• ३० वैशाख २०८२, मङ्गलबार

बाढीले भत्काएको सडक मर्मत गरिँदै

blog

बाढीका कारण भत्किएको सडक मर्मत गरिँदै । तस्बिर : गोकर्ण पौडेल

गोकर्ण पौडेल
तुलसीपुर, साउन २८ गते ।
घोराही तुलसीपुर सडकखण्डअन्तर्गत आइतबार आएको बाढीका कारण भत्किएको सडक मर्मत सुरु गरिएको छ । सडकखण्डको तुलसीपुर उपमहानगरपालिका–१७ फोर्टिनाइन चोकदेखि पूर्वतर्फको सुरैना चिरामा आएको बाढीले सडक भत्काएको थियो । तुलसीपुर उपमहानगरपालिका र सडक डिभिजन कार्यालयका यान्त्रिक साधन प्रयोग गरेर सडक मर्मत सुरू गरिएको छ ।

घोराही तुलसीपुरको सडकअन्तर्गत त्यस क्षेत्रमा अवरुद्ध भए पनि सहायक मार्ग तुलसीपुर १८ कोे दुधरास सक्राम सडकखण्डबाट यातायातका साधन सञ्चालनमा आएको तुलसीपुर उपमहानगरपालिका–१८ का वडा सदस्य धनबहादुर बस्नेतले जानकारी दिनुभयो । सोमबार साँझसम्म सडक पूर्णरूपले सञ्चालनमा आउने गरी काम सुरू गरिएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।