• १५ असार २०८१, शनिबार

तम्घासमा योग प्रशिक्षणको तयारी

blog

फाइल तस्बिर

रमेश विश्वकर्मा

गुल्मी, भदौ २९ गते । पतञ्जली योग समिति गुल्मीले योग प्रशिक्षक तयार पार्ने उद्देश्यले योग प्रशिक्षण सञ्चालन गर्ने तयारी गरेको छ ।  ‘घर–घरमा योग जन–जनमा योग’ भन्ने मुख्य नाराका साथ सदरमुकाम तम्घासमा ११० घण्टा भौतिक योग कक्षा सञ्चालन गर्न लागिएको पतञ्जली योग समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिनुभयो ।

आगामी असोज ५ गतेदेखि भौतिक उपस्थितिमा योग कक्षा सञ्चालन गर्ने उद्देश्यले सदरमुकाम तम्घासको बालमन्दिरमा वृहत रुपमा योग कक्षा सञ्चालन गरिने बताउनुभयो । ‘योग गरौं निरोगी रहौं । योगले मानिसको चित्तवृद्धि निरोध हुनेभएकाले उक्त कार्यक्रमा सहभागी भई लाभान्वित हुन संघ संस्था, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, विद्यार्थी, शिक्षक सबैलाई अनुरोध छ’ अध्यक्ष भुसालले भन्नुभयो ।

योग कार्यक्रम असोज २ गतेसम्म पतञ्जली योग समितिको कार्यालयमा हुने पतञ्जली योगको महिला समितिका अध्यक्ष जमुना न्यौपानेले बताउनुभयो ।  योग प्रशिक्षणका लागि प्रशिक्षक काठमाडौंबाट आउने आयोजकले जनाएको छ ।