उत्पादन घटेपछि बजारमा दुध–दही पाउन मुस्किल
जिल्लामा पर्याप्त मात्रामा उत्पादन नहुँदा स्थानीयले चाडबाड, पूजापाठ र आवश्यक समयमा दुध–दही नपाउने समस्या रहेको छ । जिल्लामा दुधको व्यापार गर्न खोलिएका डेरीले माग भएजति दुध बेच्न पाएका छैनन् भने उपभोक्ताले चाहेजति दुधदही पाउन सकेका छैनन् ।
वन्यजन्तुको सुकुटीसहित तीन जना पक्राउ
दाङमा प्रहरीले १७ केजी वन्यजन्तुको सुकुटीसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर ६ निवासी ३० वर्षीय मनोज थापामगर, सोही ठाउँ निवासी ३१ वर्षीय करण केसी र लमही नगरपालिका वडा नम्बर ६ निवासी ४५ वर्षीय नुरबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभयो ।
सिकारलाई हानेको गोली लागेर सिकारी घाइते, तीन जना पक्राउ
सिकारलाई हानेको गोली लागेर कपिलवस्तुका एक सिकारी घाइते भएका छन् ।
नदीजन्य पदार्थ चोरीनिकासीमा वडाध्यक्षलाई जरिवाना
बगनासकाली गाउँपालिकाले ६ नं. वडाका वडाध्यक्ष लक्ष्मीप्रसाद अधिकारीलाई दुई लाख १० हजार जरिवाना गरिएको छ । नदीजन्य पदार्थ चोरी निकासीमा संलग्न रहेको भन्दै बगनासकाली गाउँपालिकाले वडाध्यक्ष अधिकारीलाई दुई लाख १० हजार जरिवाना गर्ने निर्णय गरेको हो ।
ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि यौन दुर्व्यवहार
कपिलवस्तुको शिवराज नगरपालिकाको आधारभूत अस्पतालमा महिला स्वास्थ्यकर्मीमाथि यौन दुर्व्यवहार भएको छ ।
बृहत् सरसफाइ तथा वृक्षरोपण अभियान सुरु
बुटवल उपमहानगरपालिकाको आयोजनामा सोमबार बृहत् सरसफाइ तथा वृक्षरोपण अभियान सुरु भएको छ ।
निर्माण सम्पन्न आधारभूत अस्पताल सञ्चालनमा आएन
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले निर्माण गरेको १५ शय्याको आधारभूत अस्पताल नगरपालिकाले सञ्चालन गर्न नसक्ने जनाएको छ । सङ्घीय सरकारको १२ करोड रुपियाँ लागतमा अस्पताल भवन निर्माण सम्पन्न गरेको हो ।
स्याखु बोकेर काममा जाँदै महिला कामदार
दाङको घोराही उपमहानगरपालिका–१४ झिङौरा गाउँका स्थानिय थारु महिला वर्षातको जोहो स्याखु बोकेर काममा जाँदै ।
बाँकेमा खानेपानी आयोजनाबाट लाभ लिँदै उपभोक्ता
बाँकेमा विभिन्न खानेपानी आयोजनामार्फत स्थानीय बासिन्दाले खानेपानीको उपभोग गर्न थालेका छन् ।
पाल्पाको कचलमा बाढीपहिरोले सात परिवार विस्थापित
केही दिनदेखि परेको वर्षासँगै आएको बाढीपहिरोले पाल्पाको तिनाउ गाउँपालिका–१, कचलका सात घरपरिवार विस्थापित भएका छन् । कचलको विभिन्न स्थानका सात घरपरिवार पहिरोका कारण विस्थापित बनेका हुन् ।
प्रहरी परिसरमै निःशुल्क स्वास्थ्य शिविर
जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । २४ सै घण्टा ड्युटीमा खटिने प्रहरी कर्मचारीहरू स्वस्थ भएमा मात्र आम नागरिकको सुरक्षामा प्रभावकारी भूमिका रहने भएकोले नियमित चेकजाँचको लागि कार्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी स्वास्थ्य परीक्षण गरिएको हो ।
सडक सुधारले दुर्घटनामा कमी
सडक सञ्जालमा सुधार र ट्राफिक व्यवस्थापनमा प्रहरीको सक्रियताले रुपन्देहीमा दुर्घटनामा कमी आएको छ ।
बाघको सङ्ख्या बढेसंँगै पर्यटक पनि बढे
पाटेबाघको संरक्षण गर्नकै लागि १३ वर्षअघि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढेसँगै अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या पनि बढेको छ । निकुञ्ज स्थापना हुँदा चार वटा मात्र बाघ रहेकोमा हाल २५ भन्दा बढी बाघ पुगेको निकुञ्जले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अर्जुन भुसालले निकुञ्ज स्थापना हुँदा चार वटा बाघ रहेकोमा त्यसको आठ वर्षपछि गरिएको गणनामा सो सङ्ख्या २१ पुगेको र १२ वर्षपछि गत वर्ष गरिएको गणनामा २५ पुगेको बताउनुभयो ।
तीन किलोमिटर कालोपत्रे आठ वर्षसम्म पनि अधुरै
एउटा सडक निर्माणका लागि सम्झौता गरेको ठेकेदारसँग सात पटकसम्म म्याद थप गर्दासमेत सडकको काम अझै सम्पन्न हुन सकेको छैन । जिल्लाको सदरमुकाम तम्घास–खाम्सेपानी–नयाँगाउँ–नादी– सूर्यटारी सडकको झन्डै तीन किलोमिटर सडक कालोपत्रे गर्ने कार्य आठ वर्षदेखि अलपत्र हुँदै आएको छ । निर्माणको जिम्मा लगेको ठेकेदारको चरम लापरबाहीका कारण पटक पटक काम सम्पन्न गर्न म्याद थप्ने तर पूरा नगर्दा न त सडकको काम पूरा हुन सकेको न त ठेकेदार कम्पनीलाई जिम्मेवार बनाउन सकिएको छ । जसका कारणले यहाँका स्थानीय बासिन्दाले आठ वर्षयता सास्ती भोग्दै आएका छन् ।
मानव बेचबिखन नियन्त्रणमा ऐक्यबद्धता
मानव बेचबिखन नियन्त्रणका लागि बाँकेका सरोकारवालाले ऐक्यबद्धता जनाएका छन् । नेपालगन्जमा आइतबार मनाइएको मानव बेचबिखन तथा ओसार पसारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसमा सरोकारवालाले सो ऐक्यबद्धता जनाएका हुन् ।
कालोपत्रे भएपछि चिटिक्क तम्घासबजार
गुल्मीको तम्घासबजारको सडक अहिले पुनः कालोपत्रे गरिएसँगै चिटिक्क देखिएको छ । सडक मिचेर बनाइएका पेटीलाई भत्काएर पुनः कालोपत्रे गरिएसँगै अहिले यहाँको बजारको सुन्दरता बढेको छ ।
मोटरसाइकल ठक्करले बालकको मृत्यु
बाँकेको राप्ती सोनारी गाउँपालिका–६ मा नम्बर नखुलेको एक मोटरसाइकलले ठक्कर दिँदा तीन वर्षीय बालकको मृत्यु भएको छ ।
महिला तथा सीमान्तकृत समुदायको जीवनस्तर सुधार गर्न अघि बढेका छौँ : मुख्यमन्त्री चौधरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेश सरकार प्रदेशका महिला तथा सीमान्तकृत समुदायको जीवनस्तर सुधार गर्न महत्त्वपूर्ण कार्यक्रमका साथ अघि बढेको बताउनुभएको छ ।
सडक र फुटपाथको अतिक्रमण हटाउँदै कृष्णनगर नगरपालिका
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले बजार क्षेत्रको अतिक्रमण हटाउने भएको छ । सडक र फुटपाथ कब्जा गरी सामग्री राख्ने, व्यापार गर्ने काम पालिकाले हटाउने तयारी गरेको हो ।
नेपाली कुस्ती टोली नेपालगन्जमा
चीनको हाङझाउमा आयोजना गरिने १९ औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली राष्ट्रिय कुस्ती टोली नेपालगन्ज पुगेर प्रशिक्षण गरिरहेको छ। दुई महिने प्रशिक्षणका लागि भारतको उत्तरप्रदेश जाने क्रममा नेपालगन्ज पुगेको कुस्ती टोलीले एक सातादेखि यहाँ प्रशिक्षण गरिरहेको छ।
एमाले लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न
नेकपा (एमाले) लुम्बिनी प्रदेश सङ्गठन कमिटीको आयोजनामा भएको लुम्बिनी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम आइतबार समापन भएको छ । भेलाले पन्ध्रबुँदे घोषणापत्र जारी गरेको छ ।
ग्वार खोला जलाशय प्रदेशकै प्राथमिकता : मन्त्री मास्की
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले ग्वार खोलामा जलाशय निर्माण प्रदेशकै प्राथमिकतामा राखिएको बताउनुभएको छ ।
‘सुन तस्करीको फाइल रोकिए गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्छ’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सुन काण्डको गहिराइमा पुगेर अनुसन्धान गर्न आग्रह गर्नुभएको छ । फाइल बीचैमा रोकिए गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्छ उहाँले भन्नुभयो ।
बसेरीमा एक व्यक्ति मृत फेला
गुल्मीमा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–७, बसेरीमा बागलुङको गल्कोट नगरपालिका वडा–२ का ४९ वर्षीय प्रेमलाल दर्जी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।