• २२ असार २०८१, शनिबार

संघीयता खारेज होइन, बलियो बनाउनुपर्छ : सभामुख घर्ती

blog

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्र्र्ती मगर । तस्विर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, साउन २१ गते । लुम्बिनी प्रदेश सभाले स्थानीय तहमा प्रदेश सभा कार्यक्रम सञ्चालन गर्ने भएकोे छ । संघीयताको खारेज नभई व्यवस्थित गरेर झन बलियो बनाउनुपर्ने प्रदेश सभामुख तुलाराम घर्तीले बताउनुभयो ।

‘स्थानीय सरकारले प्रदेश सरकारलाई चिन्छ, तर प्रदेश सभालाई चिन्दैन’ उहाँले भन्नुभयो, ‘कानुनी रुपमा स्थानीय सरकार र प्रदेश सभावीचमा कुनै प्रकारको समन्वय छैन ।’  

प्रदेश सभाले बनाएका कानुन स्थानीय सरकारलाई पनि आवश्यक पर्ने र त्यो कानुन स्थानीय सरकारले बनाउँदा नबाझिने हुनुपर्ने भए पनि समन्वयको अभावमा कतिपय कानुन बाझिएका पनि हुनसक्ने उहाँको भनाइ छ । त्यस्तो समस्या आउन नदिन समन्वय आवश्यक रहेको सभामुख घर्तीले बताउनुभयो ।  

सभामुख घर्तीले आइतबार बुटवलमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गर्नुभयो ।  उक्त कार्यक्रममा उहाँले संघीय, प्रदेश र स्थानीय तीन वटै सरकारले कानुन निर्माण गरिरहेको र एक आपसमा बाझिएको छ वा छैन भन्नेसम्मको अध्ययन गर्ने निकाय नहुँदा पनि व्यवस्थापनमा समस्या भइरहेको बताउनुभयो ।