बजेट खर्च गराउन युवाले लिए सक्रियता
बाँके जिल्लामा चालु आर्थिक वर्ष २०८०/८१ लागि विनियोजन भएको बजेटको शतप्रतिशत खर्च हुने वातावरण बनाउन पहलकदमी अघि बढाइएको छ। राजनीतिक दलका युवाले बजेट कार्यान्वयन समन्वय समिति गठन गरेका छन्। कोष तथा लेखा नियन्त्रण कार्यालय बाँकेका अनुसार सङ्घ र प्रदेशका कार्यालयतर्फ जिल्लामा विनियोजन भएको विकास बजेटमध्ये आव २०७९/८० मा करिब अढाई अर्ब रुपियाँ खर्च हुन सकेको थिएन ।
नेपालगन्ज भूकम्पको उच्च जोखिममा
नेपालगन्ज उपमहानगरका दुई वटा वडाका ११ हजारभन्दा बढी सर्वसाधारण भूकम्पको उच्च जोखिममा रहेका छन्। उपमहानगरको सबैभन्दा पुरानो र घनाबस्तीका रूपमा रहेको वडा नम्बर ३ र वडा नम्बर ७ का अधिकांश घर भूकम्प प्रतिरोधी मापदण्डविपरीत निर्माण गरिएकाले ती दुवै वडाका ११ हजार आठ सयभन्दा बढी सर्वसाधारण भूकम्पको अत्यधिक जोखिममा छन्।
चितुवाको आक्रमणमा परी घाइते भएको नीलगाईको मृत्यु
बाँकेमा चितुवाको आक्रमण परी घाइते भएको एक नीलगाईको मृत्यु भएको छ । चितुवाको आक्रमणमा परी घाइते भएको नीलगाईको उपचारका क्रममा मङ्गलवार मृत्यु भएको राप्ती सब डिभिजन वन कार्यालय मेहमानपुरका फरेष्टर सन्तोष खत्रीले जानकारी दिनुभयो ।
आत्मनिर्भर बन्दै डुडुवा गाउँपालिकाका महिला
बाँकेको डुडुवा गाउँपालिकाले सीपमूलक तालिममार्फत पालिकाभित्रका महिलाहरूलाई आत्मनिर्भरतर्फ उन्मुख बनाउँदै छ ।
खानेपानी महसुल घटायाे
पाल्पाको रामपुर नगरपालिकामा रहेको रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानीको महसुल दर घटाएको छ । उपभोक्ताको हितलाई दृष्टिगत गर्दै चालु आर्थिक वर्ष २०८०-८१ को साउन १ गतेदेखि लागू हुने गरी छुटसहित नयाँ मूल्य निर्धारण गरिएको छ ।
बुटवलमा धर्म, ज्योतिष तथा वास्तु सम्मेलन हुँदै
बुटवलमा धर्म, ज्योतिष तथा वास्तु सम्मेलन हुने भएको छ । धर्म र जीवनसँग जोडिएका विषयमा पण्डित र ज्योतिषलाई यथेष्ट जानकारी गराउने उद्देश्यसहित साउन १९ र २० गते सम्मेलन हुन लागेको हो ।
विद्यार्थीलाई सर्पदंश सम्बन्धि सचेतना फैलाउदै सामुदायिक प्रहरी
सामुदायिक प्रहरी सेवा केन्द बाँकेले जिल्लामा रहेका विद्यालयमा पुगि विद्यार्थीलाई सर्पदंश सम्बन्धि सचेतना फैलाउने अभियान सञ्चालनमा ल्याएको छ ।
धानखेतमा गाईबस्तु चर्दै
बाँकेमा पर्याप्त मात्रामा वर्षा नभएपछि धाने रोपाइँ हुने खेत यतिबेला गाईबस्तु चरनक्षेत्रको रूपमा प्रयोग भएका छन् । जिल्लाको खजुरा र जानकी लगायतका क्षेत्रमा सुख्खाको बढी प्रभाव परेको छ ।
बजेट कार्यान्वयनका लागि पहल अघि बढाइने
बाँके जिल्लामा चालु आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन भएको बजेटको शत प्रतिशत खर्च हुने वातावरण बनाउन पहल कदमी अघि बढाइएको छ । युवा राजनीतिहरूले बजेट कार्यान्वयन समन्वय समिति गठन गरेका छन् ।
बाँकेमा छोटी भन्सार नहुँदा राजस्व सङ्कलन घट्यो
बाँकेस्थित नेपाल–भारत मुख्य नाकामा रहेको नेपालगञ्ज भन्सार कार्यालयले गत केही वर्ष यता राजस्व सङ्कलनको लक्ष्य भेटाउन सकेको छैन ।
बालसुधार गृहमा विद्यालय सञ्चालनको माग गर्दै उच्च अदालतमा रिट दायर
दुई सय ४८ जना बालक रहेको बाँकेको एक बालसुधार गृहमा उनीहरूको शिक्षाका लागि विद्यालय सञ्चालन गर्नुपर्ने माग गर्दै उच्च अदालत नेपालगन्जमा रिट दायर गरिएको छ ।
रामपुर खानेपानीले महसुल दर घटायो
रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानी महसुल घटाएको छ । उपभोक्ताको हितलाई मध्यनजर गर्दै साउन १ देखि लागू हुने गरी छुट सहित संस्थाले नयाँ दर कायम गरेको हो ।
नेपाली सेनाले सुरु गर्यो २६ बिघामा वृक्षरोपण
नेपाली सेनाको बज्रदल गण, इमामनगर व्यारेक राँझाले २६ बिघा खाली जमिनमा वृक्षरोपण सुरु गरेको छ ।
प्रशिक्षणका लागि कुस्ती टोली भारतमा
चीनको हाङझाउमा आयोजना गरिने १९ औँ एसियाली खेलकुदमा सहभागी हुन नेपाली राष्ट्रिय कुस्ती टोली दुई महिने प्रशिक्षणका लागि भारततर्फ प्रस्थान गरेको छ ।
तीन दिनपछि अवरुद्ध शहीदमार्ग सञ्चालन
रुकुम (पूर्व) स्थित अवरुद्ध शहीदमार्ग तीन दिनपछि सञ्चालन भएको छ । वर्षापछि रुकुम (पूर्व) को महत र रोल्पाको थबाङ बीचको विभिन्न ठाउँमा झरेको पहिरोका कारण साउन १३ गतेदेखि अवरुद्ध सडक आजदेखि सञ्चालन गरिएको हो । लगातार वर्षाका कारण भूमे गाउँपालिका वडानं ७ अन्तर्गत उख्लिबाङ र भूर्तिबाङ भन्ने ठाउँमा पहिरो झरेको थियो ।
आन्तरिक राजस्व कार्यालयद्वारा लेखा व्यवस्थापन तालिम
आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले गैरसरकारी संस्थाहरुमा कार्यरत लेखा प्रमुखहरुलाई लेखा व्यवस्थापन र वर्तमान कर प्रणाली विषयको एकदिने तालिम प्रदान गरेको छ ।
रामपुरको अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण
रामपुर नगरपालिका पाल्पाले अव्यवस्थित बसोबासीका लागि जग्गाधनी प्रमाण पुर्जा वितरणको काम सम्पन्न गरेको छ । नगरपालिकाभित्र सात सय दुई घरघडेरीको जग्गाधनी प्रमाण पुर्जा वितरण भएको छ ।
खरका छाना विस्थापित
गुल्मीमा खरका छाना विस्थापित कार्यक्रमबाट आठ हजार २४९ घरहरूमा जस्तापाता लगाइएका छन्। आगलागी र मनसुनजन्य विपत्बाट बचाइ सुरक्षित आवास निर्माणका लागि आठ हजार २४९ खरका छाना विस्थापित गरी जस्तापाता लगाइएको स्थानीय तहको तथ्याङ्कमा उल्लेख छ।
पर्यटन व्यवसायी नै पदयात्रामा
आन्तरिक तथा बाह्य पर्यटकलाई नयाँ गन्तव्यसम्म पु-याउन पदयात्रा सुरु गरिएको छ। जिल्लाका विभिन्न स्थानमा रहेका नयाँ पर्यटकीय स्थलको पहिचान र प्रचारप्रसार गर्ने उद्देश्यले पर्यटन व्यवसायीकोपदयात्रा सुरु गरिएको हो। पहिचानमा नआएका तथा पर्यटकलाई आकर्षित गर्न सम्भावना बोकेका स्थलसम्म जिल्लाका पर्यटन व्यवसायी, लुम्बिनी प्रदेशका रुपन्देही र कपिलवस्तु तथा भारतका विभिन्न स्थानका पर्यटन व्यवसायीलाई पदयात्रामा सहभागी बनाइएको छ। हरेक साताको एक दिन पर्यटन व्यवसायी नै पदयात्रा गर्दै नयाँ गन्तव्यमा पुगेर ती स्थानको पर्यटन सम्भावना र अवसरका बारेमा जानकारी लिने काम भइरहेको छ।
गाउँलेको मासिक बैठक बस्ने क्याङ्सी गाउँ
विकास निर्माण तथा सामाजिक रूपान्तरणको रूपरेखा कसले बनाइ दिने । कस्तो हुन्छ, विकास भए कसलाई फाइदा हुन्छ । यी लगायत कुरामा एक दिन जिल्लाको भूमे गाउँपालिका–३ स्थित क्याङ्सी गाउँमा गाउँले बीच छलफल चल्यो । जसको लागि कम्युन अभ्यासमा जाने ।
हेरिरहूँ लाग्ने रुकुमको कमल दह
रुकुम(पूर्व) को सिस्ने गाउँपालिका स्थित नेपालको नक्सा आकारमा रहेको कमल दह । यो दह सिस्ने गाउँपालिका(५ मा पर्दछ । दहमा कमल फुलेसँगै आन्तरिक पर्यटकहरूको सङ्ख्यामा पनि वृद्धि भएको छ ।
आठ करोड ७० लाख लगानीमा प्रदेश जनस्वाथ्य प्रयोगशाला
रुपन्देहीको बुटवल उपमहानगरपालिका –१२ मा प्रदेश जनस्वाथ्य प्रयोगशाला उद्घाटन गरिएको छ । दातृ निकायको सहयोगमा ८ करोड ७० लाख २० हजार ४ सय ७० रुपियाँ लागतमा निर्माण भएको भवन एक कार्यक्रमबीच आज प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शुभारम्भ गर्नुभयो ।
शंकरपुर तालको ३ हेक्टर जग्गा अतिक्रमणमा
कपिलवस्तुको विजयनगर गाउँपालिकाको शंकरपुर ताल अतिक्रमणमा परेको छ । गत वर्ष वर्षामा तालको बाँध भत्किएपछि घाँसे मैदान बनेको तालमा अतिक्रमण सुरु भएको हो ।
घरभित्र पसेको व्वासे सर्प
दाङको घोराही उपमहानगरपालिका–१४ शिवमन्दिर टोलस्थित स्थानीयको घरभित्र व्वासे सर्प पसेको छ ।