एक वर्षमा २९ हजार क्यान्सर बिरामीको उपचार
बाँकेको खजुरामा स्थापना भएको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या उल्लेख्य मात्रामा बढेको छ ।
पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन सुरु
भेरी अस्पताल नेपालगन्जमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन सुरु गरिएको छ । यहाँस्थित भेरी अस्पतालमा १४ वर्ष पुरा भई १५ वर्ष ननाघेका किशोरीलाई मात्र सो खोपको पहिलो मात्रा बुधबारबाट लगाउन सुरु गरिएको भेरी अस्पतालले जनाएको हो ।
व्यावसायिक खेतीतर्फ आकर्षित हुँदै किसान
प्युठान नगरपालिका-३ रातामाटाका लोकराज पोख्रेलले नयाँ प्रविधि अपनाएर कृषि खेतीलाई व्यावसायिक बनाउनुभएको छ । ४० वर्षदेखि कृषिबाटै गुजारा चलाउँदै आउनुभएका पोख्रेलले अहिले नयाँ प्रविधि प्रति चासो दिएर व्यावसायिक कृषि खेती गर्दै आउनुभएको हो ।
सुरक्षित मातृत्व कार्यक्रम प्रभावकारी
लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित सुरक्षित मातृ स्वास्थ्य कार्यक्रम सेवाग्राहीका लागि प्रभावकारी देखिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत उक्त कार्यक्रम करिब १५ वर्षदेखि अस्पतालमा सञ्चालन हुँदै आएको छ ।
लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य
लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गए राति १२ः०० बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेसँगै प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन अन्त्य गर्नुभएको हो ।
बिग्रिएका गाडी राजमार्गमा राख्न नपाइने
पूर्वपश्चिम राजमार्गको बाँके जिल्लाभित्र पर्ने सडक छेउमा अबदेखि बिग्रिएका सवारीसाधन एक घण्टाभन्दा बढी राख्न नपाइने भएको छ। यसरी राखिएका सवारीसाधनसँग अन्य सवारीसाधन ठोक्किएर दुर्घटना हुन थालेपछि यस्तो निर्णय गरिएको हो। यातायात व्यवसायीसँगको सहमतिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कोहलपुरले सो निर्णय गरेको हो। केही दिनअघि ढकेरी नजिकै बिग्रिएर सडक छेउमा राखिएको ट्रकमा यात्रुवाहक बस ठोक्किँदा सात जनाको मृत्यु र २१ जना गम्भीर घाइते भएका थिए।
कोरियाको भिसा रद्द गरी गाउँमा कृषिकर्म
बाँकेको कोहलपुर नगरपालिका–११, कृषि रोडका ३८ वर्षीय सर्वजित वंशीमगरले करिब नौ वर्षसम्म वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा बिताउनुभयो । तर भिसा अवधि बाँकी रहँदै नेपालमै केही गर्नु पर्छ भन्ने मान्यता राखेर उहाँ दुई वर्षदेखि कृषि व्यवसायमा जुट्नुभएको छ । कोहलपुरसँग सीमा जोडिएको खजुरा गाउँपालिका–४, एफगाउँमा कृषि फार्म सञ्चालन गर्नुभएका वंशीमगरले एक बिघा जग्गामा ड्र्यागन फ्रुट, माछा, बङ्गुर तथा कुखुरापालन र कागती खेती गर्दै आउनुभएको छ ।
डाँडोमा बाह्रै महिना ढकमक्क सयपत्री
तुलसीपुर उपमहानगरपालिका–१७ वनकट्टीमा नेपाल संस्कृत विश्वविद्यालयको जग्गामा आँपका बोटबाहेक केही थिएनन् । सिँचाइको व्यवस्था नभएको डाँडामा अन्नबाली उत्पादन समेत हुँदैनथ्यो । इलमीको हातमा माछा भनेजस्तै त्यही सिँचाइ नहुने जमिनमा अहिले बाह्रै महिना सयपत्रीले ढकमक्क देखिन्छ ।
गुल्मीमा पेट्रोल पम्पको अनुगमन
गुल्मीमा पेट्रोल पम्पहरूको अनुगमन गरिएको छ । पेट्रोल पम्पहरूमा इन्धनको कृत्रिम अभाव सृजना गर्ने र पम्प सञ्चालकहरूले मनपरी गर्ने जस्ता गुनासो आएपछि पम्पहरूको अनुगमन गरिएको हो ।
गुल्मीमा 'दियो' सिनेमा हल सञ्चालनको तयारी
गुल्मीमा पहिलो पटक ‘डिजिटल डल्बी साउण्ड सिस्टम’ र ‘फोर के लेजर प्रोजेक्टर’ प्रोजेक्सनमा आधारित सिनेमा हल सञ्चालनमा आउने भएको छ ।
डाक्टर नहुँदा सास्ती
गुल्मी अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा बिरामी समस्यामा परेका छन्। यस अस्पतालमा पन्ध्र जना विशेषज्ञ चिकित्सक (डाक्टर) सहितको दरबन्दी रहेको छ। केही हप्ताअघि यस अस्पतालमा उपचारत सात वर्षीय बालिकाको मृत्यु भएपछि उत्पन्न विवादले अस्पताल प्रमुख डा. राजेन्द्र जिसी सरुवा भएपश्चात् अस्पताल कार्यालय प्रमुखविहीन भएको छ।
भाडाकी आमा बनाउन महिला बेचिएको खुलासा
रोजगारीलगायत विभिन्न प्रलोभन देखाएर भारतको मुम्बईमा पु-याइएका बाँकेका दुई जना महिलालाई बन्धक बनाई जबरजस्ती भाडाकी आमा बनाएको खुलासा भएको छ। ती महिलालाई अरूका लागि बच्चा जन्माउने काममा लगाइएको पाइएको छ। केही दिनअघि माइती नेपालको सम्पर्कमा आएका महिलाले उक्त घटनाको खुलासा गरेका हुन्। माइती नेपाल नेपालगन्ज कार्यालय प्रमुख केशव कोइरालाले बेचबिखनमा परेका दुई महिलालाई भाडाकी आमा बन्न बाध्य पारिएको जानकारी दिनुभयो।
झेर्दिमा दूध संकलन केन्द्र स्थापना
गुल्मीको छ्त्रकोट गाउँपालिका –१, हुँगा झेर्दिमा दूध संकलन केन्द्र स्थापना गरिएको छ । गत वर्ष स्थापना गरिएको सो संकलन केन्द्रको एक औपचारिक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले उद्घाटन गर्नुभएको हो ।
डेङ्गु र स्क्रब टाइफसका बिरामी बढे
पाल्पामा डेङ्गु सङ्क्रमित र स्क्रब टाइफस बिरामीको सङ्ख्या बढेको छ । पछिल्लो दिनमा दैनिक ८ देखि १० जना बिरामी डेङ्गु सङ्क्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
कोरियाको भिसा रद्दगरी गाउँमा कृषि कर्म
बाँकेको कोहलपुर नगरपालिका–११ कृषि रोडका ३८ वर्षीय सर्वजित् बंशीमगरले करिब ९ वर्षसम्म वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा बिताउनुभयो ।
रामपुरमा गाईको सालिक निर्माण
गौहत्याको विरुद्धमा देशैभर कार्यक्रमहरू भइरहेका बेला पाल्पाको रामपुरमा गाैसालिक निर्माण गरिएको छ । रामपुर नगर गौशाला समितिले वडा ६, मिलनचोकमा कामधेनु गाईको सालिक निर्माण गरेको हो ।
फरार रहेका चार प्रतिवादी पक्राउ
कपिलवस्तु प्रहरीले चार जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ
बाँकेको नेपालगञ्ज विमानस्थलबाट श्रोत नखुलेको रु २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।
सडकमै चालकको आँखा जाँच
बसचालक वसन्त पन्थीलाई सवारीसाधन चलाउँदा आफ्नो स्वास्थ्य जाँच गर्नेबारेमा समेत फुर्सद मिल्दैन। सधैँ जसो काममा खटिने पन्थीले सडकमै आफ्नो आँखा जचाउन पाउनुभयो। जसले गर्दा अस्पताल पुगेर जचाउनुपर्ने बाध्यता अहिलेलाई टरेको छ। पन्थीले मात्रै होइन, पूर्वपश्चिम राजमार्ग भएर लामो तथा छोटो दुरीमा सवारीसाधन चलाउने चालक र सहचालकको निःशुल्क आँखा जाँच गरिएको छ। नजिकिँदै गरेका चाडपर्वमा हुन सक्ने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीले आँखा जाँच गर्ने अभियान चलाएको छ। सोही अभियानअन्तर्गत आँखा जाँच गराउनुभएका चालक पन्थीले भन्नुभयो, “फुर्सद हुँदैन। जचाउन अस्पताल जाम भने भिडभाड हुन्छ। काममा खटिएकै बेला सडकमा आँखा जाँच गर्न पाउँदा खुसी लागेको छ।”
आयुर्वेदप्रति बिरामीको आकर्षण
बाँके जिल्लामा आयुर्वेद तथा प्राकृतिक उपचार पद्धतिप्रति बिरामीको आकर्षण बढ्दै गएको पाइएको छ। कोहलपुर नगरपालिका–११, बगियामा रहेको आयुर्वेद औषधालयमा उपचार गराउने बिरामीको सङ्ख्या दिनदिनै बढ्दै गएकाले आयुर्वेद तथा प्राकृतिक उपचार प्रद्धतिप्रति बिरामीको आकर्षण बढेको पाइएको हो। कोहलपुर आयुर्वेद औषधालयका प्रमुख उदीप श्रेष्ठले जिल्लाका विभिन्न पालिकाबाट दैनिक ५० देखि १०० जना बिरामी उपचारका लागि आउन थालेको बताउनुभयो।
सञ्चालन नहुँदै डबली जीर्ण
लुम्बिनी प्रदेश सरकारको करिब सात करोड रुपियाँको लगानीमा डेढ वर्षअघि तयार भएको ‘श्रीनगर सांस्कृतिक डबली’ (खुला नाचघर) सञ्चालनमा आउन सकेको छैन । सञ्चालनमा नआउँदै डबलीका संरचना जीर्ण बनेका छन् । आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले निर्माण गरिएको सांस्कृतिक डबली सञ्चालनमा प्रदेश सरकारले नै बेवास्ता गर्दा बनेको संरचना बिग्रिँदै गएको हो । डबली सञ्चालन गर्न कार्यविधि र निर्देशिका बनाउन प्रदेश सरकारको ध्यान पुगेको छैन । प्रदेश सरकारको बेवास्ताका कारण जनताको राजस्वबाट भएको लगानी खेर जान लागेको स्थानीय बासिन्दाले बताएका छन् ।
‘बिपी कोइरालाको सिद्धान्तलाई आत्मसात् गर्छौ’
जननायक बिपी कोइरालाको ११५ औँ जयन्ती विभिन्न कार्यक्रमका साथ पाल्पामा मनाइएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति र मातहतका विभिन्न निकायले जयन्तीको अवसरमा कार्यक्रम गरेका छन् ।
घाइतेको स्वास्थ्य अवस्था बुझ्न मुख्यमन्त्री चौधरी अस्पतालमा
गत शुक्रबार बाँकेको शम्शेरगञ्जनजिक पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा परी घाइते भएकाका स्वास्थ्य अवस्था बुझन् लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी अस्पताल पुग्नुभएको छ ।
घाँस काट्नेक्रममा करेन्ट लागेर एकको मृत्यु
कपिलवस्तुमा घाँस काट्नेक्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका –१ बनकसबासामा बस्दैआउनुभएका धनबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।