• १२ मंसिर २०८१, बुधबार

विद्यार्थीलाई सर्पदंश सम्बन्धि सचेतना फैलाउदै सामुदायिक प्रहरी

blog

विद्यार्थीलाई सर्पदंश सम्बन्धि सचेतना प्रदान गर्दै प्रहरी । तस्बिर : गोरखापत्र

गजेन्द्र गुरुङ

खजुरा, साउन १६ गते । सामुदायिक प्रहरी सेवा केन्द बाँकेले जिल्लामा रहेका विद्यालयमा पुगि विद्यार्थीलाई सर्पदंश सम्बन्धि सचेतना फैलाउने अभियान सञ्चालनमा ल्याएको छ ।

प्रहरीसँगको समन्वयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई सर्पदंश सम्बन्धि सचेतना दिने अभियान सञ्चालन गरिएको सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेका अध्यक्ष दिपेन्द्रकुमार जोशीले बताउनुभयो ।  

अभियान अन्र्तगत मंगलवार नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ स्थित श्री मंगल प्रसाद माध्यमिक विद्यालयमा पुगि कक्षा ७ मा अध्ययनरत ५१ जना विद्यार्थीलाई सर्पदंश सम्बन्धि सचेतना प्रदान गरिएको अध्यक्ष जोशीले जानकारी दिनुभयो ।

बर्षातको समयमा सर्पहरु धेरै सक्रिय भई जमिन बाहिर निस्केर सर्वसाधारण नागरिकलाई टोक्ने गरेको पाइएकाले सर्पदंशबाट हुने मानवीय क्षती तथा जोखिम न्यूनिकरण र नियन्त्रण गर्नका लागि विद्यालयमा पुगि विद्यार्थीहरुलाई सचेतना फैलाउने अभियान सुरु गरेको उहाँले बताउनुभयो ।

कक्षाकोठामा पुगि विद्यार्थीहरुलाई सचेतना कक्षा दिनुका साथै पर्चा पम्प्लेट समेत वितरण गरिएको उहाँले बताउनुभयो । विद्यार्थीमार्फत् दिइने सचेतना कक्षा बढी प्रभावकारी हुने भएकाले अभियान विद्यालय केन्द्रित गरिएको पनि अध्यक्ष जोशीले जानकारी दिनुभयो । 

सामुदायिक प्रहरी सेवा केन्द्रले प्रहरीसँगको समन्वयमा विभिन्न समयमा विभिन्न खालका सामाजिक कार्यहरु गर्दै आएको छ ।