संघीयता खारेज होइन, बलियो बनाउनुपर्छ : सभामुख घर्ती
लुम्बिनी प्रदेश सभाले स्थानीय तहमा प्रदेश सभा कार्यक्रम सञ्चालन गर्ने भएकोे छ । संघीयताको खारेज नभई व्यवस्थित गरेर झन बलियो बनाउनुपर्ने प्रदेश सभामुख तुलाराम घर्तीले बताउनुभयो ।
पाँच दशकपछि सात सय परिवारलाई लालपुर्जा
पाल्पाको रामपुरका सात सय परिवारले पाँच दशकपछि लालपुर्जा पाएका छन् ।
शोकमग्न बन्यो नेपालगञ्ज
शनिबारको बिदा मनाउन मामाघर भारतको बलरामपुर पुगेका नेपालगञ्जका दाजुबहिनी निलान्स र सुनिती घर फर्किंन पाएनन् । शनिवार बिहान आमासँगै मामाघर गएका निलान्स र सुनितीको साँझ घर फर्किनेक्रममा भारतको श्राबस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी अल्पायुमै निधन भयो । आमा सीता गुप्ता माइतीमै रहेकाले सुरक्षित हुनुहुन्छ ।
डेंगुबाट बच्न बेनीमा 'लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने' अभियान
लामखुट्टेको टोकाइबाट सर्ने डेंगुको सङ्क्रमण फैलिन नदिनका लागि बेनी नगरपालिकाले डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान थालेको छ।
नेपालगञ्जमा अटिजम फिजियोथेरापी सुरु
अटिजम भएका बालबालिकाका लागि पश्चिम नेपालकै पहिलो अटिजम फिजियोथेरापी नेपालगञ्जमा सुरु गरिएको छ ।
चाडपर्वको खर्च जोहो गर्न भारत जानेको लर्को
शनिबार बढैयाताल गाउँपालिका–२ बर्दियाका खटकराज बुढा दसैँ–तिहारका लागि खर्च जुटाउन भन्दै भारत जानका लागि नेपाल–भारत सीमानाका जमुनाहमा भेटिनुभयो । उहाँले नेपालगन्जको गर्मी, शरीरभरि पसिनैपसिना खटकराजले पसिना पुछ्दै बर्खे खेतीबाली सकेर चाडपर्व खर्चको जोहो गर्न भारतको सिम्ला जान लागेको बताउनुभयो ।
प्रभावहीन बन्यो पाडा प्रवर्द्धन कार्यक्रम
गुल्मीको रेसुङ्गा नगरपालिकामा पाडा प्रवर्द्धन कार्यक्रमको लगानी बालुवामा पानीसरह भएको छ ।
पर्यटन र कृषिबाटै समृद्ध नगर बनाउँछौँ
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका साबिक सन्धिखर्क, नरपानी, खाँचीकोट, किमडाँडा, अर्घा, डिभर्ना र वाङ्ला गाउँपालिका मिलाएर बनेको हो। २०३२ सालमा जिल्लाको नरपानीबाट सदरमुकाम सन्धिखर्कमा सारिएको थियो। चारैतर्फ पहाडी तथा बिचबाट बगेको बाँगी खोला र खोला वारिपारि बसेको बाक्लो बस्ती तथा रमणीय फाँटले सन्धिखर्क नगरपालिकाको सौन्दर्य बढाएको छ। सन्धिखर्क नगरपालिकाको विकासलगायत समसामयिक विषयमा सन्धिखर्क नगरपालिका अर्घाखाँचीका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठसँग अर्घाखाँची समाचारदाता गणेश खनालले गर्नुभएको कुराकानीको सारसङ्क्षेप :
प्रदेश मन्त्रिपरिषद् विस्तारको तयारी
लुम्बिनी प्रदेश सरकारले मन्त्रालय फुटाएर भए पनि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेको छ। सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले साउन महिनाभित्र नेपाली कांग्रेसका तीन र नेकपा (माओवादी केन्द्र) का दुई गरी पाँच जना मन्त्री थपिने बताउनुभयो। मन्त्री पाण्डेले मन्त्रालय बाँडफाँटको विषयमा विवाद नभएको बताउनुभयो। उहाँले भन्नुभयो, “नेपाली कांग्रेसले तीन वटा र माओवादी केन्द्रले दुई वटा मन्त्रालय पाउनुपर्ने पहिलेकै सहमति हो। भागबन्डामा परेका मन्त्रालयले यो महिनाभित्र मन्त्री पाउने छन्।”
क्यान्सर अस्पतालमा तीस हजार बिरामीको उपचार
बाँकेको खजुरामा सञ्चालनमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले हरेक वर्ष पश्चिम नेपालका ३० हजार क्यान्सरका बिरामीको उपचार गरिरहेको छ। यति ठुलो सङ्ख्यामा क्यान्सरका बिरामीको उपचार गर्ने सो अस्पतालमा रहेका सबै चिकित्सक र कर्मचारी काज र करारका मात्र छन्। अस्पतालमा हालसम्म एक जना पनि स्थायी दरबन्दी छैन। काज र करारमा रहेका चिकित्सक र कर्मचारी पनि आवश्यकताको २५ प्रतिशत मात्रै रहेको अस्पतालले जनाएको छ।
एकै परिवारका चार जना सहित छ जनाको निधन
नेपालगन्जमा एकै परिवारका ४ सहित ६ जनाको भारतको श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा निधन भएको छ । त्रिभुवन चोकका वैभव गुप्ता, उहाँकी पत्नी दीपिका गुप्ता,५ वर्षकी छोरी बैभवी गुप्ता र ९ महिनाकी छोरी श्रेया गुप्ताको निधन भएको छ ।
लोक सेवा आयोगको नाममा नक्कली सूचना जारी, हजार बढीले दिए परीक्षा
बाँके खजुरा गाउँपालिका २ का मनिष शर्माले सुदूरपश्चिम लोकसेवा आयोगले खोलेको सब इन्जिनियर पदको विज्ञापनमा अनलाइनबाट एक हजार रुपियाँ तिरेर फाराम भर्नुभयो ।
४३ करोड बढी बेरुजु असुली गर्ने कोहलपुरको प्रतिवद्धता
बाँकेको कोहलपुर नगरपालिकाले बेरुजु रकम असुली गर्ने भएको छ । नगरपालिकामा देखिएको ४३ करोड बढी बेरुजु रकम असुल गर्न लागेको हो ।
कोहलपुर नगरपालिकाद्वारा ४३ करोड बेरुजु असुली अभियान सुरु
बाँकेको कोहलपुर नगरपालिकाले ४३ करोड बेरुजु असुलीमा कडाइ गर्दै असुली अभियान नै सुरु गरेको छ ।
पत्रकार ज्ञवालीको निधन
नेपाल पत्रकार महासङ्घ गुल्मीका साधारण सदस्य तथा पत्रकार कृष्ण ज्ञवाली (अञ्जान) को निधन भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका–१ निवासी ज्ञवालीको ५५ वर्षको उमेरमा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
एक वर्षमा दस लाख बढीको अखाद्य सामग्री नष्ट
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जले गत आर्थिक बर्ष २०७९–८० मा गरेको अनुगमनका क्रममा दस लाख रुपियाँभन्दा बढीको अखाद्य बस्तु फेला पारेर नष्ट गरेको छ ।
नयाँ व्यवसाय दर्ता सङ्ख्या घट्दै
साना लगानीका उद्योग तथा व्यवसाय फर्म दर्ता स्थानीय तहबाट भएसँगै घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा नयाँ फर्म दर्ता सङ्ख्या घट्न थालेको छ ।
तीन वर्षपछि कारागारमा स्वास्थ्यकर्मी
तीन वर्षपछि जिल्ला कारागार कार्यालय गुल्मीले स्वास्थ्यकर्मी पाएको छ। गत असार २२ गते गोरखापत्र दैनिकमा ‘गुल्मीमा दरबन्दी, सिंहदरबारमा काम’ भन्ने शीर्षकमा समाचार प्रकाशन भएपछि स्वास्थ्यकर्मीको काज फिर्ता भएको छ। कारागारमा सिनियर अहेवको दरबन्दी भए पनि २०७७ जेठदेखि स्वास्थ्यकर्मी प्रकाशचन्द्र घिमिरे स्वास्थ्य मन्त्रालयमा काजमा रहनुभएको थियो।
बाढीले भत्कायो निर्माणाधीन पुल
रुपन्देही जिल्लाको सैनामैना नगरपालिका–१०, पानबारीमा बन्दै गरेको कञ्चन पुलको आधा भाग बाढीले बगाएको छ। सैनामैना रिङरोड अन्तर्गत पर्ने उक्त पुल बनाउन थालेको दुई वर्ष पूरा भएको छ। तीन वर्षभित्रैमा निर्माण सम्पन्न हुने भनिएको पुलको आधा भाग हालै आएको बाढीले भत्काएको हो।
प्रेसु मिस टिन इन्डियाको ग्रान्ड फिनालेमा
बाँकेकी एक किशोरी भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने एली क्लब मिस्टर एन्ड मिस टिन इन्डियाको ग्रान्ड फिनालेका लागि छनोट हुनुभएको छ। नेपालगन्ज निवासी १७ वर्षीय प्रेसुसिंह थारूले भारतको कानपुरमा पहिलो अडिसन र नयाँ दिल्लीमा भएको सेमिफाइनल चरण पार गर्दै ग्रान्ड फिनालेमा स्थान बनाउन सफल हुनुभएको उहाँकी आमा यामु बुढाक्षेत्रीले बताउनुभयो। ग्रान्ड फिनाले आगामी भदौ २ गते नयाँ दिल्लीमा आयोजना हुने छ। त्यसअघि करिब एक साताको बन्द प्रशिक्षण सञ्चालन हुने छ।
किन झरिरहेछ गर्जेनीमा निरन्तर पहिरो
प्युठान–भालुवाङ सडक खण्डको गर्जेनीमा झरेको सुख्खा पहिरो हटाउन नसक्दा बाटो अझै सुचारु भएको छैन । बुधवार राति करिब १० बजेदेखि झरेको पहिरो अझै रोकिएको छैन । बाटोमा पहिरो झर्दा बाटो अवरुद्ध छ ।
गुल्मीमा एक अर्बभन्दा बढी राजस्व सङ्कलन
गुल्मीमा आर्थिक वर्ष २०७९/०८० मा एक अर्बभन्दा बढी राजस्व सङ्कलन भएको छ ।
लैङ्गिक संवेदनशीलता र भाषासम्बन्धी गोष्ठी
लैङ्गिक संवेदनशीलता कथा लेखन र भाषाका विषयमा नेपालगन्जमा दुई दिने कार्यशाला गोष्ठी सुरु भएको छ । बिहीवारदेखि सञ्चालनमा आएको सो कार्यशाला आज सम्पन्न हुनेछ । अल्पसंख्यक तथा सिमान्तकृत समुदायका सवाललाई सञ्चारमाध्यममा कसरी उठान गर्ने भन्ने विषयमा क्षमता अभिवृद्धि गर्न कार्यशाला सञ्चालन गरिएको हो ।
रोपाइँ सकिएलगत्तै थारु समुदायमा सावनी पूजा
रुपन्देहीका थारु समुदायले रोपाइँ सकेपछि गरिने सावनी पूजा सम्पन्न गरेका छन् । रोपाइ गर्ने क्रममा हलो र कोदालोले खनजोत गर्दा अनेकौं किरा फट्याङ्ग्रा र विभिन्न जीवजन्तु समेत मर्ने भएकाले त्यसको दोष नलागोस् भनेर प्रत्येक बर्ष तराईमा रोपाइ सकेपछि सावनी पूजा गर्ने परम्परा रहिआएको छ ।