लागु भयो स्थानीय पाठ्यक्रम
यहाँको मालिका गाउँपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु गरेको छ। पालिकाले एक कार्यक्रमका बिच हाम्रो मालिका नामक स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक वितरण तथा लेखक सम्मान कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको हो। गाउँपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा स्थानीय वेशभूषा, स्थानीय उत्पादन, धर्म संस्कृति, जातजाति अनुसारको भाषाभाषी, जडीबुटी, पर्यटकीय स्थल, स्थानीय ज्ञान सिपसँगै जीविकोपार्जन र दैनिक जीवनमा प्रयोगमा आइरहने तमसुक, भर्पाई लेखन जस्ता विषयवस्तुलाई समेटिएर पाठ्यक्रमको मस्यौदा तयार गरिएको मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले जानकारी दिनुभयो।
अपराध नियन्त्रणका लागि साइबर सुरक्षालाई बलियो बनाउनुपर्ने
नेपालमा सञ्चार तथा प्रविधिको विकास भए पनि त्यसबाट हुने अपराधलाई नियन्त्रणका लागि कानुनी जटिलता रहेको एक कार्यक्रममा बताइएको छ। सूचना तथा सञ्चार प्रविधि नीति–२०७२ विद्युतीय कारोबार ऐन, २०६३ र विद्युतीय कारोबार नियमावली २०६४ भए पनि बढ्दो सूचना प्रविधिको दुरुपयोगलाई रोक्नका लागि प्राप्त कानुनी व्यवस्था नभएको कार्यक्रमका सहभागीले बताउनुभएको छ।
तिनाउ नदीमा डुबेर किशोरको मृत्यु
पौडी खेल्नेक्रममा तिनाउ नदीमा डुबेर एक जना किशोरको मृत्यु भएको छ । शनिबार दिउँसो तिनाउ गाउँपालिका –३, स्थित तिनाउ ड्याममा पौडी खेल्नेक्रममा गुल्मीको सत्यवती गाउँपालिका –७, का १८ वर्षीय अभिषेक परियारको मृत्यु भएको हो ।
घोराहीमा ४१ जनामा सिकलसेल एनिमिया पोजेटिभ
सिकलसेल एनिमियाका बिरामी पत्ता लगाउन गरिएको निःशुल्क स्वास्थ्य परीक्षणमा ४१ जनामा पोजेटिभ देखिएको छ ।
नेपालगञ्जलाई स्वच्छ र स्वस्थ सहर बनाउने प्रतिबद्धता
गर्मीबाट राहातका लागि नेपालगञ्जमा बढी भन्दा बढी वृक्षारोपण गरी सहरलाई हरियो, स्वच्छ र सफा बनाउनुपर्नेमा विभिन्न सरोकारवाला एक मत देखिएका छन् । त्यसका लागि उनीहरूले आ-आफ्नो ठाउँबाट आवश्यक काम र सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
चोरको बिगबिगी, नगद र गरगहना चोरी
गुल्मीमा बैङ्क तथा घर तोडफोड गरी नगद र गरगहना चोरी भएको छ । चोरी हुँदा पनि चोर पक्राउ नपरेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
सडक निर्माणका लागि सडक जाम
बाँकेको खजुरामा एक हजार आठसय मिटर चार लेन सडक निर्माण सुरु भएको ६ वर्षसम्म पनि पूर्णता नपाएपछि स्थानीयवासीहरू सडक जाम गरेका छन् ।
भेरी अस्पतालमा पहिलो पटक बङ्गारा तथा अनुहारको शल्यक्रिया सुरु
पश्चिम नेपालको बिरामी रेफरल केन्द्र रहेको भेरी अस्पतालमा पहिलो पटक बङ्गारा तथा अनुहारको शल्यक्रिया सेवा सुरु गरिएको छ ।
साथीको हत्या आरोपमा रुपन्देहीको तिलोत्तमाबाट एक युवा पक्राउ
हत्या आरोपमा रुपन्देहीको तिलोत्तमाबाट एक युवा पक्राउ परेका छन् । रुपन्देहीको तिलोत्तमा –१६ पूर्व बहियामाका २६ वर्षीय ज्ञानबहादुर कुँवरले आफैसँग बसेका १८ वर्षीय सुमन कुँवरको मङ्गलबार हत्या गरेको प्रहरीले जनाएको छ ।
साइबर सुरक्षा कानुन विषयकाे राष्ट्रिय सम्मेलन सुरु
साइबर सुरक्षा विज्ञहरू, नीति निर्माताहरू, कानुन व्यवसायीहरू, शिक्षाविद्हरू, जनप्रतिनिधिहरू, प्रशासन र सुरक्षा निकाय र कम्प्युटर व्यवसायीहरू बीच सञ्चार क्षेत्रमा साइबर सुरक्षा नीति र कानुनका विषयहरूमा छलफल गरी निचोड निकाल्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।
सवारीसाधनमै नागरिकता प्रदान
जिल्ला प्रशासन कार्यालय गुल्मीले अपाङ्गता भएका दुई जनालाई सवारीसाधनमै नागरिकता प्रदान गरेको छ । प्रशासन कार्यालयको परिसरमा नागरिकता लिन पुगेका जिल्लाको मुसीकोट नगरपालिका वडा नम्बर–१ निवासी पार्वती थापामगर र वडा नम्बर–५ निवासी निर्मल खरेललाई पहिलो प्राथमिकताका साथ प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीसहितका टोलीले सवारीसाधनमै पुगेर नागरिकता प्रदान गर्नुभएको छ।
लुम्बिनी प्रदेश : ४० अर्ब ४७ करोडको बजेट सार्वजनिक (पूर्णपाठ)
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कूल ४० अर्ब ४७ करोड ८९ लाख ५७ हजारको बजेट सार्वजनिक गरेको छ।
लुम्बिनी प्रदेश सरकारको बजेट (प्रत्यक्ष प्रसारण)
लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएको छ । शुक्रबार लुम्बिनी प्रदेश सभाको बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले बजेट प्रस्तुत गर्नुभएको हो ।
विश्वविद्यालयका अनुसन्धान कृति डिजिटलाइज्ड गरिँदै
नेपाल संस्कृत विश्वविद्यालयबाट प्रकाशित अनुसन्धानमूलक कृतिको डिजिटलाइजेशनको काम हुनेभएको छ । विश्वविद्यालयबाट शास्त्री, आचार्य र विद्यावारिधिका अनुसन्धानमूलक कृतिहरू वेबसाइटमा राख्ने तयारी गरिएको हो ।
घर-घरमा खानेपानीका धारा आएपछि स्थानीय खुसी
घर-घरमा खानेपानीका धारा पुग्दा गुल्मीको धुर्कोट गाउँपालिका–५, वस्तुका स्थानीयहरू हर्षित भएका छन् । पानी ल्याउनका लागि घण्टौँ हिँड्नु पर्ने हुँदा निकै समस्या भएको तर अहिले घर–घरमा खानेपानीको धारा आउँदा समयको बचत भएको भन्दै यहाँका स्थानीयहरू अत्यन्तै हर्षित भएका हुन् ।
जिप दुर्घटनामा एकको मृत्यु, आठ घाइते
राप्ती राजमार्गअन्तर्गत तुलसीपुर -३ को शिरखोलामा जिप दुर्घटना हुँदा सवारी चालकको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । तुलसीपुरबाट रोल्पाको ओतका लागि छुटेको रा १ ज ५५६ नम्बरको जिप दुर्घटना भएको हो ।
सवारी दुर्घटनामा ९ जना घाइते
राप्ती राजमार्गअन्तर्गत तुलसीपुर ३ को शिरखोलामा जिप दुर्घटना हुँदा दश जना घाइते भएका छन् । तुलसीपुरबाट रोल्पाको ओतका लागि छुटेको रा १ ज ५५६ नम्बरको जिप दुर्घटना हुँदा जीपमा सवार दुई बालकसहित दश जना घाइते भएका हुन् ।
ग्वाघा स्वास्थ्य चौकी भवन उद्घाटन
गुल्मीको चन्द्रकोट गाउँपालिका –५ ग्वाघामा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ । नवनिर्मित स्वास्थ्य चौकी भवनको एक औपचारिक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले उद्घाटन गर्नुभएको हो ।
योगको महत्वलाई राज्यका हरेक निकायमा पुर्याउन आवश्यक : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले योगको महत्वलाई राज्यका हरेक निकायमा पुर्याउन आवश्यक रहेको बताउनुभएको छ ।
रेसुङ्गा क्षेत्रमा जिपलाइन निर्माण हुँदै
गुल्मीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा जिपलाइन निर्माण गरिनेभएको छ । साहसिक पर्यटनको सम्भाव्यता खोज्नेक्रममा यस क्षेत्रमा जिपलाइन निर्माण गर्न लागिएको हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ पढाई सुरु
दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले नर्सिङ अध्ययन–अध्यापन सुरु गरेको छ । स्थापना भएको ६ वर्षपछि प्रतिष्ठानले बि.एस.सी. नर्सिङ र बि.एन.एस. कक्षामा भर्ना भएका विद्यार्थीहरूलाई पठनपाठन सुरु गरेको हो ।
पाल्पाका सबै स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका घोषणा
पाल्पाका दश वटै स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका बनेका छन् । दुई नगरपालिका र आठ वटा गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित पालिका बनेका हुन् ।
अत्यधिक गर्मीले जनजीवन प्रभावित
केही दिनदेखि बढेको अत्यधिक गर्मीले कपिलवस्तु जिल्लाको जनजीवन प्रभावित बनेको छ । अत्यावश्यक काममा बाहेक सर्वसाधारण बाहिर निस्कन सकेका छैनन्।
मालिका गाउँपालिकामा स्थानीय पाठ्यक्रम लागु
मालिका गाउँपालिकाले कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रम लागु गरेको छ । पालिकाले बिहीबार एक कार्यक्रमका बीच हाम्रो मालिका नामक (स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक) वितरण तथा लेखक सम्मान कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको हो ।