रमेश विश्वकर्मा
गुल्मी, भदौ १४ गते । गुल्मीको रेसुङ्गा नगरपालिकाले एक वर्षमा करिब शतप्रतिशत प्रगति गरेको छ । यस नगरपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रगति प्रतिवेदनअनुसार करिब शतप्रतिशत प्रगति गरेको पाइएको छ ।
शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र कृषिमा आधारित उद्योग व्यापारको प्रचुर सम्भावना बोकेको रेसुङ्गा नगरपालिकाले आर्थिक वार्षिक २०७९–८० को प्रगति समिक्षा कार्यक्रमको आयोजना गरी एक वर्षमा भएका सबै प्रगतिको बारेमा जानकारी गराएको छ ।
सो आर्थिक वर्षमा ९९.४९ प्रतिशत भौतिक र ९६.१७ प्रतिशत वित्तीय प्रगति भएको नगारपालिकाले जनाएको छ । नगरप्रमुख खिलध्वज पन्थीले चालू तथा आगामी आर्थिक वर्षमा रेसुङ्गा नगरपालिकाको नगरबासीलाई मात्र नभइ समग्र जिल्लाबासीलाई समेत सम्पूर्ण किसिमका विकासमा अनुभुति दिलाउने गरी काम गर्ने बताउनुभयो ।
नगरपालिकामा हरेक किसिमका विकासका काम तीब्र रुपमा अगाडि बढिरहेको उहाँले बताउनुभयो । आगामी आर्थिक वर्षमा नगरपालिकाको वार्षिक प्रगतिलाई शत प्रतिशत बनाउने गरी कार्यसम्पादन गर्ने प्रतिबद्धता समेत उहाँले जनाउनुभयो ।