• २४ माघ २०८१, बिहिबार

कपिलवस्तुमा निर्माण सामग्री चेकजाँच प्रयोगशाला

blog

कपिलवस्तुको शिवराज नगरपालिकामा निर्माणाधीन निर्माण सामग्री चेकजाँच प्रयोगशाला । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, भदौ १ गते । कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा प्रदेशस्तरीय निर्माण सामग्री जाँच प्रयोगशालाको निर्माणले गति लिएको छ । लुम्बिनी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत निर्माण हुँदै गरेको प्रयोगशाला भवनको ६० प्रतिशत काम सकिएको जनाएको छ । 

निर्माण कम्पनी सगुन कन्ट्रक्शनका इन्जिनियर निसान्त मण्डलका अनुसार जग्गा प्राप्ती ढिलाइ हुँदा काम प्रभावित भएको बताउनुभयो । जग्गा प्राप्तीको काममा आठ महिना ढिलाे भएको थियो । प्रयोगशालामा विकास निर्माणमा प्रयोग हुने छड, सिमेन्ट, इँटा, सडक कालोपत्रे गर्ने लगायतका सामग्रीहरुको गुणस्तर चेकजाँच हुने लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन केसीले बताउनुभयो । सरकारी स्तरमा आधुनिक प्रयोगशाला नहुँदा भैरहवामा रहेको निजी प्रयोगशालामा परीक्षण गर्नुपर्ने बाध्यता रहेको के.सी.ले बताउनुभयो । 

प्रदेशस्तरकै पहिलो प्रयोगशाला सञ्चालनमा आएपछि विकास निर्माणका कामको गुणस्तर पहिचान गर्न सहज हुनेछ । भौतिक पूर्वाधार विकास मन्त्रालयको आ.ब.०७७-०७८ को योजना अनुसार १२ करोडको लागतमा प्रयोगशाला निर्माण भइरहेको छ ।