• २ जेठ २०८१, बुधबार

बाल्टिनको पानीमा डुबेर बालिकाको मृत्यु

blog

रेखीराम राना

पाल्पा, भदौ १५ गते । बाल्टिनको पानीमा डुबेर पाल्पामा एक जना बालिकाको मृत्यु भएको छ । जिल्लाको पूर्वखोला-२, घर भई हाल बगनासकाली-१, चिलाङ्दीमा डेरा गरी बस्ने अनन्त सारुकी एक वर्षीय छोरीको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको हो । 

घरको बाथरुममा भरी राखेको बाल्टिनको पानीमा डुबेर बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

पानीमा डुबेर अशक्त भएकी बालिकाको तानसेनस्थित मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।