• १२ मंसिर २०८१, बुधबार

स्वास्थ्य बीमा बोर्डबाट हटे पाल्पाका अस्पताल

blog

स्वास्थ्य बीमा बोर्डबाट हटेका अस्पताल । तस्बिर : बिन्दु थापा

बिन्दु थापा 

पाल्पा, भदौ ८ गते । स्वास्थ्य बीमा बोर्डबाट युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजको बीमा कार्यक्रम हटाइएको छ । स्वास्थ्य बीमा कार्यक्रममार्फत उपलब्ध सेवा स्थगित भएपछि यी दुई अस्पताललाई बीमा बोर्डले हटाएको हो ।

स्वास्थ्य संस्थाको सूचिबाट हटाएपछि सेवा बन्द भएको छ । लुम्बिनी मेडिकल कलेजले एक वर्ष अघिदेखि स्वास्थ्य बीमा सेवा बन्द गरेको थियो भने यूनाइटेड मिसन अस्पताले गत साउनदेखि स्थगित गरेको थियो ।

बीमा बोर्डले सेवा उपलब्ध गराएवापतको भुक्तानी दावी गरिएको रकम समयमा नपठाएको भन्दै सेवा बन्द भएको छ । स्वास्थ्य बीमा बोर्डले  प्रकाशित गरेको सूचनामा बीमा कम्पनीबाट हटाइएको उल्लेख छ ।

पाल्पामा रहेका सरकारी स्वास्थ्य संस्थाको जनशक्तिको अभाव, पर्याप्त शैया नहुनु तथा भवन जिर्ण बन्दैगएकाले सेवाग्राही र सेवा लिन ठूला अस्पतालमा जानुपर्छ । पाल्पाका सरकारी अस्पताल र स्वास्थ्य चौकीको पूर्वाधार तथा सेवाको गुणस्तर सुधार नभए सेवाग्राहीलाई अन्याय हुने  स्थानीयको भनाइ छ ।