• २७ वैशाख २०८२, शनिबार

पहिरो खसेपछि कालीगण्डकी करिडोर सडक अवरुद्ध

blog

ढुङ्गासहित पहिरो खसेपछि गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मिचौरदेखि अर्वेनी सडक खण्ड अवरुद्ध । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा
गुल्मी, साउन २८ गते ।
गुल्मीको कालीगण्डकी गाउँपालिका –१ हर्मिचौरदेखि अर्वेनी सडक खण्डको ठूलाखोलामा सडक अवरुद्ध भएको छ । सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक पाण्डेले आइतबार बिहान ११ बजे जिल्लाको कालीगण्डकी गाउँपालिका–१ हर्मिचौरदेखि अर्वेनी सडक खण्डको ठूलाखोलामा सडक माथिबाट ढुङ्गासहितको पहिरो खसेपछि कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको बताउनुभयो ।

पहिरो पन्छाउनका लागि तीन वटा एक्स्काभेटर प्रयोग गरिएको छ । पहिरोमा ठूलो ढुङ्गा रहेको र माथिबाट ढुङ्गा खस्ने क्रम जारी रहेकोले सडक पूर्ण रूपमा अवरुद्ध भई खुल्न केही समय लाग्ने बताइएको छ ।

उक्त स्थानमा प्रहरी चौकी पूर्वीघाटबाट प्रहरी सहायक निरीक्षक लोकमान ताम्राकारको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको छ ।