• ३० वैशाख २०८२, मङ्गलबार

नेपाली सेनाले सुरु गर्‍यो २६ बिघामा वृक्षरोपण

blog

वृक्षरोपण गर्दै नेपालगञ्ज उपमहानगरपालिका प्रमुख विष्ट, प्रजिअ आचार्य लगायत सहभागी । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, साउन १६ गते । नेपाली सेनाको बज्रदल गण, इमामनगर व्यारेक राँझाले २६ बिघा खाली जमिनमा वृक्षरोपण सुरु गरेको छ । नेपाली सेनाले भोगाधिकार गरिरहेको सेनाको इमामनगर व्यारेक पछाडी रहेको २६ बिघा क्षेत्रफलमा सोमबारबाट वृक्षरोपण सुरु गरिएको बज्रदल गणले जनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी प्रकाश थापा, बज्रदल गणका गणपति श्याम आत्रेय पौडेल (सरुवा), बज्रदल गणका गणपति रविन श्रेष्ठ लगायतले उक्त जग्गामा सोमबार वृक्षरोपण गर्नुभएको छ ।

सितलचिनी, बकाइनो, नीम, अमला, अम्बालगायतका ५ हजार बिरुवा रोप्ने तयारी गरिएको गणपति पौडेलले बताउनुभयो । दुई हप्ताभित्र उक्त जग्गामा सम्पूर्ण बिरुवा रोपिसक्ने उहाँले जानकारी दिनुभयो ।

वृक्षरोपण कार्यक्रममा डिभिजन वन कार्यालय बाँके, नेपालगन्ज सब डिभिजन वन कार्यालय राँझा, नेपालगञ्ज फोनिक्स राउण्ड टेबल ३२ लगायतले सहयोग गरेको गणले जनाएको छ ।