• ३० वैशाख २०८२, मङ्गलबार

बर्दियामा बाढीका कारण दुई सय ७३ घरधुरी डुबानमा

blog

तस्बिर : जिल्ला प्रहरी कार्यालय, बर्दिया

काठमाडौं, साउन २८ गते । निरन्तर वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण बर्दियामा दुई सय ७३ घरधुरी डुबानमा परेको छ । 

जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराका अनुसार हालसम्म प्राप्त पछिल्लो विवरण अनुसार बर्दिया नगरपालिका-८ को भगतपुरमा आठ, दुधमा ४० र वडा ६ गुलरामा १५ घरधुरी डुबानमा परेको छ । 

यसैगरी, बासगढी नगरपालिका-८ को रेशमपुरमा ६०, वडा ९ को कुनैठीमा १२०, वडा ८ बनगौरीमा ३० घरधुरी डुबानमा परेको छ । 

जसकारण, १८ घरधुरी विस्थापित भएको जिल्ला प्रहरी कर्यालय, बर्दियाले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयले प्राकृतिक विपद्को समयमा  खोज तथा उद्धारमा नेपाली सेना ११, नेपाल प्रहरी ११० र सशस्त्र प्रहरी ४९ जना खटिएको जनाएको छ ।