• २३ असार २०८२, सोमबार

‘गरिबसँग स्थानीय सरकार’ कार्यक्रम लागु गरिँदै

blog

खजुरा समाचारदाता

खजुरा, भदौ २३ गते । नेपालगन्ज उपमहानगरपालिकाले ‘गरिबसँग स्थानीय सरकार कार्य‘गरिबसँग स्थानीय सरकार’ कार्यक्रम लागु गरिँदैम सञ्चालन कार्यविधि २०८०’ को मस्यौदा तयार पारेको छ । साझेदारी विकास कार्यक्रम सञ्चालन कार्यविधि २०७५ लाई प्रतिस्थापन गर्न बनेको ‘गरिबसँग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८०’ को मस्यौदा तयार पारिएको हो । 

सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीले यो कार्यविधि नगर कार्यपालिकाको बैठकबाट स्वीकृत भई नेपालगन्ज राजपत्रमा प्रकाशन भएपछि लागु हुने बताउनुभयो । उक्त कार्यविधिको मस्यौदा कार्यविधि संशोधन कार्यदलले सामाजिक विकास समिति संयोजक कौशलकुमार धोबीलाई हस्तान्तरण गरेको छ । कार्यदल संयोजक गोविन्दप्रसाद रेग्मीले उक्त मस्यौदा हस्तान्तरण गर्नुभएको हो । 

साउन २५ गते बसेको सामाजिक विकास समितिको बैठकले रेग्मीको संयोजकत्वमा लक्ष्मण वर्मा र बिना थापा सदस्य तथा जोशी सदस्यसचिव रहेको कार्यदल गठन गर्ने निर्णय गरेको थियो । उक्त कार्यदललाई १५ दिनको समय दिइएको थियो । कार्यदलले बुझाएको ‘गरिबसँग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८०’ को मस्यौदा सामाजिक विकास समिति संयोजक कौशलकुमार धोबीले नगर प्रमुख प्रशान्त विष्टलाई हस्तान्तरण गर्नुभएको छ ।