसाक लगाउने
प्युठानको सरुमारानी गाउँपालिकामा सबै जनप्रतिनिधीहरुका लागि एकै किसिमको पोसाक लागू गरिएको छ । पुरुषले लोगो सहितको कोट, पाइन्ट र महिला जनप्रतिनिधिले सारी र ब्लाउज लगाउन सुरु गरिएको हो ।
रिव्दीकोट गाउँपालिकाको बजेट ५३ करोड
जिल्लाको रिव्दीकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ५३ करोड ६८ लाखको बजेट ल्याएको छ ।
संरक्षण हुन छाड्यो रैथाने बाली
बजारमा आएका उन्नत जातका बीउको प्रयोगले परम्परागत बीउ पाउन मुस्किल परेको छ । परम्परादेखि नै लगाउँदै आएका अन्नबाली, तरकारी तथा फलफूलका बिरुवा हिजोआज किसानले लगाएको खासै देखिँदैन ।
करिब दुई किलो सुनसहित एक जना पक्राउ
सशस्त्र प्रहरी रुपन्देहीले करिब दुई केजी सुनसहित एक जनालाई पक्राउ गरेको छ ।
सडक मर्मत नहुँदा जोखिम बढ्यो
दाङको घोराही-मुर्कुटी हुँदै प्युठान जोड्ने सडक समयमै मर्मत नहुँदा भासिने जोखिम बढेको छ । सडक मर्मत नहुने र वर्षाको समयमा ठुलो पानी पर्दा सडकमा थप क्षति हुने जोखिम बढेको हो ।
हतारमा शिलान्यास गरिएका अस्पताल लथालिङ्ग
२०७७ साल मङ्सिर १५ गते हतार हतारमा शिलान्यास गरिएका १५ बेडका अस्पतालको अवस्था लथालिङ्ग छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरका ३९६ स्थानीय तहमा एकै दिन अस्पतालको शिलान्यास गर्ने निर्णय अनुसार गुल्मीमा शिलान्यास भएका अस्पतालको अवस्था दयनीय अवस्थामा छन् ।